Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

बढी भ्रष्टाचार स्थानीयमा

निजी क्षेत्र र गैससको अनुसन्धान गर्ने क्षेत्राधिकार माग

काठमाडौं । सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनमा स्थानीय तहसमेत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसम्बन्धी भ्रष्टाचारसम्बन्धी उजुरी ३०.०७ प्रतिशत परेको उल्लेख छ । आयोगले उक्त प्रतिवेदन बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले मन्त्रालयगत रूपमा स्थानीय तहका कारणले सामान्य प्रशासनर्फत सबैभन्दा धेरै उजुरी परेको पाइएको जानकारी दिए । शिक्षा क्षेत्रमा १६.३६, भूमि प्रशासनमा ८.२९ प्रतिशत उजुरी परेका छन् । त्यस्तै, दर्ता उजुरीमध्ये वन तथा वातावरणसँग सम्बन्धित ४.२१, स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धित ४.०७ र गृह प्रशासनसँग सम्बन्धित ३.६५ प्रतिशत छन् ।

भौतिक पूर्वाधार तथा यातायाततर्फ ३.५९, ऊर्जा, जलस्रोत तथा सिँचाइतर्फ २.६६, अर्थतर्फ २.१७ प्रतिशत उजुरी परेका छन् । नक्कली शैक्षिक प्रमाणपत्रसँग सम्बन्धित ७.६३, गैरकानुनी सम्पत्ति आर्जनतर्फ ६.३७ र अन्य निकायसँग सम्बन्धित उजुरी १०.९४ प्रतिशत छन् ।

प्रदेशगत हिसाबले सबैभन्दा बढी प्रदेश २ मा २३.८७ प्रतिशत उजुरी दर्ता भएका छन् । संघीय राजधानी रहेको बागमती प्रदेशमा १९.५९, लुम्बिनीमा १०.७९ र सुदूरपश्चिममा ८.४४ प्रतिशत उजुरी परेका छन् । त्यस्तै, प्रदेश १ मा ९.८२, गण्डकीमा ५.३५ र कर्णालीमा ५.८२ प्रतिशत उजुरी दर्ता परेको आयोगका प्रवक्ता अधिकारीले बताए ।

अख्तियारले ०७६र७७ मा ६ सय ८७ विस्तृत अनुसन्धान गरेको छ । जसमा ४४१ (६४.२ प्रतिशत) मुद्दा दर्ता गरियो भने सम्बन्धित निकायलाई ११३ (१६.५ प्रतिशत) सुझावसहित लेखेर पठाइएको छ । १२४ (१८ प्रतिशत) तामेलीमा र ९ वटा (१.३ प्रतिशत) मुल्तबीमा राखिएको छ ।

३० वर्षको इतिहासमा सबैभन्दा बढी मुद्दा

आयोगले ०७६–७७ मा इतिहासकै सबैभन्दा बढी मुद्दा चलाएको छ । अख्तियारले ४ सय ४१ मुद्दा विशेष अदालतमा दर्ता गरेको छ । जसमा घुसमा २०५, नक्कली शैक्षिक प्रमाणपत्रमा ८५, सार्वजनिक सम्पत्तिको हानि–नोक्सानीमा ७५, गैरकानुनी लाभहानितर्फ ३६, राजस्व हिनामिनातर्फ १२, गैरकानुनी सम्पत्तिमा १८ र विविधमा १० वटा मुद्दा चलाइएको प्रतिवेदनमा छ । अख्तियारले स्थापनादेखि हालसम्मको अवधिमा २ हजार ८ सय ७८ मुद्दा चलाएको छ । जसमा औसतमा प्रतिवर्ष करिब ९६ वटा पर्छ ।

विशेष अदालतमा दायर भएका ४ सय ४१ मुद्दामा जम्मा १ हजार २ सय १२ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूबाट २ अर्ब ५३ करोड ६६ लाख ९८ हजार २६८ रुपैयाँ बिगो मागदाबी गरिएको छ । यीमध्ये ३ मन्त्री, ९ विशिष्ट श्रेणीका कर्मचारी ९ र अधिकृत स्तरका ३५५, सहायकरसहयोगी कर्मचारी ४४०, निर्वाचितरमनोनीत पदाधिकारी ७० र मतियार, बिचौलिया र अन्य ३३५ जनामा छन् ।

प्रवक्ता अधिकारीले ७७० जना मतियार, बिचौलियासहित अधिकृत स्तरका रहेको बताए । ‘७७० अधिकृत स्तरका छन्, भने बाँकी ४४२ जना सहायकस्तरका कर्मचारीविरुद्ध मुद्दा दायर भएको छ’, उनले भने । १ लाखसम्म बिगो भएका मुद्दा १५३ वटा छन् भने १ करोडभन्दा बढी बिगो भएका मुद्दा २९ छन् । अकुत सम्पत्ति आर्जनतर्फ १८ वटा मुद्दा गरी १ अर्ब ९ करोड ६१ लाख ९४ हजार बिगो मागदाबी गरिएको छ ।

सेवाग्राहीको घुससम्बन्धी उजुरीका आधारमा १८१ स्टिङ अपरेसन गरिएको थियो । त्यसमा २७७ व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान एवं अभियोजन गरिएको छ । जसमा विशिष्ट श्रेणीकादेखि सहायकस्तरसम्मका २०८ कर्मचारी १४ जना, निर्वाचित एवं मनोनीत पदाधिकारी तथा ५५ जना बिचौलिया तथा मतियार छन् ।

२५ हजारभन्दा बढी उजुरी

०७६–७७ मा आयोगमा २५ हजार १५२ उजुरी परेका छन् । जसमा ८ हजार ५५८ उजुरी ०७५–७६ बाट जिम्मेवारी सरेर आएका थिए । १६ हजार ५९४ उजुरी ०७६र७७ मा प्राप्त भएका हुन् । जसमा १४ हजार १२ आयोगको केन्द्रीय कार्यालयमा र ११ हजार १४० मातहतका कार्यालयमा उजुरी परेको प्रवक्ता अधिकारीले बताए ।

कुल उजुरीमा १६ हजार ९५२ अर्थात् ६७.५ प्रतिशत उजरी फस्र्याेट भएको छ । ३२.५ प्रतिशत ८ हजार २ सय ०७७–७८ मा सरेका छन् । फस्र्याेट भएका १६ हजार ९५२ उजुरीमध्ये ९ हजार ३८७ प्रारम्भिक छानबिनबाट तामेलीमा राखिएको अधिकारीले बताए । जसमा ७८६ उजुरी सुझावसहित तामेलीमा पठाइएको छ । फस्र्याेट भएका उजुरीमध्ये ११४३ को विस्तृत अनुसन्धान गर्ने निर्णय भएको छ । ५ हजार ६३६ उजुरी अन्य आवश्यक कारबाही भएका छन् ।

भ्रष्टाचारले राष्ट्रलाई कमजोर बनाउँछ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचारले राष्ट्रलाई कमजोर बनाउने बताएकी छन् । ‘भ्रष्टाचार शोषण हो, जसले जनताको शोषण र अन्याय गर्छ, राज्यलाई कमजोर बनाउँछ’, उनले अख्तियारको प्रतिवेदन बुझेपछि भनिन् । उनले भ्रष्टाचार नियन्त्रण गर्न सहकार्य गर्न जरुरी रहेको बताइन् । उनले भ्रष्टाचारको दण्डात्मक कारबाहीमा अख्तियारले गरेको कामको प्रशंसा गर्दै भ्रष्टाचार हुनै नदिन निरोधात्मक र प्रवद्र्धात्मक कार्य गर्न सुझाव दिइन् ।

अख्तियारका कार्यवाहक प्रमुख आयुक्त डा. गणेशराज जोशीले ०७७–७७ मा गरेको प्रमुख काम कारबाही प्रस्तुत गर्दै सुशासनसम्बन्धी राज्यका नीति र प्राथमिकताअनुरूप संवैधानिक गरिमा उचो राख्दै स्वतन्त्रता, निष्पक्षता र समक्षतासहित कार्यसम्पादन गर्न आयोग प्रतिबद्ध रहेको बताए । ३०आंै वार्षिक प्रतिवेदन बुझाउन आयोगका आयुक्त डा. सावित्री थापा गुरुङ र सचिव सुरेश अधिकारीलगायत राष्ट्रपति कार्यालय पुगेका थिए ।

निजी क्षेत्र र गैससको अनुसन्धान गर्ने क्षेत्राधिकार माग

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र भ्रष्टाचार निवारण ऐनमा सार्वजनिक क्षेत्र अतिरिक्त निजी तथा गैरसरकारी क्षेत्रका भ्रष्टाचारजन्य कसुरमा अनुसन्धान र दण्ड दिने काम समावेश गर्नुपर्ने सुझाव प्रतिवेदनमार्फत दिइएको छ । अर्थात् निजी क्षेत्र गैसस र सहकारीको अनुसन्धानको क्षेत्राधिकार पनि अख्तियारमा हुनुपर्ने सुझावमा उल्लेख छ ।

अख्तियारले सरकारलाई दिएको सुझावमा अनुचित कार्यको अनुसन्धान गर्नै अधिकार अख्तियारलाई दिनुपर्ने उल्लेख छ । मन्त्रिपरिषद्को नीतिगत निर्णय र प्रशासनिक निर्णयको परिभाषित गर्नुपर्ने सुझाव दिएको छ । सार्वजनिक निकायबाट निहित व्यक्तिगत वा समूहगत हित वा स्वार्थ खरिद निर्णयसमेत मन्त्रिपरिषद्मा पेस गरी निर्णय गर्ने परिपाटीलाई निरुत्साहित गर्न नीतिगत निर्णयको स्पष्ट परिभाषा र व्याख्या एवं नीतिगत र प्रशासनिक निर्णयको सीमा निर्धारण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । सार्वजनिक खरिद नियमावलीका कारण विकास निर्माणको काम समयमा नभएकाले यसको संशोधन गर्न पनि अख्तियारले सुझाव दिएको छ ।

भ्रष्टाचार न्यूनीकरणका लागि खर्चिलो निर्वाचन प्रणाली पुनरवलोकन आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ । राजनीतिक दलको कोष तथा सार्वजनिक पदका लागि हुने निर्वाचनका उम्मेदवारको कोष सम्बन्धमा स्पष्ट नीति बनाई आयव्यय बैंकिङ प्रणालीसँग आबद्ध गरी पारदर्शिता कायम गर्ने सुझाव दिइएको छ । प्रतिवेदनमा ७२ वटा सुझाव सरकारलाई दिइएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies