Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

जनआन्दोलनमा सेनाले यातना दिएकाहरुलाई सम्मान

चितवन । जनआन्दोलन सफल बनाउन छलफल गरिरहेका बेला एउटै डोरीमा ३४ जनालाई बाँधेर नेपाली सेनाले यातना दिएकाहरुलाई सम्मान गरिएको छ । नेपाली कांग्रेस माडी नगरपालिकाले घटना भएकै दिन पारेर मङ्गलबार उनीहरुलाई सम्मान गरेको हो ।

विसं २०४६ को जनआन्दोलन कसरी सफल बनाउने भन्ने विषयमा माडीको अयोध्यापुरीस्थित गोविन्द बस्तीका चित्रबहादुर दुराको घरमा पुस ७ गते साँझ छलफल भइरहेका बेला सेनाले पक्राउ गरेको थियो । पक्राउ परेका सबैलाई एउटै डोरीले बाँधेर रातभर हिँडाएर बिहान कीर्तनपुरमा ल्याएर राखिएको थियो । पक्राउ परेमध्येका नेपाली कांग्रेसका नेता प्रा डा सूर्यकान्त घिमिरेका अनुसार उनीहरुलाई कुटपिट र धम्कीपछि भोलिपल्ट साँझ पालैपालो छाडिएको थियो ।

सो क्रममा नेपाली कांग्रेस चितवनका पूर्वसभापति रामकृष्ण घिमिरे, पृथ्वीमान गुरुङलगायतका नेता पनि सेनाको यातनामा परेका थिए । सोही सम्झनामा पक्राउ परेकाहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पूर्वसभापति कृष्णलाल सापकोटा, रामकृष्ण घिमिरे र टेकप्रसाद गुरुङले अहिलेसम्मका सबै उपलब्धिहरुमा कांग्रेसको त्याग रहेको बताए । कांग्रेसबिनाको आन्दोलन सफल हुन नसक्ने दृष्टान्त दिँदै उनीहरुले संविधानको रक्षाका लागि फेरि पनि सङ्घर्षमा लाग्नुपर्ने अवस्था आउन सक्ने बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending