Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

हनुमानढोका दरबार क्षेत्रका अमूर्त सांस्कृतिक सम्पदा संरक्षण गरिँदै

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले वसन्तपुर दरबार क्षेत्रका अमूर्त सांस्कृतिक सम्पदा संरक्षणका लागि नित्य पूजा चलाउन समस्या भएका १० मन्दिरलाई सहयोग गर्ने भएको छ ।

दरबार क्षेत्रअन्तर्गतका मन्दिरमा नित्य पूजाका लागि गुठी संस्थानले दिँदै आएको खर्च अपुग भई पूजा विधिलगायत अमूर्त संस्कृति लोप हुने खतरा बढेपछि समितिको हालैको बैठकले १० वटा मन्दिरलाई मासिक रु दुई हजार ५०० सहयोग गर्ने निर्णय गरेको कार्यकारी निर्देशक सन्दीप खनालले राससलाई जानकारी दिए । संस्थानले दिने खर्च पहिले पर्याप्त भए पनि महङ्गी बढेसँगै अपुग भई नित्य पूजा चलाउन पनि असहज भएको गुनासो आउन थालेपछि समितिले यस्तो निर्णय गरेको हो । संस्थानले ५० वर्षभन्दा अघिदेखिको पूजा खर्चलाई अझै पुनरावलोकन गरेको छैन ।

हनुमानढोका दरबारमा पहिलेको राजप्रसाद सेवाअन्तर्गत मूल पुजारीको दरबन्दी थियो । राजतन्त्रको अन्त्य भएसँगै ती पुजारीको दरबन्दी समितिमै मिलान गरिएको छ । दरबार क्षेत्रका केही मन्दिरमा शार्दूलजङ्ग गुल्ममा रहेका नेपाली सेनाका पण्डितले पूजा गर्ने परम्परा छ । अन्य मन्दिरमा भने संस्थानले दिएको खर्चमा प्राचीनकालदेखि तोकिएका पुजारीका परिवारले पूजा आराधना गर्दै आएका छन् । पुजारीलाई पूजा खर्चसमेत चलाउने गरी थोरै सहयोग दिने गरेकाले पूजा चलाउन मुस्किल हुन थालेको गुनासो बढ्न थालेको छ ।

आन्तरिक एवं बाह्य पर्यटकको भीड लाग्ने वसन्तपुर दरबार क्षेत्रमा अमूर्त सांस्कृतिक सम्पदा पनि आकर्षणको केन्द्र बन्ने गरेको छ । बाह्य पर्यटकलाई हनुमानढोका दरबार क्षेत्र प्रवेश गर्दा रु एक हजारको टिकट काटिन्छ । यो शुल्क काठमाडौँ महानगरपालिकाअन्तर्गतको हनुमानढोका दरबार संरक्षण कार्यक्रमले उठाउँदै आएको छ । सङ्ग्रहालय प्रवेश गर्ने आन्तरिक पर्यटकको शुल्क भने हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले उठाउने गरेको छ । सङ्ग्रहालय प्रवेश गर्ने विद्यार्थीसँग रु १५ र प्रौढसँग रु ३० उठाउने गरिएको छ ।

हनुमानढोका दरबार क्षेत्रका मन्दिरमा खर्च अभावका कारण नित्य पूजा चलाउन नै मुस्किल हुन थालेपछि यहाँका पुजारी पनि सङ्गठन बनाएर सङ्गठित हुन थालेका थिए । इन्द्रमान श्रेष्ठको अध्यक्षतामा हनुमानढोका मठ मन्दिर पुजारी समिति गठन गरी यहाँका अमूर्त सांस्कृतिक सम्पदा भावी पुस्तासम्म कसरी हस्तान्तरण गर्ने भनी काम शुरु भएको उपाध्यक्ष वासुदेव भट्टले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending