Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

गैरसरकारी संस्था दर्ता धेरै, नियमित नवीकरण गर्नेको सङ्ख्या थोरै

लमजुङ । लमजुङमा एक हजार ६२७ गैरसरकारी संस्था (गैसस) दर्ता छन् । दर्ता भएका गैससमध्ये नियमित नवीकरण गर्नेको सङ्ख्या न्यून रहेको जिल्ला प्रशासन कार्यालय लमजुङको तथ्याङ्क छ ।

सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारका अनुसार यस वर्षको मङ्सिरसम्म नवीकरण गर्ने गैरसरकारी संस्थाको सङ्ख्या ६१ रहेको छ । यो कूल गैससको तीन दशमलव ३४ प्रतिशत मात्रै छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार गत वर्ष नवीकरण गर्ने गैरसरकारी संस्थाको सङ्ख्या २९३ रहेको थियो । यहाँ दर्ता भएका अधिकांश गैरसरकारी संस्था क्रियाशील नभएको, केही प्रक्रिया नपुगेकाले नवीकरण नगरेको पनि हुनसक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसले दर्ता भएका अधिकांश गैरसरकारी संस्थाले कानून अटेरी गरिरहेको देखाउँछ । कानूनबमोजिम सञ्चालन इजाजत लिएपछि गैससले बर्सेनि नवीकरण नगरेर कानून अटेरी गरिरहेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी सुनारले भने, “गैरसरकारी संस्थाको मुख्य काम सामाजिक अभियानमार्फत नागरिकलाई अधिकार र कर्तव्यको बारेमा बोध गराउने हो ।” त्यस्तै, समाजमा रहेका विभिन्न प्रकारका समस्या समाधानका लागि सहकार्य गर्ने भए पनि अधिकांश गैरसरकारी संस्थाले त्यस्ता कार्यतर्फ अघि बढ्न नसकेको उनको भनाइ छ ।

कानूनको सीमाभित्र रहेर विभिन्न सामाजिक कार्य गर्ने उद्देश्य राखेर प्रशासनमा दर्ता हुने गर्दछन् । तर धेरै गैसस संस्था उद्देश्य अनुसारको कार्य गर्न नसक्ने, बीचैमा संस्था बन्द हुने, नवीकरण नगर्नेलगायतका समस्या रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा सामाजिक अभियान सञ्चालन गरी समाज रूपान्तरण गर्ने र अभियानमार्फत नागरिक अधिकारका बारेमा बोध गराउने, जागरण ल्याउने, नागरिक सशक्तीकरण गर्ने उद्देश्यका साथ गैरसरकारी संस्था दर्ता हुने गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका अधिकांश गैरसरकारी संस्था यतिबेला क्रियाशील छैनन् । नियमित संस्था दर्ता नगरे पनि जरिवानाका साथ आवश्यक परेमा नवीकरण गर्न सकिन्छ । गैरसरकारी संस्था महासङ्घ नेपाल जिल्ला शाखा अध्यक्ष प्रेमबहादुर भट्टराईले भने, “पछिल्लो समय गैरसरकारी संस्थालाई काम गर्ने उचित वातावरण नमिलेको र कतिपय गैससको प्रोजेक्ट नआएकाले धेरै गैसस बन्द हुने अवस्थामा पुगेको छ ।” केही गैससलाई नवीकरण गर्नुपर्छ भन्नेसम्मको जानकारी नभएको र क्रियाशील नभएका तथा नवीकरणका लागि प्रक्रिया नपुगेकालेसमेत कम संस्थाको मात्र नवीकरण भएको उनको भनाइ छ ।

सम्बन्धित निकायको चासो तथा अनुगमन कम हुँदा कतिपय गैसस दर्ता बिना नै जिल्लामा सञ्चालन हुँदै आइरहेको छ । सरकारी निकायहरुले गैससको क्षमता विकासका लागि कुनै पहल नगरेको, गैससमैत्री ऐन कानून तथा नीति तर्जुमामा ध्यान नदिएको गैससकर्मीहरु बताउँछन् । गैरसरकारी संस्थाहरुलाई गैरनाफामूलक, सामाजिक संस्था भन्ने गरिन्छ । बजेट भए पनि नभए पनि नियमितरूपमा सामाजिक कार्य गर्नु गैससको भूमिका हुन्छ । समाज र नागरिकहरुको समस्या, आवश्यकता, चासो र स्थानीय सरोकारका सवालमा सामाजिक अभियान चलाउनु पनि गैससको भूमिका हो । नेपालमा पछिल्लो समय गैससले ती भूमिका निर्वाह गरेको देखिँदैन ।

हरेक वर्ष गैससहरु जिल्ला प्रशासन कार्यालयमा नवीकरण हुनुपर्ने, आन्तरिक राजश्व कार्यालयबाट करचुक्ताको प्रमाणपत्र लिनुपर्ने र सम्बन्धित स्थानीय तहमा सूचीकृत हुनुपर्ने कानूनी व्यवस्था भए पनि धेरै गैससहरु नियमित नवीकरण हुँदैनन् । धेरै गैससहरुले मनोमानी ढङ्गले कानूनको अटेरी गरिरहेको देखाउँछ । सरकारी निकायको उदासीनताकै कारण गैससहरुको मनोमानी बढिरहेको छ ।

वार्षिक साधारणसभा, नियमित अधिवेशन र नियमित नवीकरण नगरेको तथ्याङ्कले बताए पनि नवीकरण नै नभएका कतिपय संस्थाहरुले काम गर्दै आएको देखिन्छ । स्रोत पाए काम गर्ने नवीकरण गर्ने र स्रोत नभएमा चुप लागेर बस्ने गरेको पनि कतिपय गैरसरकारी संस्थाहरुको कामले देखाउँछ ।

जिल्ला प्रशासन कार्यालय लमजुङमा दर्ता भएका गैसस र नवीकरण भएका गैससहरुको सङ्ख्यालाई हेर्दा यिनीहरूको वैधानिकतामाथि प्रश्न चिह्न उठ्न सक्छ । सामाजिक कार्य गर्ने उद्देश्य बोकेर दर्ता भएका गैरसरकारी संस्थाहरुले कानून र विधिको पालना गर्ने र नियमन गर्ने निकायले नियमनकारी भूमिका निभाउन जरुरी रहेको गैससकर्मीहरुको भनाइ छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies