Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

त्रिरत्न छोर्तेनबाट वृद्धाश्रम तथा अपाङ्गता भएका व्यक्तिलाई कपडा र खाद्यान्न सहयोग

गण्डकी । मुस्ताङको उपल्लो भेगस्थित न्याम्डो त्रिरत्न (छोर्तेन) पुनःनिर्माण समितिले पोखरामा विभिन्न वृद्धाश्रम तथा अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा र खाद्यान्न वितरण गरेको छ ।

लोमन्थाङ गाउँपालिका–४ न्याम्डो गाउँस्थित उक्त समितिले पोखराको लेखनाथमा रहेका अपाङ्गमैत्री समाजमा आवद्ध ३१ दृष्टि क्षमता कम भएका व्यक्तिलाई न्यानो कपडा ब्लाङ्केटसहित खाद्यान्न वितरण गरेको हो ।

त्यस्तै समितिले पोखरा महानगरपालिका–३२ मा रहेको राधाकृष्ण वृद्धाश्रम, १७ को पोखरा वृद्धाश्रम र मानवसेवा आश्रम, १५ को राष्ट्रिय परोपकार महासङ्घ र १८ बाच्छेबुडुवाको बात्सायन वृद्धाश्रममा ६५ बोरा चामल वितरण गरेको छ ।

उच्च हिमाली क्षेत्रमा बसोबास गर्दै त्रिरत्नको संरक्षणमा लाग्दै गर्दा पोखरामा रहेका असाहय वृद्धवृद्धालाईसमेत सानो भए पनि सहयोग गर्ने उद्देश्यअनुरुप ती सामग्री वितरण गरिएको समितिका अध्यक्ष लेक्क्षे लामा गुरुङले जानकारी दिए ।

न्यानो कपडा र खाद्यान्न पाएकोमा आफूहरू निकै खुशी भएको अपाङ्गमैत्री समाजका सदस्य सुशील गोदारले जानकारी दिए । आगामी दिनमा पनि पोखरा र आसपासका असहाय, वृद्धवृद्धा तथा बालबालिकाको लागि सहयोग जुटाएर वितरण गर्ने समितिका सदस्य वाङ्दी गुरुङले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending