काठमाडौं। नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले स्थायी कमिटीको पछिल्लो निर्णयअनुसार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता नलिए पार्टीले ‘एक्सन’ लिने बताएका छन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - प्रदेश–१ अन्तर्गतका १४ जिल्लाका निकटस्थ इन्चार्ज, सहइन्चार्ज, जिल्ला अध्यक्ष र सचिवको भेलालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीले पार्टीको सचिवालय, स्थायी कमिटीको निर्णय नमान्ने, केन्द्रीय कमिटी बैठक डाक्नै आलटाल गर्ने गरेको जानकारी दिँदै पछिल्लोपटक संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर पार्टीलाई चुनौती दिएको बताए ।
‘उहाँ पार्टीको कुनै पनि निर्णय पालना गर्दिनँ भन्न हुन्छ । पछिल्लो पटक संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पनि अहिलेसम्म फिर्ता गर्नु भएको छैन, उहाँले पार्टी निर्णयलाई मान्नु भएन भने अब चाहिँ एक्सनमै जानुपर्ने हुन्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै सहभागी एक जिल्ला पदाधिकारीले भने ।
भेलामा सहभागी उदयपुर जिल्ला कमिटीका सचिव ईश्वरमणि रावतले अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले पार्टीभित्र चर्किंदै गएको अन्तर्संघर्ष, अहिलेसम्म अन्तर्संघर्षका विकसित घटनाक्रम, अन्तर्संघर्षको मूल सवाल पार्टीभित्र हुर्किएको व्यक्तिवाद, विधि र पद्धति, एकता प्रक्रिया टुंगिन नसक्नुका कारणलगायत विषयबारे अवगत गराएको बताए ।
सरकार बनेदेखि नै पार्टीलाई चुनौती दिँदै सरकार सञ्चालन भइरहेको विषयमाथि पनि नेताहरूले प्रस्ट पारेका थिए । त्यस्तै, भेलामा वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई समाजवादको बाटोमा अगाडि बढाउन जालझेल गरेको, संघीयता, लोकतान्त्रिक गणतन्त्र र कम्युनिस्ट आन्दोलन समाप्त पार्न खोजेको आरोप लगाएका थिए । उनले पार्टीभित्र ओलीकै कारण बुर्जुवा शैलीको विकास हुँदै गएको पनि चर्चा गरेका थिए ।
अर्का वरिष्ठ नेता नेपालले पार्टी एकीकरणदेखि नै नेकपा विधि र पद्धतिसम्मत ढंगले सञ्चालन हुन नसकेको प्रस्ट्याएका थिए । ओलीले सचिवालयकै नेताहरूबीच जालझेल गर्दै दाउपेच गरेर पदको बाँडफाँड गर्दै अन्तर्संघर्षलाई कमजोर पार्न खोजे पनि अब भने बैठकबाटै निर्णायक छिनोफानो हुने बताएका थिए । उनले पार्टीभित्र झाँगिएको विकृति–विसंगतिविरुद्ध लड्नुको अर्थ कमी–कमजोरीलाई सच्याएर अझ बलियो बनाउने उद्देश्य भएकाले पार्टी कुनै हालतमा नफुट्ने बताएका थिए ।
प्रदेश १ का इन्चार्ज भीम आचार्यले पार्टी विधिसम्मत ढंगले सञ्चालन हुन नसक्दा प्रदेशदेखि स्थानीय तहसम्म भद्रगोल र अराजकता झाँगिएकाले अबको अन्तर्संघर्षबाटै सबै समाधान खोज्नुपर्नेमा जोड दिएका थिए । नेताहरूले सरकार बनेपछि केन्द्र र प्रदेशमा भएका सम्पूर्ण राजनीतिक नियुक्ति, मन्त्रिमण्डल पुनर्गठनदेखि पार्टीको निर्देशनमा सरकार सञ्चालन हुने, पार्टीलाई विधिसम्मत सञ्चालन गर्ने अवस्था बने मात्र अहिलेको अन्तर्संघर्ष तत्कालका लागि व्यवस्थापन हुन सक्ने बताएका थिए ।
वामदेवले भने– भेलामा जान्नँ, बैठकबाटै समाधान खोज्नुपर्छ
पार्टीभित्र चुलिँदै गएको अन्तर्संघर्षमा अध्यक्ष प्रचण्ड र नेपाल समूहमा रहेका उपाध्यक्ष वामदेव गौतमले समूह भेला भने बहिष्कार गरेका छन् । उनले प्रेस संयोजक विश्वमणि सुवेदीमार्फत आफू कुनै पनि गुट भेलामा सहभागी नहुने प्रस्ट्याएका छन् ।
शुक्रबार प्रचण्ड–नेपाल समूहको भेलामा अनुपस्थित गौतमले भनेका छन्, ‘म कुनै पनि भेलामा जान्नँ, पाँच नेताको बैठकमा भने म जान्छु । अहिले भेला गर्ने वेला होइन । बैठकबाट सबै समस्याको हल खोज्ने समय हो ।’ गत २५ मंसिरमा प्रचण्ड–नेपाल समूहकै बागमती प्रदेशअन्तर्गतका जिल्ला पदाधिकारीको भेलामा पनि गौतम सहभागी भएका थिएनन् ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: