Khabar Dabali ३० माघ २०८२ बिहीबार | 12th February, 2026 Thu
Investment bank

ललितपुरको ठैव–बाडेगाउँ मूल सडक अवरुद्ध

ललितपुर । सातदोवाटो–गोदावरी सडक खण्डअन्तर्गतको ठैव–बाडेगाउँ मूल सडक यही पुस ५ देखि २० गतेसम्म अवरुद्ध हुने भएको छ । सो सडक स्तरोन्नतिलगायत कालोपत्रका लागि नाली तथा ढल व्यवस्थापनको कार्य गरिने भएकाले आउँदो आइतबारदेखि अर्को हप्ता सोमबारसम्मका लागि बन्द हुने भएको हो ।

सो सडकअन्तर्गत ठाउँठाउँमा प्वाल खन्ने काम भइरहेको छ । आवश्यक प्वाल खन्न र पाइप हाल्न अनि यसलाई सुकाउन समय लाग्ने भएकाले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न गोदावरी नगरपालिका–१४ का वडाध्यक्ष जगनाथ महर्जनले अनुरोध गरे । उनले भने, “तीस मिटर अन्तरमा सडक खनेर नाली तथा ढलका सामग्री हालिने भएको छ । यो काम हुँदा यस सडक यात्रा नगरिदिएर सहयोग पुर्याउन साविकका गोदावरी, बडिखेल, हाँडेगाउँ र बाडेगाउँवासीलाई विशेष आग्रह गर्दछु ।”

ती दिनमा गोदावरी र बडिखेलवासीले झरुवारासी अनि हाडेगाउँ तथा बाडेगाउँवासीले दमैटारको सडक प्रयोग गरिदिँदा दिनभरिको कामलाई निरन्तर अघि बढाउन सकिने महर्जनको बुझाइ छ । “यदि मौसम परिवर्तन तथा प्राविधिक समस्या हुन गएमा कार्यको मिति तथा समय पनि हेरफेर हुन सक्नेछ”, उनले थपे ।

केही वर्ष अघिदेखि सातदोवाटो–गोदावरी सडकको अवस्था एकदमै दयनीय बन्दै गइरहँदा आफूहरुले विभिन्न समस्या भोग्नुपरिरहेको स्थानीयवासी सविता महर्जनको गुनासो छ । “सडकमा भएका खाल्डाखुल्डी, हिलो र धुलोका कारण वर्षैपिच्छे दुर्घटना हुने र सडक छेउमै घर भएका कारण दैनिक उड्ने धुलोले भित्रसमेत बस्न कठिन भइरहेको छ”, महर्जनले भने ।

यसैगरी लगनखेल हुँदै गोदावरी एक टिप यात्री बोकेर गन्तव्यमा पुर्याउन पनि एक घण्टा बढी समय खर्च गर्नुपरिरहेको यहाँको चालकका आ–आफ्नै मर्म छन् । कहिले पूर्णरुपमा सातदोवाटो गोदावरी खण्डको सडक सुधार होला भन्ने कुरा अझै अन्योलमा नै रहेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE