डोटी । डोटीको पूर्वी क्षेत्रको बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौँमा व्यावसायिक रुपमा काजिलपालन शुरु गरिएको छ । स्थानीयवासी युवा देवबहादुर बोहरासहितका चार जनाले संयुक्त रुपमा कालिज बहुउदेश्यीय फार्म खोली व्यावसायिक रुपमा कालिजपालन शुरु गरेका हुन ।
काठमाडौँ र कैलालीबाट कालिजका चल्ला ल्याएर गाउँमा फार्म खोली उनीहरुले व्यवसाय शुरु गरेका छन् । रु २१ लाख ९७ हजार लागतमा ५०० चल्ला राखेर कालिजपालन शुरु गरिएको सञ्चालक बोहराले बताए । उनले भने, “चार जना मिलेर कालिजपालन व्यवसाय शुरु गरेका छौँ, राम्रै फष्टाउने आस गरेकाछौँ ।”
उक्त फार्मले निकट भविष्यमा ‘ह्याचरी’ शुरु गर्ने तयारी गरेको सञ्चालक बोहराको भनाइ छ । धिर्कामाण्डौँ गाउँको डाँडा घेरबार गरेर कालिजपालन व्यवसाय शुरु गरिएपछि अहिले उहाँको फार्ममा कालिज हेर्न तथा किन्न आउनेको भीड बढ्न थालेको स्थानीयवासी गणेश बमले बताए । उनले भने, “हामीले जङ्गलमा मात्रै कालिज देखेका थियौँ, अहिले देबबहादुरले घरैमा कालिजपालन शुरु गरेपछि किन्न र कालिज हेर्नकै लागि भए पनि स्थानीयवासीको भीड बढ्ने गरेको छ ।”
कालिज व्यवसाय फष्टाउँदै गए फार्मको थप विस्तारसँगै यहाँका मुख्य शहरमा कालिज रेष्टुरेष्ट खोल्ने तयारी भइरहेको बोहराले बताए । उनले थपे, “गाउँमा कालिज हुर्काउने, पालन गर्ने काम गर्छौँ, दिपायल वा कैलालीमा कालिज रेष्टुरेन्ट स्थापना गरेर कालिज पारखीलाई सेवा दिने छौँ ।” कालिजपालक किसान बोहराले हाल प्रति एक केजीको भाले कालिज रु तीन हजारमा बिक्री गरेका छन् ।
सुदूरपश्चिम प्रदेशमा कैलाली जिल्लापछि डोटीमा पनि कालिजपालन शुरु गरिएको हो । कालिजपालन व्यवसाय गर्ने बोहरा सुदूरपश्चिम प्रदेशकै दोस्रो किसान भएको पशुसेवा विज्ञ केन्द्र तथा भेटनरी अस्पताल सिलगढीका प्रमुख खडकबहादुर शाहले जानकारी दिए । नेपालमा कालिजपालन नयाँ व्यवसाय भएको र जिल्लाको ग्रामीण क्षेत्रमा किसानले ठूलो लगानी लगाएर कालिजपालन गर्नु प्रशंसनीय कार्य भएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए ।
उनले भने, “नेपालमा कालिजपालन व्यवसाय नौलो हो, गाउँमा युवाहरुले ठूलो लगानीमा उक्त व्यवसाय शुरु गरेका छन्, गाउँपालिकाले पनि आफ्नो तर्फबाट कालिजको बजारीकरणदेखि अन्य गर्नसक्ने सहयोग गर्ने छ ।” डोटीमा कालिजपालन नौलो व्यवसाय भएका कारण कालिजपालनले राम्रो आम्दानीसहित आयस्रोतको उच्च सम्भावना रहेको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले बताए । उनले भने, “कुखुरापालनका लागि त अनुदान मिल्छ भने कालिजपालनका लागि पनि हामी अवश्य सहयोग गर्ने छौँ, व्यवसाय फष्टाउनु पर्यो ।”
प्रदेश तथा स्थानीय सरकारले यहाँका युवा उद्यमीलाई स्वरोजगार बनाउन पछिल्लो समय कृषि व्यवसायमा लगानी गर्न थालेपछि गाउँगाउँमा नयाँ किसिमका व्यवसायको थालनी गरिन थालिएको संविधानसभा सदस्य यज्ञराज पाठकले बताए । उनले भने, “प्रदेश तथा स्थानीय सरकारले युवा लक्षित गरी ल्याएको कार्यक्रम प्रभावकारी छ, जसले गर्दा बेरोजगार भएका युवा स्वरोजगार हुने तथा आर्थिकस्थिति बलियो बन्ने देखिन्छ ।”
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: