Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

रेडियो नेपालको पुरानो गरिमालाई फर्काइनुपर्छ : मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले रेडियो नेपाललाई पुरानै गरिमामा फर्काउने गरी काम गर्नुपर्नेमा जोड दिएका छन् । रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) ले आज आयोजना गरेको दीर्घसेवा पदक वितरण समारोहलाई सम्बोधन गर्दै उनले संस्थालाई प्रतिस्पर्धीरुपमा अघि बढाउन कार्यरत सबै पक्षलाई आग्रह गरे ।

सरकारका प्रवक्ता गुरुङले राष्ट्रिय समाचार समिति(रासस), रेडियो नेपाल, नेपाल टेलिभिजन र गोरखापत्रलाई प्रभावकारीरुपमा अघि बढाउने सम्बन्धमा छलफल भइरहेको जानकारी दिँदै सकारात्मक कुराको पहिचान गरी कमजोरी केलाउन रेडियो नेपाल परिवारलाई आह्वान गरे ।

्सो अवसरम रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष एवं मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले विविधतामा एकताको सन्देश बोकेर रेडियो जनताको घरआँगनमा पुगेको बताउँदै जनताले अनुभूति गर्ने गरी निजी क्षेत्रभन्दा राम्रो सेवा रेडियोका कर्मचारीलाई आह्वान गरे । “प्रविधिमा सुधार गरी चालू आर्थिक वर्षमा ९२ प्रतिशत नेपालीका घरआँगनमा रेडियोको सेवा पु¥याउने लक्ष्य छ, यसका लागि तालीमका कार्यक्रम पनि शुरु भएको छ, रेडियो र नेपाल टेलिभिजनलाई एकीकृत गर्ने गरी सार्वजनिक प्रसारण विधेयक संसद्मा दर्ता भइसकेको छ, दुवै संस्थाका राम्रा कर्मचारीको वृत्तिविकासमा असर नपर्ने गरी काम हुन्छ”, सचिव बस्यालले भने ।

देशको सबै भूगोलमा रेडियोको सेवा पु¥याउने र नेपाल टेलिभिजनलाई अन्तरराष्ट्रियस्तरसम्म सेवा विस्तार गर्ने कामलाई मन्त्रालयले प्राथमिकतामा राखेको जानकारी पनि उनले दिए । उनका अनुसार चारै सरकारी सञ्चारमाध्यमलाई थोरै जनशक्तिका भरमा धेरै सेवा दिने गरी अघि बढाउने योजनामा मन्त्रालयले काम गरिरहेको छ ।

रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले हाल जनसङ्ख्याको ८७ प्रतिशतमा संस्थाको सेवा पुगेको जानकारी दिए । रेडियोका हाल २३ एफएम र छ मिडियम वेभ स्टेशन छन् । रेडियो नेपालले २१ भाषामा समाचार र २० भाषामा कार्यक्रम सञ्चालन गरिरहेको छ । समाचार र कार्यक्रम सञ्चालन गर्ने भाषा थपिएपछि खर्च पनि बढ्ने भएकाले थप गर्न नसकिएको कार्यकारी निर्देशक केसीको भनाइ थियो । रेडियो नेपालले प्रदेश नं १ को विराटनगरमा तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम निर्माण गर्न लागेको जानकारी पनि उनले दिए ।

रेडियो नेपालको ७० औँ स्थापना दिवसका अवसरमा गत वर्ष चैत २० गते दिनुपर्ने दीर्घसेवा पदक कोरोना महामारीका कारण दिन नसकिएकाले उपयुक्त समय पारेर आज कार्यक्रम आयोजना गरिएको हो । केन्द्रीय कार्यालय सिंहदरबारमा कार्यरत १५ र राजधानी बाहिरका कार्यालयमा कार्यरत चार गरी १९ जनाले आज २५ वर्ष सेवा गरेवापत दीर्घसेवा पदक र प्रशंसापत्र प्राप्त गरेका छन् । कोरोनाका कारण रेडियो नेपालमा कार्यरत ४३ कर्मचारी पीडित भएको जनाइएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending