कर्णाली । भेरीगङ्गा नगरपालिका–५ सुर्खेतको गेरुवानी गाउँले सुगम हुँदा पनि दुर्गमको परिचय दिइरहेको छ । बबई नदीको किनारमा अवस्थित उक्त गाउँका नागरिकलाई आफ्नै वडा कार्यालय घण्टौँ समय लगाएर छिन्चु कालीदमार नजिक पुग्नुपर्दछ । त्यहाँ पुग्न उनीहरूले एउटा पहाड नाघ्नु पर्दछ ।
आउँदा जाँदा नभेटिने तर कामले जाऊँ भनेर मात्र पुग्न सकिने सल्यान जिल्लाको कालिमाटीसँग जोडिएको गेरुवानी गाउँमा पहिलोपटक सोमबार कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसी घरमै पुगेपछि त्यहाँका किसान खुशीले दङ्ग भएका थिए । मन्त्रीसँग उनीहरूले मौलिक भेटघाट गरेर आफ्ना कुरा भरपुररूपमा राखे । मन्त्रीसँग किसानले खुलेरै आफ्ना समस्या तथा गुनासा राखे । खासगरी नजिकको सरकार नगरपालिका र वडापालिकाबाट अपेक्षित सहयोग नपाएको उनीहरूको गुनासो थियो ।
कुखुरापालक किसान लीलाराम ओलीले कोभिड–१९ को अवधिमा ठूलो क्षति व्यहोर्नुपरेको पीडा पोखे । “केही गरौँ भनेर सहकारी, सामुदायिक संस्था र व्यक्तिबाट ऋण लिएर रु ५० लाखको लागतमा लीला कृषि एन्ड पोल्ट्री फार्म निर्माण गरी चार हजार २०० लेस जातका कुखुरापालन व्यवसाय सञ्चालन गरेँ”, ओलीले भने, “रानीखेत रोग लागेर चैत महिनामै सबै कुखुरा मरे । रु ३३ लाख बरारबको क्षति हुँदा पनि कुनै सरकारले राहत सहयोग गरेनन् । सगरमाथा बीमा कम्पनीले भने रु सात लाख बीमा रकम भुक्तानी दिएको थियो ।” उनका अनुसार आएको रकम ब्याज तिर्नमै ठिक भएको छ । यसबाट केही गरौँ भन्ने ऊर्जा घटेको र निराशा जागेको उनले बताए । आपत्विपद्मा सरकार साथमा नहुँदा किसानको जीवनमा बज्रपात हुने गरेको ओलीको भनाइ थियो ।
त्यस्तै किसान बलबहादुर नगालले बर्सेनि बबईमा बाढी आउँदा आफ्ना खेतबारी बगरमा परिणत हुने गरेको दुखेसो पोखे । नगालले स्थानीय तथा प्रदेश सरकारलाई तटबन्धका जाली (ग्याबिन) सहयोगका लागि अनुरोध गरे । त्यस्तै अर्का किसान देउराम ओलीले खानेपानी, सिँचाइको पनि त्यत्तिकै समस्या रहेको जगाए । नागरिकका समस्यालाई नजिकबाट नियालेर सरकारले असल अभिभावकको काम गर्नुपर्ने उनका जिकिर थियो ।
कृषिमन्त्री केसीले कोरोनाको समयमा कुखुरा क्षति भएको जानकारी नभएको र तत्काल राहत दिन नसके पनि सहयोगको क्षेत्र खोजेर केही कार्यक्रम दिने विश्वास किसानलाई दिलाए । “गेरुवानीमा बाख्रापालनको बढी सम्भावना छ”, मन्त्री केसीले भने, “कृषि सहकारी संस्था गठन गरेर अघि बढ्नुस्, सरकार सहकारीमार्फत सहयोग गर्न तयार छ ।”
त्यस्तै मन्त्री केसीले गेरुवानीको सरस्वती आधारभूत विद्यालयको समेत अनुगमन गरेका छन् । उक्त विद्यालयमा शैक्षिक, भौतिक अवस्थाको अनुगमन गरेका मन्त्रीलाई विद्यालयका प्रधानाध्यापक कोचबहादुर खड्काले खानेपानी र विद्यालय भवनको टड्कारो आवश्यकता भएको देखाउँदै त्यसमा सहयोग गर्न आग्रह गरेका थिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: