Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

पाल्पामा व्यावसायिक फूलखेतीमा महिलाको सहभागिता

पाल्पा । पाल्पामा व्यावसायिक फूलखेतीतर्फ महिलाको सहभागिता बढेको छ । सयपत्री फूलको थुँगा र मालाको माग विवाह तथा शुभकार्यमा धेरै खपत हुने भएकाले महिला व्यावसायिक फूलखेतीमा लागेका छन् ।

कोरोना सङ्क्रमणले गर्दा आर्थिक समस्या बढ्दो रहेका बेला पाल्पा तानसेन नगरपालिकास्थित काजीपौवामा महिला सामूहिक फूलखेतीमा जुटेका छन् । पुष्प महिला समूहद्वारा गरिएको व्यावसायिक फूलखेती अहिले सबैलाई लोभ्याउने भएको छ । तानसेन नगरपालिका–४ सिल्खानटोलकी स्थानीय बासिन्दा तथा समूहका अध्यक्ष प्रतीक्षा सिजालीले आफूहरुले पहिलोपटक व्यावसायिक फूलखेती गर्न थालेको बताए । उनले निरन्तरको मेहनतले फूलखेतीमा सन्तोषजनक उपलब्धि हासिल गरेकोे बताए ।

उनका अनुसार रु २० हजारको लागतमा चार रोपनी जग्गा भाडा लिई काम थालिएको र झण्डै रु ५० हजार फूलका बेर्ना बेच्दा फूलका थुँगा तथा मालाबाहेकको आम्दानी भएको छ । उहाँले अझै पनि फूलका माला बिक्री गर्न नसकिएको बताउनुभयो । आफूलाई यस व्यवसाय राम्रो लागेपछि आगामी वर्षहरुमा समेत विस्तृतरूपमा खेती गर्ने योजनाका साथ काम अघि बढेको उनको भनाइ थियो । विवाह तथा सरकारी, गैरसकारी कार्यालयका सभा, सम्मेलनमा मालाको माग बढ्दो छ । स्थानीय तहमा समेत फूलको मालाको माग बढेको छ तर मागअनुसार मालाको अभाव रहिरहेको उनले बताए ।

तानसेन–७ काजीपौवाकी फूल व्यवसायी चमेलीदेवी श्रेष्ठले विवाह, तथा दशैँतिहारबाहेक पास्नी, जन्मदिनको अवसरमा समेत पूmलको माग बढ्दो रहेको बताउनुभयो । सयपत्री फूल दैनिक पूजा आराधनामा खपत हुन्छ । पाल्पाको भैरवस्थानको भैरवमन्दिरमा फूलको माग बढेको छ । पाल्पा–बुटबल सडकखण्डको शिद्धबाबा क्षेत्रको शिद्धबाबा मन्दिरमा दैनिक पूजा हुँदा फूलको माग बढिरहेको छ ।

ग्रामीण आर्थिक विकास सङ्घ (रेडा) पाल्पा, तानसेन नगरपालिकाको आयोजना र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा फूलखेती थालिएको हो । कोरोना सङ्क्रमणले देशको अर्थतन्त्र कमजोर बनेको छ । नेपालीको आम्दानीको स्रोतसमेत कमजोर बनेको बेला पहिलोपटक व्यवसाय गर्नेहरुले केही मात्रामा आम्दानी र उत्पादन गर्ने सीप सिकेकामा खुशी देखिएको हो ।

मेहनत गरेको अवस्थामा कृषि पेशाबाट मनग्य आम्दानी हुने व्यवसायीको भनाइ छ । चमेलीदेवीले फूलखेतीका लागि बीउको अभाव रहेको गुनासो गरे । फूल उत्पादनका लागि बीउ नेपाली बजारमा नपाइने र पाए पनि महङ्गो मूल्यमा खरिद गर्नुपर्ने समस्या झेल्नुपरेको उहाँको गुनासो छ । तानसेन नगरपालिकाभित्रका १० महिला फूलखेतीमा आबद्ध छन् ।

पाल्पामा पाँच वर्षअघिसम्म फूलको मालाका लागि रुपन्देही जिल्लामै भर पर्नुपर्ने बाध्यता थियो । जिल्लाको बगनासकाली, माथागढी, रिब्दीकोट, तिनाउ गाउँपालिका, तानसेन र रामपुर नगरपालिका क्षेत्रभित्र व्यावसायिकरूपमा फूलखेती बढ्दो रहेको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले बताए ।

फूलखेतीबाट रु ५० हजारदेखि १२ लाखसम्म आम्दानी भएको छ । कम मेहनत र लगानी गरेपछि फूलखेतीबाट प्रशस्त आम्दानी हँुदै आएको छ । सयपत्री फूलको थुँगा, माला, तथा बेर्ना गरी आम्दानी गर्ने सम्भावना रहेको विज्ञको भनाइ छ ।

जिल्लाको तिनाउ गाउँपालिकाको मस्याम, सत्यवती, कचल, कोलडाँडा क्षेत्रबाट दशैँतिहार लक्षित गरी फूलखेती हुँदै आएको स्थानीयवासी छविलाल गहतराजले बताए । कोरोनाका कारण रोजगारी गुमाएका युवा अहिले व्यावसायिकरूपमा कृषि तथा पशुपालन र खेती आकर्षित भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending