Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

ढोरपाटन नगरपालिकालाई एम्बुलेन्स सहयोग

बागलुङ । आइएमई गु्रपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचनको आर्थिक सहयोगमा ढोरपाटन नगरपालिकामा सञ्चालित रेडियो ढोरपाटनले एम्बुलेन्स खरिद गरेको छ ।

व्यवसायीद्वय ढकाल र भट्टचनले बिहीबार रेडियोका अध्यक्ष दोर्ण कुँवरलाई काठमाडौँमा एम्बुलेन्सको चाबी हस्तान्तरण गरे । नेपाली कांग्रेस बागलुङ–२ को क्षेत्रीय समितिले पनि एम्बुलेन्सका लागि केही रकम जुटाएको अध्यक्ष कुँवरले बताए ।

पश्चिम बागलुङमा एम्बुलेन्स सेवा खड्किरहेका बेला एम्बुलेन्स खरिदका लागि रेडियोले पहल अघि बढाएको थियो । रेडियो सञ्चालन गरिरहेको संस्था गरिबी निवारणका लागि वातावरणीय स्वास्थ्य शिक्षामार्फत राजश्व छुटमा एम्बुलेन्स किनिएको हो ।

रु ४० लाख मूल्य पर्ने एम्बुलेन्स रु ११ लाख ५७ हजारमा खरिद गरिएको अध्यक्ष कुँवरले जानकारी दिए । “पश्चिम बागलुङको निसी, भुजी र तमानखोला क्षेत्रमा एम्बुलेन्स नहुँदा बिरामीलाई समयमै अस्पताल पुर्याउन समस्या थियो”, अध्यक्ष कुँवरले भने, “अब सहज र प्रभावकारीरूपमा एम्बुलेन्स सेवा शुरु गर्छौँ ।”

ढोरपाटन नगरपालिकास्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्स पनि बिग्रेर थन्किएपछि सर्वसाधारण मर्कामा थिए । नयाँ एम्बुलेन्सको सञ्चालन र व्यवस्थापन गरिबी निवारणका लागि वातावरणीय स्वास्थ्य शिक्षा संस्थाले नै गर्नेछ । आजसम्म एम्बुलेन्स बुर्तिबाङ आइपुग्ने जनाइएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending