Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

प्रधानमन्त्री कप क्रिकेट : बैतडीको पुरुष र महिला टोली घोषणा

काठमाडौं । प्रधानमन्त्री कप (पीएम) राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि बैतडीको सिनियर पुरुष तथा महिला टोलीको घोषणा गरिएको छ । बैतडी जिल्ला क्रिकेट सङ्घले प्रधानमन्त्री कपमा सहभागी हुने पुरुष तथा महिला खेलाडीको नाम सार्वजनिक गरेको हो ।

बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष लालबहादुर चन्दका अनुसार राम चन्दको कप्तानीमा पुरुषको टोली तथा रितुु कनौजियाको कप्तानीमा महिला टोलीको घोषणा गरिएको छ । यसैगरी छनोट भएका पुरुष खेलाडीमा खडकबहादुर बोहरा, गजेन्द्र बोहरा, दीपक बोहरा, दीपेन्द्र ऐरी, वीरेन्द्र नाथ, प्रदीप चन्द, डम्बर बुडाल, केशव साउद, जगदीश चन्द, प्रकाश नाथ, जीतेन्द्र रावल, गणेश थापा, सुनिल चन्द र प्रकाश चन्द रहेका छन् । पुरुष टोलीतर्फ वैकल्पिक खेलाडीमा भूपेन्द्र चन्द, वीरेन्द्र विष्ट र दीपेन्द्र भण्डारी रहेका छन् ।

छनोट गरिएका महिला खेलाडीमा मञ्जु बोकटी, आरती बोहरा, निर्मला बोहरा, बबिता बोहरा, अनिता नाथ, निर्मला भण्डारी, दिव्या कार्की, पूजा कार्की, मीना रावत, निशा भट्ट, भावना जोशी, सुनिता लोहार र दमयन्ती ओड रहेका छन् । यस्तै महिलाको वैकल्पिक खेलाडीमा रेनु पेला, तुलसी जोशी, मानवी विक र निर्मला रावल रहेका छन् । पुरुष टोलीको प्रशिक्षकमा शेरसिंह खत्री र महिला टोलीको प्रशिक्षकमा दीपेन्द्र बोहरालाई तोकिएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले मङ्सिर २१ गतेसम्म जिल्ला छनोट गर्न निर्देशन दिएको थियो । बैतडी सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा मङ्सिर २२ गतेसम्म लकडाउन गरिएकाले छनोट खेल गर्न नसकिएको र गत वर्षको जिल्लास्तरीय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्राथमिकतामा राखेर छनोट गरिएको बैतडी जिल्ला क्रिकेट सङ्घका सचिव शेरसिंह खत्रीले जानकारी दिए।

छनोट भएको पुरुष टोलीले यही मङ्सिर २७ गतेदेखि कञ्चनपुरमा हुने प्रदेशस्तरीय छनोट प्रतियोगिता खेल्नेछ भने छनोट भएको महिला टोलीले आगामी पुस ४ गतेदेखि कैलालीमा हुने प्रदेशस्तरीय छनोट प्रतियोगिता खेल्नेछ । उक्त प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट प्रधानमन्त्री कपका लागि सुदूरपश्चिम प्रदेशको टोली छनोट हुने जनाइएको छ ।

क्यानले आगामी पुस ११ गतेदेखि प्रधानमन्त्री कप आयोजना गर्दैछ । महिलाको दाङमा र पुरुषको काठमाडौँमा खेल सञ्चालन हुनेछन् । प्रतियोगितामा सात प्रदेशका र तीन विभागीय गरी १० टोलीको सहभागिता रहने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending