Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

ढुङ्गाखानीबाट गाउँमै रोजगार

बागलुङ । अरबको खाडीमा सात वर्ष बिताएर स्वदेश फर्किएका खगेन्द्र श्रीसमा फेरि कमाउन विदेशै जाने मोह पलायो । दुई वर्षअघि जापान जाने प्रक्रिया थाले । अफसोच काम सफल भएन । उनको जापान जाने सपनाले नयाँ मोड लियो । चालिस वर्षीय श्रीसले गाउँमै उद्यम गर्ने अठोट लिए ।

गलकोट नगरपालिका–६ भुजुङ्गेका श्रीसले परम्परागत ढुङ्गाखानीलाई आधुनिक र व्यावसायिक बताए । रु तीन लाखको लगानीमा गत वर्षदेखि ढुङ्गाखानी सञ्चालनमा ल्याएको उनले बताए । ढुङ्गाखानीमा १० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । “मासिक रु ५० हजारदेखि एक लाखसम्म कमाई हुन्छ”, श्रीसले भने ।

उनका अनुसार कुनै बेला ढुङ्गा राम्रो निस्कन्छ, कहिले कम । ठूलो आम्दानी मजदूरको ज्यालामा जाने गरेको श्रीसको भनाइ छ । उनी आफैँ पनि ढुङ्गाखानीमा काम गर्छन् । “मसहित १० जनालाई खानीले रोजगार दिएको छ, गाउँका युवाको चित्त बुझाएर काममा लगाएको छु”, उनले भने ।

मजदूरले एउटा स्लेट ढुङ्गा (कटपिस टायल) काटेको तीन रुपैयाँ पाउँछन् । एकजनाले दिनमा चार/पाँच सयसम्म स्लेट ढुङ्गा तयार पार्छन् । धेरै ढुङ्गा निस्केका बेला महिनाकै ३५/४० हजारसम्म कमाउँछन् । खानीमा उत्पादित स्लेट ढुङ्गालाई गाउँसम्म बोकेर ल्याउने काम भने महिलाले गर्छन् ।

एउटा स्लेट ढुङ्गा बोकेको रु दुई पाउँछन् । एक खेपमा १०० वटासम्म बोक्ने गरेको स्थानीयवासी कुमारी श्रीसले बताए । उनका अनुसार महिनामा चार/पाँचपटकसम्म डोकोमा स्लेट बोक्ने काम मिल्छ । भारी बोकेर पाउने ज्यालाले महिलालाई घरखर्च चलाउन सजिलो भएको छ । कतिले छोराछोरीको पढाइ खर्चसमेत त्यसैबाट धान्छन् ।

ढुङ्गाखानीसम्म सडक नपुगेकाले मोटर आउने ठाउँसम्म बोकाएर ल्याउनु परेको ढुङ्गाखानी सञ्चालक खगेन्द्रले बताए । “ढुङ्गा काट्ने काम हाम्रो पुख्र्यौली पेशा हो, आम्दानीको मुख्य स्रोत पनि यही हो”, स्थानीयवासी बेग श्रीसले भने। उहाँले नै पहिलोपटक विसं २०५७ मा भुजुङ्गेमा स्लेट ढुङ्गा काट्ने उपकरण र सीप भित्र्याएका थिए ।

स्लेट ढुङ्गाको व्यावसायिक उत्पादन हुन थालेको भने सात/आठ मात्र पुगेको छ । “ढुङ्गेनी गाउँले समेत चिनिने भुजुङ्गेको परम्परागत पेशा र आम्दानी नै ढुङ्गाखानीमा जोडिएको थियो । ढुङ्गा बचेरै गाउँलेले जीविका चलाउँथे । पहिले छाना छाउने ढुङ्गा मात्रै निकाल्ने गरिए पनि प्रविधिको विकाससँगै पछिल्लो समय टायलको विकल्पका रुपमा स्लेट ढुङ्गा प्रयोग हुन थालेको हो ।

खानीमा छाउने ढुङ्गासँगै भित्तामा लगाइने स्लेट ढुङ्गा (कटपिस टायल), १२/१२, ६/१२ र १२/१८ को भुइँमा बिछ्याउने स्क्वायर टायल उत्पादन हुन्छ । कटपिस टायल प्रतिगोटाको रु १२ र स्क्वायर टायलको मूल्य क्रमशः रु ८०, ४० र १७० तोकिएको छ । एक हातको छाउने ढुङ्गालाई पनि रु १७० पर्छ ।

ढुङ्गाखानीको उत्पादन गलकोटमै रहेको डिपोमार्फत देशका विभिन्न ठाउँमा बिक्रीका लागि पुग्ने गरेको छ । भुजुङ्गेमा खेगन्द्रसहित सुकमन र निर्मल श्रीसले पनि ढुङ्गाखानी सञ्चालन गरिरहेका छन् । सुकमनको खानीमा तीन र निर्मलको खानीमा चारजनाले रोजगारी पाएका छन् । सबैले आफ्नै निजी जग्गामा खानी खोलेका हुन् ।

ढुङ्गाखानीलाई राज्यले व्यवस्थित गर्नुपर्ने माग स्थानीयवासीको छ । कानून अभावमा अहिलेसम्म ढुङ्गाखानी करको दायरामा आउन सकेका छैनन् । ढुङ्गाखानीलाई दर्ता गरी नियमानुसार चलाउन सञ्चालक राजी छन् । गलकोट नगरपालिकाका प्रवक्ता हेमन्त भण्डारीले ढुङ्गाखानीसहित प्राकृतिक स्रोतसाधनको उपयोगबारे छिट्टै कानूनी प्रबन्ध गरिने बताए । “अहिले पनि ढुङ्गाको अवैध कारोबार भइरहेको छ, नगरपालिकाले कर गुमाइरहेको छ, त्यसलाई व्यवस्थित गर्नैपर्छ”, उनले भने, “नियम र मापदण्डभित्र रहेर ढुङ्गाखानी सञ्चालन गर्ने वातावरण बनाउँछौँ ।”

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending