कञ्चनपुर । धानखेतीमा यान्त्रिकरणको प्रयोग बढेसँगै उत्पादनमा वृद्धि हुन थालेको छ । धानखेती गर्ने किसानले आधुनिक प्रविधिसँगै उन्नत जातका धानखेती गर्न थालेपछि उत्पादनमा वृद्धि भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार धानको उत्पादन सात प्रतिशतले वृद्धि भएको छ ।
चालु आवमा धानको उत्पादन दुई लाख १९ हजार ६९ मेट्रिक टन रहेको छ । जुन गत वर्षको तुलनामा सात प्रतिशत अर्थात् १३ हजार २१२ मेट्रिकटनले बढी रहेको छ । जिल्लामा कूलखेती गरिएको जग्गा ५६ हजार ६०२ हेक्टरमध्ये धानखेती ४८ हजार ४७५ हेक्टर क्षेत्रफलमा हुने गरेको छ । जसको उत्पादकत्व ३.०९ प्रतिशत रहेको छ । आव ०७६/७७ मा धानको उत्पादन एक लाख ८७ हजार ७५७ मेट्रिक टन भएको थियो ।
किसानले रैथाने जातको तुलनामा बढी उत्पादन दिने उन्नत जातका सङ्ुख्खा १,२,३,४,५,६, सावा मन्सुली, राधा ४, १४ सेहराङग सब १, डिआरआर ४४, हर्दिनाथ १ र राम धानलगायतका धानखेतमा रोप्न थालेपछि उत्पादनमा वृद्धि हुँदै जान थालेको कृषि ज्ञान केन्द्रका प्रमुख डा दिलबहादुर विष्टले बताए ।
“धानखेतीका लागि पावर टिलर, रोटाभेटर, रिपर, थ्रेसर, सिँचाइका लागि पम्प सेट, विद्यूतीय मोटर, सोलार पम्पलगायतको प्रयोगलाई बढावा दिन थालिएपछि उत्पादन बढ्दै गएको छ”, उनले भने, “प्रति वर्ष कृषि ज्ञान केन्द्र, निर्देशनालय र प्रधानमन्त्री आधुनिकिकरण परियोजनाअन्तर्गत किसानलाई आधुनिक यन्त्र ५० प्रतिशत अनुदानमा उपलब्ध गराउन थालेसँगै धानको उत्पादन बढ्दो रुपमा रहेको छ ।”
धानखेतीमा यान्त्रीकरणको प्रयोग बढेसँगै लागत खर्च र महिलाको कार्यबोझसमेत घटेको शुक्लाफाँटा नपाको पिपलाडीका किसान चेतराम चौधरी बताए । दिनहुँ लगाएर पहिला जस्तो हसियाको प्रयोग गरी मजदूर लगाएर धान काट्नुपर्ने अवस्था नभएको उनले बताए । धान काटनका लागि पावर टिलरमा रिपरको प्रयोग हुन थालेपछि काम गर्न निकै सहज भएको उनको भनाइ छ ।
बेलैमा रासायनिक मलको आपूर्ति हुनसके धान उत्पादन अझै बढनसक्ने धानखेतीमा संलग्न किसानको भनाइ छ । धानखेती हुने क्षेत्रमा सिँचाइको भरपर्दो व्यवस्था गरिएपछि किसानले समयमै कृषि यन्त्र र मेसिनको प्रयोग गरी धानखेती गरी बढी उत्पादन लिन थालेका हुन ।
खेतका लागि प्रयोग हँुदै आएको कूल जग्गाको ७०।२ प्रतिशत९३९ हजार आठ सय हेक्टर० जग्गामा सिँचाइ सुविधा पुगेको छ । किसानले रोपाइँ गरेर र छरुवा विधिबाट धानखेती गर्दै आएका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सात स्थानीय तहका ४२ वडालाई समेटेर धान सुपरजोन कार्यक्रम सञ्चालन भइरहेको छ । जसअन्तर्गत छ हजार ४६२ दशमलव ४३ हेक्टरमा उन्नत धानखेती हुँदै आएको छ । धान सुपर जोनमा आवद्ध किसानलाई अनुदानमा कृषियन्त्र, मेसिन र सिँचाइका लागि पम्प सेट उपलब्ध हुँदै आएको परियोजना कार्यालय प्रमुख सञ्जु जोशीले बताए ।
उनले अनुसार सहज रुपमा किसानले कृषियन्त्रको प्रयोगलाई बढावा दिउन भन्ने उद्देश्यले कष्टम हायर सेन्टर स्थापना गरी ट्र्याक्टर, थ्रेसर, रिपर, रोटाभेटरलगायतका सामानको व्यवस्था गरिएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...



प्रतिकृया लेख्नुहोस्: