Khabar Dabali ३० माघ २०८२ बिहीबार | 12th February, 2026 Thu
Investment bank

कास्कीमा सुन्तला खेती सुस्ताए सँगै किसान चिन्तित

कास्की । कुनै बेला कास्की पोखराको सुन्तला भनी चासो र चर्चा कमाएको यहाँको सुन्तला खेती पछिल्लो एक दशकयता सुस्ताएको छ । सिक्टस ग्रिनीङ भाइरसको मारमा जिल्लाका भरतपोखरी, हंशपुरलगायतका स्थानमा सखापै भएको सुन्तला निर्मलपोखरीका दोपहरे, खरच्याङ, फेदीपाटनलगायतका स्थानमा भने अझै फल्दै गरेको छ । विगतका वर्षमा यी स्थानामा पहेँलपुर देखिने सुन्तला यस वर्षका लागि भने गत फागुन महिनामा फूल फुल्ने क्रममै असिनाले झारेपछि उत्पादनमा कमी आएको हो ।

सुन्तालाको कारण बर्सेनि राम्रो आम्दानी गर्दै आएका यहाँका किसान यस वर्ष भने उत्पादन घटेपछि चिन्तित बनेका छन् । अघिल्लो वर्ष सुन्तलाबाटै रु आठ लाख आम्दानी गरेका पोखरा महानगरपालिका–२१ फेदीपाटनका कृषक प्रकाश पौडल यस वर्ष भने उत्पादनमा कमी भई मुस्किलले रु एक लाख मात्रै आम्दानी गर्ने अवस्थामा पुगेको बताए ।

“असिनाले बोटमा फूलमात्र नभई अन्य क्षति पनि पुर्याएको थियो”, उनले भने, “यस वर्ष त्यस्तै भयो, अर्को वर्ष सुन्तला जोगिने आशमा छौँ ।” पौडेलले ४० रोपनी जग्गामा ६०० बोट सुन्तला लगाएका छन् । आफ्नो बुबाको पालामा चार दशकअघिदेखि सुन्तला खेती गर्दै आएको जानकारी दिँदै पौडेलले यस अवधिमा पहिलोपटक यति कम मात्रामा सुन्तला उत्पादन भएको बताए ।

धान फल्ने खेतमा सुन्तला लगाइएको बताउँदै उहाँले यस वर्ष सुन्तला पनि उत्पादन नहुँदा दैनिक जीविकोपार्जनमा समस्या आएको उल्लेख गरे । क्षतिका सम्बन्धमा कृषि ज्ञान केन्द्रमा जानकारी गराएको भन्दै पौडेलले क्षतिका आधारमा राज्यबाट कृषकले क्षतिपूर्ति पाउने अपेक्षा गरेको बताए ।

पौडेलजस्तै निर्मलपोखरी खरच्याङका अर्का सुन्तला कृषक टीकाराम भण्डारीको पनि उस्तै गुनासो छ । असिनाले फूल फुल्ने क्रममा नै झारेपछि यस वर्ष सुन्तलाबाट विगतमा जस्तो आम्दानी गर्न नसकिएको उनको भनाइ छ । अघिल्लो वर्ष आफूले खाएर र इष्टमित्रलाई चखाएर रु तीन लाख आम्दानी गरेको बताउँदै उनले भने, “यस वर्ष मुस्किलले रु ९० हजार मात्र आम्दानी भएको छ ।”

“भएका सुन्तलाका दाना पनि साना छन्, विगतमा जस्तो मिठो पनि छैन”, उनले भने, “कतै रोग लागेर समस्या छ, बचेका ठाउँमा पनि असिनाजन्य प्रकोपले समस्या पारेको छ ।” उत्तरतर्पmबाट आएको असिनाले प्रत्येक रुखको उपल्लो भागमा पूर्णरूपमा क्षति बनाए पनि दक्षिणतर्फ तल्लो भागमा बचेखुचेका सुन्तलाले अलिअलि भने पनि आम्दानी भएको कृषक बताउँछन् ।

अन्य बालीमा असिनाले पारेको क्षति तत्काल देखिए पनि सुन्तलालगायतका फलफूलमा भने फल पाक्ने बेलामा मात्रै क्षतिको यकिन हुने भण्डारीले राससलाई जानकारी दिए । त्यस्तै अर्का कृषक नारायण पौडेल पनि यस वर्ष सुन्तलामा असिनाले ठूलै क्षति पुर्याएको बताए । उनका अनुसार अघिल्लो वर्ष बाँदरबाट सुन्तला जोगाउन हम्मेहम्मे परेको थियो, अहिले असिनाले मारमा परेको छ । पौडेलले अघिल्लो वर्ष सुन्तलाबाटै रु तीन लाख आम्दानी गर्नुभएको थियो । कृषकको पीडालाई राज्यले बुझ्न नसकेको बताउँदै कृषकले क्षतिका आधारमा उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने सामूहिक धारणा राखेका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE