गलकोट । मङ्गलबार साँझ बाग्लुङ जिल्ला सदरमुकामस्थित कपास उद्योगमा आगलागी भयो । आगलागीबाट कपास उद्योग पूर्णरुपमा क्षति भयो । जिल्ला सदरमुकामस्थित बागलुङ नगरपालिका–४ उपल्लाचौरमै आगलागी हुँदासमेत नियन्त्रणमा आउन सकेन रु कारण थयो दमकल नपुग्नु ।
कपास उद्योग नजिकै नेपाली सेनाको अर्जुनवाण गण,सदरमुकाममै विपद् प्रहरी, सशस्त्र प्रहरी बल र दमकल हुँदाहुँदै पनि आगो नियन्त्रणमा नआउँदा बजारवासी आक्रोशित भएका छन् । स्थानीवासीका अनुसार बागलुङ नगरपालिकाको दमकल र सेना प्रहरी समयमै खटिएको भए सदरमुकामभित्रै यति ठूलो क्षति हुने थिएन होला ।
अस्मिता कपास उद्योगमा आगलागी हुँदा झण्डै रु १५ लाख बराबरको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार उद्योगमा आगलागी हुँदा कपास पेल्ने औजार, ट्रसको छाप्रो, सिरक र डसना पूर्णरुपमा जलेर नष्ट भएको छ । आगो एक घण्टापछि मात्र नियन्त्रणमा आएको थियो ।
“शुरुमा प्रहरी कार्यालयमै दमकल हुन्थ्यो, नगरपालिकाको चालक नहुँदा, प्रहरीकै चालकले दमकल गुडाउँथे”, सूचना अधिकारी रेग्मीले भने, “अहिले नगरपालिकाले आफ्नो दमकल भन्दै लग्यो, दमकलको चालक नभएको र बिग्रेकोजस्ता कुरा आए, त्यसैले बढी क्षति हुन पुग्यो ।” दमकललाई चुस्त दुरुस्त नबनाए ठूलो आगलागीको घटनामा समेत समस्या हुने गरेको बताइएको छ ।
आगलागी हुनासाथ नगरपालिकाको दमकललाई खबर गरे पनि चालक सम्पर्कमा नरहेको भन्दै आउन नसकेको कपास उद्योगका सञ्चालक वीरबहादुर श्रेष्ठले जानकारी दिए । कपास उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको थियो ।
आगलागीका घटना हुँदा समेत नआउने नगरपालिकाको दमकलको औचित्य नभएको अधिकारकर्मी राम शर्माले बताए । “दमकल वडा कार्यालयमा थन्काउने हैन, दमकल ब्यारेक तथा प्रहरी भित्र राख्नुपर्दछ”, उनले भने, “नत्र दमकल तोडफोड हुने तथा बिग्रने समस्या आउछ, बिग्रेको खबर पहिला जनतालाई नभन्ने, आगलागी भएपछि दमकल बिग्रेको भन्न पाइँदैन ।”
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले दमकलको पम्प बिग्रेकाले आगलागी नियन्त्रणमा जान नसकेको बताए । उनले भने– “मैले मर्मतका लागि हेटौँडाबाट सामग्री झिकाउन पहल गरिरहेको थिए, तर बिग्रेकै समयमा आगलागी भयो, हामी छिट्टै मर्मत गरेर चलाउने गरी काम गर्दैछौँ ।”
बाग्लुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले चालक सम्र्पकमा नआएको विषयलाई लिएर उनलाई तत्कालै कारवाही गर्ने दृढता व्यक्त गरे । दमकल बिग्रेको भए पनि चालक सम्र्पकमा नआउनु भनेको गैरजिम्मेवारपूर्ण कार्य भएको बताउँदै उनले चालकलाई कडा कारवाही गर्न निर्देशन दिइसकेको जानकारी दिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: