Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

कपास उद्योगमा दन्किरह्यो आगो, आएन दमकल

गलकोट । मङ्गलबार साँझ बागलुङ जिल्ला सदरमुकामस्थित कपास उद्योगमा आगलागी भयो । आगलागीबाट कपास उद्योग पूर्णरुपमा क्षति भयो । जिल्ला सदरमुकामस्थित बागलुङ नगरपालिका–४ उपल्लाचौरमै आगलागी हुँदासमेत नियन्त्रणमा आउन सकेन ? कारण थयो दमकल नपुग्नु ।

कपास उद्योग नजिकै नेपाली सेनाको अर्जुनवाण गण, सदरमुकाममै विपद् प्रहरी, सशस्त्र प्रहरी बल र दमकल हुँदाहुँदै पनि आगो नियन्त्रणमा नआउँदा बजारवासी आक्रोशित भएका छन् । स्थानीवासीका अनुसार बागलुङ नगरपालिकाको दमकल र सेना प्रहरी समयमै खटिएको भए सदरमुकामभित्रै यति ठूलो क्षति हुने थिएन होला ।

अस्मिता कपास उद्योगमा आगलागी हुँदा झण्डै रु १५ लाख बराबरको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार उद्योगमा आगलागी हुँदा कपास पेल्ने औजार, ट्रसको छाप्रो, सिरक र डसना पूर्णरुपमा जलेर नष्ट भएको छ । आगो एक घण्टापछि मात्र नियन्त्रणमा आएको थियो ।

“शुरुमा प्रहरी कार्यालयमै दमकल हुन्थ्यो, नगरपालिकाको चालक नहुँदा, प्रहरीकै चालकले दमकल गुडाउँथे”, सूचना अधिकारी रेग्मीले भने, “अहिले नगरपालिकाले आफ्नो दमकल भन्दै लग्यो, दमकलको चालक नभएको र बिग्रेकोजस्ता कुरा आए, त्यसैले बढी क्षति हुन पुग्यो ।” दमकललाई चुस्त दुरुस्त नबनाए ठूलो आगलागीको घटनामा समेत समस्या हुने गरेको बताइएको छ ।

आगलागी हुनासाथ नगरपालिकाको दमकललाई खबर गरे पनि चालक सम्पर्कमा नरहेको भन्दै आउन नसकेको कपास उद्योगका सञ्चालक वीरबहादुर श्रेष्ठले जानकारी दिए । कपास उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको थियो ।

आगलागीका घटना हुँदा समेत नआउने नगरपालिकाको दमकलको औचित्य नभएको अधिकारकर्मी राम शर्माले बताए । “दमकल वडा कार्यालयमा थन्काउने हैन, दमकल ब्यारेक तथा प्रहरी भित्र राख्नुपर्दछ”, उनले भने, “नत्र दमकल तोडफोड हुने तथा बिग्रने समस्या आउछ, बिग्रेको खबर पहिला जनतालाई नभन्ने, आगलागी भएपछि दमकल बिग्रेको भन्न पाइँदैन ।”

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले दमकलको पम्प बिग्रेकाले आगलागी नियन्त्रणमा जान नसकेको बताए । उनले भने, “मैले मर्मतका लागि हेटौँडाबाट सामग्री झिकाउन पहल गरिरहेको थिए, तर बिग्रेकै समयमा आगलागी भयो, हामी छिट्टै मर्मत गरेर चलाउने गरी काम गर्दैछौँ ।”

बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले चालक सम्र्पकमा नआएको विषयलाई लिएर उनलाई तत्कालै कारवाही गर्ने दृढता व्यक्त गरे । दमकल बिग्रेको भए पनि चालक सम्र्पकमा नआउनु भनेको गैरजिम्मेवारपूर्ण कार्य भएको बताउँदै उनले चालकलाई कडा कारवाही गर्न निर्देशन दिइसकेको जानकारी दिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending