काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले विश्वभरका धार्मिक पर्यटकलाई पशुपति क्षेत्रमा भित्र्याउने गरी विकास निर्माणका काम अघि बढाउन लागिएको बताएका छन् ।
पशुपति क्षेत्र विकास कोष र एभरेष्ट बैंकले आज संयुक्त रुपमा आयोजना गरेको वातावरणमैत्री शवदाहगृह हस्तान्तरणका अवसरमा उनले प्रस्तावित गुरुयोजनालाई अन्तिमरुप दिन मन्त्रालयले प्राविधिक समिति गठन गरेको जानकारी दिए । समितिले स्थानीयवासीलगायत सरोकार निकायसँग छलफल गरी तीन महिनाभित्र मन्त्रालयमा प्रतिवेदन बुझाउनुपर्ने छ ।
“मन्त्रिपरिषद्ले स्वास्थ्य सुरक्षाका विधि अपनाएर धार्मिक, सांस्कृतिक सम्पदालाई खुला गर्ने निर्णय गरेको छ, कोरोना सङ्क्रमण नफैलने गरी कोषले दर्शनार्थीलाई मन्दिर प्रवेश गराउनेछ”, उनले भने । कोषका सदस्य सचिव डा प्रदीप ढकालले पशुपति क्षेत्रमा शवदाह गर्नेको सङ्ख्या बढ्न थालेकाले विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा शवदाहगृह बढाउन लागिएको बताए ।
थपियो वातावरणमैत्री शवदाह गृह
वातावरणमैत्री शवदाहगृहमा १०० देखि १५० केजी दाउरामा शव जलाउन सकिने छ । हाल भष्मेश्वर र आर्यघाटमा शव जलाउँदा कम्तीमा ४०० केजी दाउरा लाग्ने गरेको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए ।
बैंकले रु ७५ लाखको लागतमा शवदाहगृह निर्माण गरी आज कोषका सदस्य सचिव ढकाललाई हस्तान्तरण गरेको हो । शवदाहगृह हस्तान्तरण गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत जिके नेगीले कम दाउरा लाग्ने र वातावरणमैत्री भएकाले यसको माग देशभर भइरहेको बताए ।
बैंकले यसअघि पोखरा र भैरहवामा पनि यस्तै शवदाहगृह निर्माण गरी प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको जनाइएको छ । यो शवदाहगृहमा शव जलाउन पनि कम समय लाग्नेछ । एकदेखि सवा घण्टामा शव जलाइसकिने कोषले जनाएको छ । भष्मेश्वरघाटतिर भने एउटा शव जलाउन कम्तीमा पनि तीन घण्टा लाग्छ ।
यो यन्त्रमा शवदाहबाट निस्कने धुवाँ भिजेको चिम्नी हुँदै जाने व्यवस्था मिलाइएकाले बाहिर पुग्नुअघि नै शुद्धीकरण भइसक्ने बैंकका प्रमुख कार्यकारी अधिकृत नेगीले बताए । पशुपति क्षेत्रको आर्यघाट र भष्मेश्वर घाटमा गरी १८, विद्युतीय शवदाह गृहमा दुई, वातावरणमैत्री एक गरी तीनवटा शवदाहगृह सञ्चालनमा छन् । विद्युतीय शवदाहगृहमा एउटा यन्त्र थप्ने तयारी भइरहेको कोषले जनाएको छ ।
कोभिड–१९ बाट निधन भएकाको शव विद्युतीय शवदाहगृहमा जलाउने गरिएको छ । आजैदेखि सञ्चालनमा आएको वातावरणमैत्री शवदाह गृहमा पनि कोभिड –१९ बाट निधन भएकाको शव जलाउने तयारी भएको कोषले जनाएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...



प्रतिकृया लेख्नुहोस्: