लमही । जिल्लाका धार्मिक तथा पर्यटकीयस्थलहरुमा चहलपहल बढ्न थालेको छ । लामो समयसम्म कोरोना सङ्क्रमणका कारण सुनसान बनेका धार्मिक तथा पर्यटकीयस्थलमा स्वास्थ्य सावधानी अपनाएर मन्दिरमा पूजापाठसँगै सर्वसाधाणको चहलपहल बढ्न थालेको हो ।
जिल्लाका मठमन्दिर, कृत्रिम जलाशयसँगै पर्यटकीयस्थलमा पुग्ने मानिसको सङ्ख्या बढ्दै जान थालेको छ । घोराही उपमहानगरपालिका–१३ मा रहेको ज्यामिरे दहमा पुग्ने मानिसको सङ्ख्यामा समेत वृद्धि भएको डुङ्गाचालक वीरजन पुनले जानकारी दिए । कोरोना सङ्क्रमणको जोखिमका कारण लामो समयसम्म चल्न नसकेका डुङ्गा अहिले चल्न थालेको उनको भनाइ छ । आजभोलि दैनिक करिब २०० को सङ्ख्यामा मानिस दहमा घुमफिर तथा डुङ्गा चढ्न आउने गरेको उनले बताए ।
ज्यामिरे दह सामुदायिक वन उपभोक्ता समूहको जङ्गलको बीचमा रहेको दह आकर्षक रहेको छ । वडा नं १३ कै बाह्रकुने दहसँग जोडिएको ज्यामिरे दहलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नका लागि करिब तीन वर्ष पहिले तालको चौडाइ, लम्बाइ र गहिराइ बढाइएको थियो । करिब १२ बिघा क्षेत्रफलमा फैलिएको दहको लम्बाइ एक हजार १५ मिटर, चौडाइ ४५ मिटर र गहिराइ ३० मिटर रहेको ज्यामिरे दह सामुदायिक वन उपभोक्ता समूहले जनाएको छ ।
बाह्रकुने दहबाट ज्यामिरे दह पुग्नका लागि ग्रिलसहितको सिँढी निर्माण गरिएको छ । प्रदेश सरकारको सहयोगमा डिभिजन वन कार्यालय दाङले पर्यटकीय क्षेत्रको विकासका लागि ग्रिलसहितका सिँढी निर्माण गरिदिएपछि बाह्रकुने दहबाट ज्यामिरे दह मानिसलाई आउन सहज भएको स्थानीय कमल पुनले जानकरी दिए ।
त्यस्तै पर्यटकीयस्थल राप्ती शान्ति उद्यानमा पर्यटकको आकर्षण बढ्दै गएको छ । कोरोनाका कारण सुनसान बनेको शान्ति उद्यानमा पछिल्लो समयमा विभिन्न भौतिक संरचना थपिएसँगै पर्यटक पनि थपिँदै गएका छन् । लुम्बिनी प्रदेश सरकार र तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा रु २४ लाख लागतमा बुद्धको मूर्ति स्थापना गरेसँगै दिनहुँजसो आन्तरिक पर्यटकको केन्द्र बन्दै गएको उद्यान व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज भण्डारीले जानकारी दिए । उनले बिदाको दिन दैनिक ५०० भन्दा बढी पर्यटक आउने गरेको बताए ।
उनले शान्ति उद्यानमा विभिन्न संरचना पछिल्लो समयमा थपिएपछि पर्यटक पनि भरिभराउ हुने गरेको बताए । विसं २०५९ मा शान्तिको कामना गर्दै तुलसीपुर उपमहानगरपालिका–७ मा स्थापना भएको प्रदेशकै सबैभन्दा ठूलो पर्यटनको सम्भावना बोकेको राप्ती शान्ति उद्यान आन्तरिक पर्यटकको गन्तव्य स्थान बन्दै गएको हो । उद्यान व्यवस्थापनका अनुसार त्यहाँ दाङका साथै छिमेकी जिल्लाबाट अवलोकनका लागि मानिस आउने गरेका छन् । “बुद्धको मूर्ति स्थापनासँगै पर्यटकको सङ्ख्यामा समेत वृद्धि भएको छ, यसअघि कोरोनाको सङ्क्रमणले सुनसान उद्यानमा हाल भरिभराउ हुने गरेको छ”, भण्डारीले भने ।
चराचरुङ्गीको मधुर स्वर र प्राकृतिक एवं जैविक विविधताले भरिएको उद्यानमा बाल उद्यानदेखि वनस्पति र बगैँचासमेत छन् । त्यस्तै सानो चिडियाखानाले पनि आकर्षण बढाएको छ । त्यस्तै अम्बिकेश्वरी मन्दिर, छिलिकोटको कालिका मालिका मन्दिरमा पनि पर्यटकको चहलपहल बढेको छ । त्यस्तै गढवा गाउँपालिकाको कोइलावासमा रहेको रामजानकी मन्दिरमा पनि आन्तरिक पर्यटक आउन थालेका छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...



प्रतिकृया लेख्नुहोस्: