Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

शुद्ध र सहज ‘वैदिक श्राद्ध पद्धति’ सार्वजनिक

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले गर्ने धार्मिक कर्मका पुस्तकमा अशुद्धि वृद्धि हुँदै जान थालेपछि शुद्ध पुस्तक प्रकाशनका लागि अभियान चलाउने युवा देखा पर्न थालेका छन् ।

वाल्मीकि विद्यापीठमा कर्मकाण्ड प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीले बजारमा पाइने पुस्तक अशुद्ध भएको थाहा पाएपछि समूह बनाई शुद्ध पुस्तक प्रकाशन गर्न थालेका छन् । प्रशिक्षार्थी सुदीपकुमार पौडेलको नेतृत्वमा पहिलोपटक ‘वैदिक श्राद्ध पद्धति’ नामक पुस्तक बजारमा ल्याइएको छ । बजारमा पाइने पुस्तकमध्येमा शुद्ध र सहजरूपमा बुझ्न सकिने गरी दुई वर्ष लगाएर पुस्तक सम्पादन गरिएको उनले जानकारी दिए ।

यसअघि बजारमा आएका श्राद्धलगायत कर्मकाण्डका पुस्तकमा विभिन्न ग्रन्थबाट ल्याइएका मन्त्रलाई सम्पादकले नै लेखे जसरी लेखक भन्ने गरिएकामा यसमा भने सङ्कलक उल्लेख गरिएको छ । वेदका मन्त्रसमेत ‘मैले लेखेको हुँ’ भन्ने सन्देश दिने लेखकका बीच पुस्तकमा भने स्रोत सामग्री पनि उल्लेख गरिएको छ । पुस्तकमा कुन मन्त्रलाई कुन वेदबाट ल्याइएको हो भन्ने समेत खुलाइएको छ ।

पुस्तकमा छ वटा श्राद्ध विधि दिइएको छ । यसअघि बजारमा आएका पुस्तकमा चारवटासम्म मात्र श्राद्धविधि दिइएको हुन्थ्यो । पुस्तकमा एकोद्दिष्ट, पार्वण, एकापार्वण, तीर्थ, अभिधवा मातृनवमी र त्रिपिण्डी श्राद्ध विधिका साथै श्राद्धमा प्रयोग हुने विभिन्न वैदिक सूक्त पनि दिइएको छ ।

तर्पण क्रम, श्राद्ध सामग्री, तर्पण गर्ने र श्राद्ध गर्ने स्थलको सचित्र वर्णन गरी प्रकाशित पहिलो पुस्तक भएकाले संस्कृतको अध्ययन नगरी पुरोहित काम गराउने र गर्ने दुवैका लागि उपयोगी पुस्तकका रूपमा आएको छ । दुई सय ५६ पृष्ठको पुस्तकको मूल्य रु ३५५ तोकिएको छ ।

पुस्तक तयार पार्न वाल्मीकि विद्यापीठका कर्मकाण्ड प्रशिक्षक नारायणप्रसाद कोइराला, पौडेल, विष्णुप्रसाद खनाल र बालमुकुन्द अर्यालको समूह लागि परेको हो । पुस्तकका लागि सामग्री सङ्कलन भने मणिराम कोइरालाले गरेका हुन् । पुस्तकमा श्राद्धमा प्रयोग हुने विभिन्न शब्दका रूप र विभक्तिसमेत उल्लेख गरिएको छ ।

वैदिक शास्त्रमा ‘पितरो वाक्यमिच्छन्ति भावमिच्छन्ति देवताः’ अर्थात् ‘पितृले वाक्य शुद्ध उच्चारण चाहन्छन्, देवताले भने भावमात्र भए पनि चित्त बुझाउँछन्’ भनी उल्लेख गरिएको छ । वाक्य शुद्ध नभए श्राद्ध गरे वा गराए दुवैको फल नपाइने पनि शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यसैले बजारमा भएजस्ता श्राद्धका पुस्तक दुई महिनामै प्रकाशन गर्न सकिने भए पनि दुई वर्ष लगाएर सबै विषयलाई समेटिएको प्रकाशन समूहले जनाएको छ ।

विद्यापीठमा प्रशिक्षण लिइरहेको समूहले सनातन धर्ममा देखिएका विकृति अन्त्य हुने गरी शुद्ध र सहज पुस्तक प्रकाशन गरेकामा प्राचार्य गणेशप्रसाद घिमिरेले खुसी प्रकट गरेका छन् । सामान्य पढेलेखेकाले पनि विधिपूर्वक श्राद्ध कर्म गर्न पुस्तक उपयोगी हुने उनको विश्वास छ ।

समूहले विभिन्न कर्मका लागि आवश्यक अन्य १० पुस्तक पनि प्रकाशनको तयारी गरिरहेको जनाइएको छ । अग्निस्थापना, दुर्गा पूजा विधि, जन्मोत्सव पूजाविधि, स्वस्थानी पूजाविधि, हरितालिका पूजाविधि, जातकर्म विधि, दशगात्रविधि, पूर्वाङ्ग विधि, पुरुषोत्तम पूजा विधि र सरस्वती पूजा विधि पनि प्रकाशनको तयारी भएको जनाइएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending