Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

भेरी नदीमा जलयात्रा अलपत्र

जाजरकोट । प्रथम जाजरकोट महोत्सवको अवसरमा भेरी नदीमा छ वर्षअघि तामझामका साथ उद्घाटन गरिएको जलयात्रा (र्याफ्टिङ) अलपत्र परेको छ । भेरी नदीको रिम्नाबजारबाट जगतीपुरस्थित मटेलासम्म २० किलोमिटर दूरीमा र्याफ्टिङ सञ्चालन गर्ने गरी शुरु गरिएको थियो ।

पूर्वाधार निर्माणबिनै हचुवामा शुरु भएको जलयात्रा नियमित हुन नसकेको स्थानीयवासी बताउँछन् । नेपाल पर्यटन बोर्ड र प्रथम जाजरकोट महोत्सव आयोजक समितिको लगानीमा भेरी–कर्णाली एडभेञ्चर प्रालि सुर्खेतले जलयात्रा शुरु गरेको थियो ।

एडभेञ्चरले दुईवटा डुङ्गा ल्याएर नदीमा जलयात्रा शुरु गरे पनि दिगो नबन्दा जाजरकोटको पर्यटन क्षेत्र खस्किएको व्यवसायी कमानबहादुर खड्काले बताए । अन्य नदीको तुलनामा भेरी नदीमा जलयात्रा गर्न सहज र कम जोखिम रहेको बताइन्छ । “जलयात्रा सञ्चालन गरे आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्न सक्थ्यो, भेरी नदीमा २० किलोमिटर दूरीको यात्रा गर्न दुई घण्टा समय लाग्ने गरेको छ”, उनले भने ।

पूर्वाधार, जनशक्ति र बजेट अभावमा जलयात्रा अलपत्र परेको सरोकारवाला निकायले बताउँदै आएका छन् । जलयात्राले जिल्लाको आर्थिक वृद्धिमा पनि सहयोग पुर्याउने अपेक्षा गरिएको भए पनि सञ्चालन नहुँदा समस्या भएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending