गलकोट । जिल्लाको गलकोट नगरपालिकाभित्रै विद्यालय पुग्न बास बस्नु पर्ने समस्या छ । जिल्लाका अधिकांश विद्यालयमा कक्षा १० सम्मको अध्ययनका लागि धेरै टाढा धाउन नपर्ने भए पनि गलकोट नगरपालिका–१० पाण्डवखानीको रमुवाका विद्यार्थीहरु कक्षा १० सम्मको शिक्षा लिन बास बस्नुपर्ने अवस्था छ । पाण्डवखानीको रमुवा गाउँमा आधारभूत विद्यालय भए पनि कक्षा ९ र १० अध्ययनका लागि बास बसेरै अध्ययन गर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।
कक्षा १० सम्मकै अध्ययनका लागि घर छाड्नु दुर्गम गाउँका विद्यार्थीको नियति बनेको छ । दुर्गम गाउँका रूपमा रहेको रमुवामा कक्षा ८ सम्म मात्रै अध्यापन हुँदा यहाँका विद्यार्थीलाई पाण्डवखानी आउनुपर्ने समस्या रहेको गलकोट–१० पाण्डवखानीका वडाध्यक्ष तिलक घर्तीले बताए । “रमुवामा कक्षा ८ सम्म मात्र पढाइ हुन्छ, त्यसपछि पाण्डवखानी माध्यमिक विद्यालय पुग्न करिब तीन घण्टा पैदल लाग्छ”, घर्तीले भने “आउन जान सम्भव छैन, त्यसैले त्यही स्कुल आसपासमा बास खोजेर अध्ययन गर्नुपर्ने अवस्था छ ।”
अहिले रमुवाका २० भन्दा बढी विद्यार्थीले पाण्डवखानी माध्यमिक विद्यालयको ९ देखि १२ कक्षासम्म बास खोजेर अध्ययन गर्दै आएका छन् । विसं २०३३ मा स्थापना भएको रमुवा आधारभूत विद्यालयमा १० कक्षासम्म अध्यापन गराउन सके विद्यार्थीलाई बास बस्नुपर्ने समस्या हटेर जानेछ । कक्षा १० देखि माथि नगरपालिकाको केन्द्र हटियादेखि अन्य शहर बजार गएर पढ्न सकिने भए पनि गाउँमै १० कक्षासम्मको विद्यालय सञ्चालन गर्न आवश्यक रहेको रमुवा आधारभूत विद्यालयका शिक्षक रेशम रानाले बताए।
रमुवा गाउँमा १२६ घर छन् । गाउँमै विद्यालय नहुँदा कक्षा ८ मात्रै अध्ययन गरेर छोडेको रमुवाका २१ वर्षीय राजेश विकले बताए । उनले चार वर्षअघि रमुवा आधारभूत विद्यालयबाट ८ कक्षा पास गरेका थिए। “गाउँमा विद्यालय भएन, बास बसेर अध्ययन गर्दा धेरै खर्च लाग्ने भएपछि विद्यालय छोड्नुपर्ने बाध्यता पर्यो”, विकले भने।
कक्षा ९ र १० अध्ययन गर्न घरै छोडेर आउनुपर्ने हुँदा धेरै समस्या भोग्दै आएको पाण्डवखानी माध्यमिक विद्यालयमा अध्ययनका लागि कोठामा बस्दै आएका प्रेमबहादुर श्रीसले बताए । “घरबाटै विद्यालय जान पाए धेरै खर्च जोगिन्थ्यो”, श्रीसले भने “घर छोडेर उच्च शिक्षा लिन पाए त हुन्थ्यो, १० कक्षा पढ्न गाउँनै छोड्नुपर्ने अवस्था छ ।”श्रीस जस्तै बास बसेर चन्द्रा पटेल, ईश्वर क्षत्रीसहित रमुवाका २२ विद्यार्थीले पाण्डवखानी माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका छन् ।
आर्थिक वर्ष २०७७/०७८ मा आवासीय रूपमा अध्ययन गर्नुपर्ने समस्यामा रहेका विद्यार्थीका लागि खान र बस्नका लागि रु तीन लाख बजेट विनियोजन गरिएको वडाध्यक्ष घर्तीले जानकारी दिए । उनका अनुसार पाण्डवखानी माध्यमिक विद्यालयमा आवासीय सुविधासहितको निःशुल्क शिक्षा र रमुवामा १० कक्षासम्मको शिक्षा दिने गरी पहल भइरहेको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: