काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–३ स्थित भद्रवासमा रहेको आयुर्वेद औषधालय दुई बजे नै बन्द हुने गरेको छ । कोरोना भाइरसको सङ्क्रमण बढेसँगै आयुर्वेद उपचार पद्धतिप्रतिको आकर्षण चुलिए पनि औषधालय भने नखुल्ने गरेको स्थानीयवासीको गुनासो छ ।
सङ्घीय संरचनाअनुसार स्थानीय तह मातहत रहने कार्यालय नखुल्दा आयुर्वेदिक उपचार पाउनबाट वञ्चित हुनुपरेको डाँछीबाट उपचार गर्न आएका रामबहादुर श्रेष्ठले गुनासो गरे। औषधालयमा नजिकैको गोकर्णेश्वर र शङ्खरापुर नगरपालिकाबाट समेत बिरामी उपचार लिन आउने गरेका छन् ।
वडा कार्यालयसँगै रहेको औषधालय दुई बजे नै बन्द भएको सम्बन्धमा जिज्ञासा राख्दा वडाध्यक्ष राममणि पुडासैनी औषधालयमा कार्यरत छैटौँ तहका कविराजलाई नगरपालिकामा आयुर्वेद शाखा स्थापनाका लागि लैजाँदा तीन कर्मचारीको भरमा चलेको बताउछन् । औषधालय हाल पाँचौँ तहका कविराज र दुई जना कार्यालय सहयोगीका भरमा चलेकाले दुई बजेपछि बिरामी उपचारका लागि नआउने भएकाले कहिलेकाहीँ छिट्टै बन्द हुने गरेको उनले सुनाए ।
कोरोनाबाट बच्न रोग प्रतिरोधी क्षमता बढाउन आयुर्वेदिक औषधि उपयोगी सिद्ध भएको भनी सम्बन्धित क्षेत्रका विज्ञको विचारको प्रचारप्रसार भएसँगै औषधालयमा धाउनेको सङ्ख्या बढे पनि बन्द हुँदा निराश भएर फर्कने गरेका छन् । औषधालय दुई बजे नै बन्द हुने गरेको सेवाग्राहीको गुनासोपछि मङ्गलबार सवा दुई बजे समाचार सङ्कलनका लागि समाचारादाता पुग्दा तालाबन्दी थियो ।
वडाध्यक्ष पुडासैनी भने पाँचौँ तहका कविराज नगरपालिकामा बोलाएको भनी आफूसँग बिदा मागेर निस्किएको दावी गर्छन्। कविराज निस्किए पनि कार्यालय सहयोगीले कार्यालय त खोल्नुपर्ने होइन र रु भन्ने जिज्ञासामा उनले कुनै प्रतिक्रिया दिएनन् ।
आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तोः तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस जन्मन्छन् तिनलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने भावनाअनुसार विभिन्न स्थानमा आयुर्वेद औषधालयको स्थापना गरिए पनि कार्यालय नै नखुल्दा बिरामी उपचार पाउनबाट वञ्चित हुने गरेका छन् ।
काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरीमा वाग्मती अञ्चल आयुर्वेद औषधालय छ । देश सङ्घीय संरचनामा जानुअघि भद्रवासलगायत काठमाडौँका पाँच स्थानीय तहमा रहेका आयुर्वेद औषधालय अञ्चल आयुर्वेद औषधालयअन्तर्गत सञ्चालन हुन्थे । भद्रवासमा जस्तै काठमाडौँमा नागार्जुन नगरपालिकाको सीतापाइला, चन्द्रागिरि नगरपालिकाको मातातीर्थ, कीर्तिपुर नगरपालिकाको पाँगा र दक्षिणकाली नगरपालिकाको फर्पिङमा आयुर्वेद औषधालय रहेका छन् ।
आयुर्वेदका ग्रन्थमा ‘यस्य देशस्य यो जन्तो ः तस्य तद् औषधं हितम्’ अर्थात् देश अथवा स्थानका मानिस हुन् तिनलाई त्यहीँ पाइने जडिबुटीले औषधीको काम गर्छ भन्ने सन्देश बोके पनि सम्बन्धित निकायले यसलाई बिर्सेको यस क्षेत्रका विज्ञको गुनासो छ । यसैले कौडीको भाउमा जडीबुटी विदेशिने र औषधिका गोली बनी हजारौँको मूल्य लिएर भित्रिने गरेको आयुर्वेदको उपचारमा सक्रिय वैद्य दीपक सुवेदी बताउछन् । यहीँका जडीबुटीको उपयोग गर्न सके बाहिरबाट भित्रिने औषधिले भन्दा बढी रोग प्रतिरोधी काम गर्ने उनको विश्वास छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: