Khabar Dabali १४ बैशाख २०८३ सोमबार | 27th April, 2026 Mon

सांसद बस्नेत परिवारका आठजना कोरोना मुक्त, बल्ल लगाइयो दशैँको टीका

भक्तपुर । विजयादशमीका दिन सबैले आ–आफ्नो परिवारमा निधारमा टीका र शिरमा जमरा लगाउँदै आर्शिवाद लिनमा व्यस्त थिए । तर भक्तपुरको विकासमा अग्रणी भूमिका खेल्दै आएका सङ्घीय सांसद एंव पूर्वमन्त्री महेश बस्नेतको घरमा कुनै चहलपहल थिएन ।

छ महिना अगाडि मात्रै मुटुको ओपन हार्ट सर्जरी गरेपछि घरमा आराम गर्नुभएकी सांसद बस्नेतको ६६ वर्षीया आमासहित परिवारका आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि घर मै आइसोलेसनमा बसेको परिवारमा १५ दिनपछि हिजो मात्र कोरोनाको नेगेटिभ रिपोर्ट आएपछि बल्ल दशैँको रौनक आएको छ ।

मुटुको शल्यक्रिया गरेको आमालाई कोरोना भएपछि निकै चिन्ता लागेको र १५ दिन मै उनले कोरोनालाई परास्त गरेर दशैँको टीकासंगै आर्शिवाद थाप्न पाउँदा खुसी लागेको बताउदै सांसद बस्नेतले भने, “कोरोनालाई परास्त गरेको आमाको हातको टीका लगाउँदा उनले हामीलाई मात्रै हैन, सिङ्गो देशवासीमा कोरोनालाई परास्त गर्ने शक्ति प्राप्त होस् र हाम्रो देश छिट्टै कोरोना मुक्त होस् भनेर आर्शिवाद दिए ।”

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का केन्द्रीय सदस्य समेत रहनुभएका बस्नेतको परिवारका आमा, बहिनी, ज्वाई, भान्जा, भान्जी, सवारी चालकसमेत आठ जनामा कोरोना पोजेटिभ देखिएकोमा १५ दिनको होम आईसोलेसनको बसाईबाटै उहाँहरु सबैको कोरोना रिपोर्ट हिजो नेगेटिभ आएको थियो ।

आमालाई सुरुमा ज्वरो आउने, रुघा लाग्ने, जिउ दुख्ने र खानाको स्वाद हराउने लक्षण देखिएपछि गरेको परीक्षणमा कोरोना सङ्क्रमण देखिएपछि कन्ट्क ट्रेसिङमा परेका सांसद बस्नेत, उनको बुबालगायत परिवारका अन्य सदस्यको भने कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

यसवर्ष परिवार बाहेक टीका थाप्न आउने अन्यलाई नआइदिन आग्रह गरेको बताउदै उहाँले कोरोना कहरबीच यस वर्षको दशैँ तिहार परिवार मै सिमित भएर औपचारिकतामा मात्रै मनाउन आग्रह गरे ।

कोरोनालाई परास्त गर्ने अचुक उपाय आत्मावल नै रहेको आमाबाट पाएको बताउदै उनले कोरोना विरुद्धको भ्याक्सिन सहज रुपमा नआएसम्म हरेक दिन तातोपानी, जिरा, बेसार, अदुवा, तुलसीको पात, गुर्जो जस्ता सामग्री पकाएर पानी पिउन सुझाब समेत दिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending