Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

हुम्लामा एक महिनादेखि टेलिफोन अवरुद्ध

हुम्ला । हुम्लाको तल्लो क्षेत्रमा रहेका चार गाउँपालिकामा एक महिनादेखि टेलिफोनले काम गर्न छाडेको छ । दक्षिणमा रहेका अदानचुली, ताँजाकोट, चंखेली र सर्केगाड गाउँपालिकासहित छिमेकी जिल्ला मुगुको सोरु गाउँपालिकामा समेत टेलिफोनले काम गर्न छाडेको छ ।

नेपाल टेलिकमले हुम्लाका सातै गाउँपालिकामा आफ्नो सेवा विस्तार गरे पनि भौगोलिक विकटताले टेलिकमको टेलिफोन सेवा प्रभावकारी नभएको यहाँका स्थानीयवासीको गुनासो छ । ताँजाकोट गाउँपालिकाको चिहिमा रहेको टावरले कुनै काम नगरेपछि नागरिक सञ्चार सेवाबाट वञ्चित छन् ।

अदानचुली गाउँपालिकाका श्रीनगर र कालिकामा रहेका दुवै टावर गत असोज २० गतेदेखि सञ्चालनमा आउन सकेका छैनन् भने चंखेली गाउँपालिकाको मेल्छाममा भएको टावरले कुनै काम गरेको छैन । लकडाउनका समयमा आवतजावतका लागि सिफारिसलगायत आवश्यक कागजात मिलाएर मात्र आउनुपर्ने भएकाले बीचबाटामा सयौँ मानिसले कुर्नुपरेको छ ।

वर्ड लिंक कम्युनिकेशनले विस्तार गरेको गाउँपालिका र वडा कार्यालयमा रहेको इन्टररनेट सेवाले मात्र केही समस्या समाधान भएको अदानचुली– २ का धर्मराज बोगटीले बताए। बडादशैंका मुखैमा एक महिनादेखि पूर्णरुपमा टेलिफोन नभएपछि सवारी सीमा पास, आपत्कालीन खाद्यान्न ढुवानी पास, आफन्तजनसँग कुराकानीलगायत काम गर्न धेरै दिन कुर्नुपर्ने बाध्यता भएको छ ।

अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले आफूले पटकपटक टेलिकम केन्द्रीय कार्यालयमा गएर मर्मतका लागि ताकेता गरेको र धेरै पटक पत्र पठाए पनि मुगु जिल्लाको सोरुकोटमा ठूलो क्षमताको टावर राख्न लागेकाले सानातिना टावरमा नलाग्ने भनी जवाफ दिएको बताए। सो टावर राख्ने भनिएको तीन वर्ष पूरा हुन लागे पनि यहाँको समस्या उस्तै छ ।

फडेराले भने, “एक महिनादेखि घरमा पनि काम गरेको थिएन, आफ्नो कार्यकक्षमा पनि फोनले काम नगरेपछि हरेक दिन फोन गर्नकै लागि भए पनि अग्लो ठाउँमा सादा वा सामान्य मोबाइल लिएर जानुपथ्र्यो, अहिले त वल्र्डलिंकको इन्टरनेट म्यासेन्जरबाहेक अन्य विकल्प छैन । ”

गत असोज २१ गते टेलिकमकै प्रतिनिधि राम खातीसहितको चार जनाको टोलीले चार दिन लगाएर मर्मत गरे तापनि केही दिनसम्म बिहान २ देखि ४ बजेसम्म मात्र काम गरेको र त्यसपछि गर्न छाडेको स्थानीयवासी बताउँछन् । यस्तै मुगु जिल्लाका सोरुस्थित भिई र सोरुकोटमा रहेका दुई वटै टावर पूर्णरुपमा अवरुद्ध हुँदा सोरु गाउँपालिकाबासी टेलिफोन सेवाबाट वञ्चित भएका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: