चितवन । समग्र देशको तुलनामा चितवनमा कोभिड–१९ सङ्क्रमणका कारण हुने मृत्युदर उच्च पाइएको छ । अन्य जिल्लाबाट उपचारका लागि यहाँ आएर मृत्यु भएकालाई छाड्दासमेत जिल्लाको मृत्युदर १.२८ प्रतिशत पुगेको हो । स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालमा कूल सङ्क्रमित सङ्ख्या एक लाख ११ हजार ८०२ रहेको छ भने मृत्यु ६४५ पुगेको छ । यस हिसाबले नेपालको मृत्युदर ०.५७ प्रतिशत हुन आउँछ तर जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाको मृत्युदर १.२८ प्रतिशत पुगेको छ । जुन समग्र नेपालको मृत्युदरभन्दा दोब्बर बढी हो ।
जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार जिल्लामा कूल सङ्क्रमित सङ्ख्या दुई हजार ७९२ रहेको छ । त्यसमध्ये ३६ जनाको मृत्यु भएको हो । जिल्लामा एक हजार ६७२ जना निको भएका छन् भने एक हजार ११८ जना सक्रिय सङ्क्रमित रहेका छन् । बाहिरी जिल्लाबाट यहाँ उपचार गर्न आउनेसमेत जोड्ने हो भने मृतकको सङ्ख्या ६४ पुगेको छ । मृत्यु भएकामध्ये पनि सबैभन्दा धेरै भरतपुर अस्पतालमा रहेका छन् । भरतपुर अस्पतालमा उपचारार्थ भर्ना भएकामध्ये पाँच प्रतिशतको मृत्यु भएको छ । ८१ प्रतिशत निको भएर डिस्चार्ज भएका छन् भने १४ प्रतिशत उपचाररत रहेका छन् । यस अवधिमा भरतपुर अस्पतालमा उपचार गरिएका ३०१ कोरोना सङ्क्रमितमध्ये १०२ जना चितवनभन्दा बाहिरी जिल्लाका रहेका छन् । चितवनबाहेक १२ जिल्लाका सङ्क्रमित यहाँ उपचार गर्न आउने गरेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारी शुरु शुरुमा अग्रभागमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत युवा वर्गलाई सङ्क्रमण भएको भए पनि पछिल्लो समय पाको उमेरका दीर्घरोगी बढी प्रभावित भएकाले मृत्युदर बढेको बताउछन् । युरोपमा समेत ७५ वर्ष माथिकाको मृत्युदर २५ प्रतिशत भएको भन्दै उनले माथिल्लो उमेर र दीर्घरोगी बढी प्रभावित हुने जानकारी दिए । यो रोगले कसैकसैलाई झुक्याउने गरेको उहाँको भनाइ छ । एकैचोटी निमोनिया भएर अस्पताल आउँदाआउँदै मृत्युसमेत हुने गरेको छ ।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष तथा वरिष्ठ फिजिसियन डा भोजराज अधिकारी होम आइसोलेसनमा रहेका बिरामी अन्तिम अवस्थामा अस्पताल आउँदा मृत्युदर बढेको बताउछन् । उनले भने “ज्वरो, खोकी लागेपछि घरमै बस्नु ठीक हो कि भनेर घरमै बस्ने र अन्तिम अवस्थामा निमोनियासहित अस्पताल आउने धेरै भए ।” उनका अनुसार घरमा आइसोलेसन बस्नेले आफ्नो स्वास्थ्यको खतराको चिह्न पहिचान गर्न नसक्दा जोखिम बढेको छ । घरमा आइसोलेसन बस्नेले ज्वरो, रगतमा अक्सिजनको मात्रा, स्वासप्रस्वासमा भएको समस्या आदिबारे जानकारी लिइरहनुपर्ने र यस्ता सूचक थोरै मात्रै तलमाथि भएमा स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्ने उनले सुझाव दिए ।
पहिलेदेखि मिर्गौलाको डायलासिस गराइरहेका बिरामीले नियमित डायलासिस गराउन नपाउँदा पनि बढी जोखिमा बढेको अधिकारी बताउछन्। यसै जिल्लामा स्वास्थ्य सेवा राम्रो भएका कारण यही सेवा उपभोग गर्नकै लागि बसोबास गर्ने पनि धेरै रहेको उनको भनाइ छ । यातायात, शिक्षा र स्वास्थ्यका हिसाबले उत्कृष्ट जिल्ला भएका कारण चितवन बसोबासको दृष्टिले मानिसको रोजाइमा पर्ने गरेको तर जिल्लामा रोगको प्रकोप पनि बढी हुने गरेको छ । भाइरल ज्वरो, डेङ्गु, स्क्रबटाइफसजस्ता रोगको प्रकोप पनि जिल्लामा बढी हुने गरेको छ । यातायातको सुविधाले मानिसको सहज आउजाउले पनि रोग भित्रिन मद्दत पुग्ने गरेको विज्ञ बताउँछन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: