Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

आफूखुशी व्यवसायीले बढाएको जारको पानीको मुल्य पुरानै कायम

काठमाडौं । आफूखुशी व्यवसायीले पानीको मूल्य बढाएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले व्यवसायीसँग छलफल गरेको छ । सोमबार विभागमा पानी व्यवसायीसँग भएको छलफलपछि बढेको मूल्य फिर्ता गरी तत्काल मूल्यवृद्धि नगर्ने सहमति भएको जनाइएको छ ।

संसदीय समितिमा पानीको मूल्यवृद्धिको विषयमा परेको उजुरीमाथि थप निर्णय नभएसम्म मूल्यवृद्धि नगर्ने सहमित भएको विभागले जनाएको छ । विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार व्यवसायीले बढेको मूल्य तत्काल फिर्ता गरी सार्वजनिक सूचना जारी गर्ने सहमति भएको हो ।

नेपाल वोटल वाटर उद्योग सङ्घले एकतर्फीरुपमा असोज १८ गतेदेखि जारको पानीको मूल्यवृद्धि गर्न परिपत्र गरेको थियो । उनका अनुसार विभागले सङ्घले गरेको परिपत्र भेटेपछि सङ्घका पदाधिकारीसँग संसदीय समितिको निर्देशनपछि थप अध्ययन गर्ने गरी सहमति गरिएको हो । “हामी निरन्तर बजार अनुगमनका नै हुन्छौँ, तत्काल पानीको बोतल तथा जारमा गरिएको मूल्यवृद्धि फिर्ता नभए कारवाही गर्नेछौँ”, उनले भने, “हामीले व्यवसायीलाई नै भनेका छौँ, यदि आजबाट पुरानै मूल्यमा प्रशोधित पानीको बिक्री वितरण नभए तत्काल पक्राउ गरेर कालोबजारी मुद्दा दर्ता गर्छौं ।”

बजारम उद्योगअनुसार पानीको मूल्य कायम भएको भन्दै मूल्यमा एकरुपता ल्याउन भन्दै भदौ १० गतेदेखि काठमाडौँ उपत्यकासहित काभ्रेपलाञ्चोकमा पानीको नयाँ मूल्य निर्धारणको तयारी गरिएको थियो । बजारमा कायम भएकोभन्दा बढी मूल्य निर्धारण भएको भन्दै उपभोक्ता अधिकारकर्मी तथा व्यवसायीले संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिमा उजुरी गरेका थए । समितिमा उजुरी परेपछि पानीको नयाँ मूल्य लागूू गरिएको थिएन भने उजुरीमाथि थप कारवाहीसमेत भएको छैन ।

उपभोक्ता समितिका सभापति विमलप्रसाद श्रीवास्तव पानीको विषयमा समितिले अध्ययन गरीरहेको भन्दै नयाँ लागू भएको मूल्य तत्काल रोकी पुरानै मूल्य कायम गर्नुपर्ने बताए । चार्डपर्वमा बजारमा हुने कालोबजारी तथा अनुचित क्रियाकलापको अनुगमन गर्न पाँच सदस्यीय उपसमिति गठन गरिएको समेत उनले जानकारी दिए ।

विभागले बोतलको पानी र जारको पानीको छुट्टाछुट्टै मूल्य निर्धारण गरेको थियो । विभागले निर्धारण गरेको नयाँ मूल्यअनुसार ६० लिटर पानी भएको जारको अधिकतम खुद्रा मूल्य रु ५० र एक लिटर पानी भएको बोतलको मूल्य रु १६ कायम गरेको थियो । नयाँ निर्धारणअनुसार व्यवसायीले १८ गतेदेखि एक जार पानीको मूल्य रु ५० मा बिक्री गरेका थिए । १८ गतेअघिसम्म प्रतिजार रु २५ देखि ५० मा बिक्री गर्ने गरीएको थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending