काठमाडौं । सरकारले राजमार्गका अस्पतालमा ट्रमा युनिट स्थापनाका लागि तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुर्घटनामा परेका घाइतेको उपचारका लागि राजमार्गका १० अस्पतालमा ट्रमा युनिट बनाउने गरी हरेक युनिटलाई रु ५० लाखका दरले पाँच करोड बजेटसमेत विनियोजन गरिपठाइसकेको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सरकारले सात प्रदेशका १४ अस्पतालबाट गरीब तथा विपन्न वर्गलाई आकस्मिक सेवा पनि उपलब्ध गराउन थालेको जानकारी दिए । ती अस्पतालमा रु एक करोडका दरले रु १४ करोड हस्तान्तरण गरिसकिएको जनाइएको छ ।
अकालमा हुने निधन कम गर्न पूर्व अस्पताल सेवासहितको एकीकृत एम्बुलेन्स सेवासमेत कार्यान्वयन गरिएको छ । कोशी नारायणी र भरतपुर अस्पताल तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रु नौ करोडको दरले आकस्मिक कक्ष निर्माणका लागि रु ३६ करोड रुपियाँ पठाइसकेको छ ।
स्वास्थ्य सेवाका गुणस्तर वृद्धि गर्न सबै अस्पतालमा न्यूनतम सेवा मापदण्ड पु¥याउन सबै प्रदेशमा अभिमुखीकरण तालीम दिइसकेको छ । सबै सङ्घीय अस्पतालमा मापदण्डअनुसारको सेवा भए नभएको अनुगमन गरिने भएको छ ।
स्वास्थ्यमा सर्वव्यापी पहुँच सुनिश्चित गर्ने उद्देश्यले स्वास्थ्य प्रणालीमा व्यापक सुधार गर्नका लागि रोग नियन्त्रण केन्द्र स्थापनाको प्रक्रियासमेत अगाडि बढाइएको डा गौतमले बताए । रोगको अध्ययनअनुसन्धान, निगरानी, रोकथाम, नियन्त्रण, उन्मूलन तथा नियमन प्रभावकारी रुपमा कार्यान्वयन गर्न रोग नियन्त्रण केन्द्र नेपाल स्थापनाका लागि मन्त्रिपरिषद् बैठकले स्वीकृति दिइसकेको छ । उनले विधेयक तयार गरी चाँडै केन्द्र स्थापना गरिने बताए ।
स्वास्थ्य संस्थाको गुणस्तरमा सुधार गर्ने उद्देश्यले स्वास्थ्य संस्थाको वर्गीकरण, प्रमाणीकरण र प्रत्यायन गर्न नेपाल स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापनाका लागि अवधारणापत्रसमेत तयारी गरिसकिएको छ ।
औषधि, औजार र उपकरण, प्रविधिजन्य स्वास्थ्य सामग्री, प्रयोगशाला सामग्री, खाद्यान्न, सौन्दर्य सामग्रीको प्रभावकारी नियमन गर्न खाद्य तथा औषधि प्रशासन स्थापनाका लागि अवधारणापत्र तयार पारिएको छ ।
उनले सबै अस्पतालको सङ्गठन तथा व्यवस्थापन सर्भेको प्रारम्भिक कार्य गरिएको जानकरी दिए। उनका अनुसार पाँच, १० र १५ शय्याका आधारभूत अस्पताल, २५ र ५० शय्याका जिल्ला तथा प्रादेशिक अस्पताल, २०० शय्याका प्रादेशिक जनरल अस्पताल र सङ्घअन्तर्गतका अस्पतालको सङ्गठन तथा व्यवस्थापन सर्भे सकिएको छ ।
उनका अनुसार अब सबै अस्पतालमा वैज्ञानिक रुपमा पद सिर्जना गरी परिपूर्ति गरिने छ । यसै आर्थिक वर्षमा ३४६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि रु ६ अर्ब चार करोड विनियोजन गरी पठाइसकेको छ ।
यस्तै ५२ जिल्लाका साविकका जिल्ला अस्पताललाई ५० शय्या बनाउनका लागि प्रतिशय्या रुएक लाखका दरले ८६५ शय्याका लागि रु आठ करोड ६६ लाख विनियोजन भइसकेको उहाँले बताए। यस्तै साविकका अञ्चल र उपक्षेत्रीय अस्पताललाई २०० शय्या बनाउनका लागि ११ अस्पतालमा एक हजार ३५ शय्या थप गर्न रु १० करोड ३५ लाखसमेत पठाइसकिएको जनाइएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: