काठमाडौं। ब्लड क्यान्सर पीडित शिवराम कुँईकेललाई स्वर्गद्वारी छात्रपरिषद्ले दुई लाख एकचालीस हजार सात सय चौरासी रुपैँया (२,४१,७८४।-) आर्थिक सहयोग गरेको छ । आईतबार छात्रपरिषद्ले नुवाकोटका क्यान्सर पीडित शिवरामलाई उनको डेरामा पुगेर उक्त रकम हस्तान्तरण गरेको हो ।
स्वर्गद्वारी छात्रपरिषद्को संयोजनमा आफ्ना सदस्य, श्रध्दालु भक्तजन, सहयोगी दाता लगायतबाट करिब एक महिनाको अन्तरालमा उक्त रकम सङ्कलन गरिएको परिषद्का अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी गराएका थिए । संस्थाका सह(कोषाध्यक्ष वासुदेव गौतमका अनुसार एक लाख चारहजार छ सय सतहत्तर नेपालबाट र विदेश विभाग प्रमुख मनोहर धिताल मार्फत् अमेरिकाबाट एक लाख सैँतीस हजार एक सय सात रुपैँया जम्मा गरिएको थियो ।
हाल देवघाटस्थित गलेश्वर आश्रमद्वारा सञ्चालित वेदवेदाङ्ग संस्कृत गुरुकुलमा अध्ययनरत शिवरामलाई उपचार खर्च महङ्गो र अभाव रहेको सञ्चार माध्यमबाट थाहा पाएपछि परिषद्ले संयोजन गरी उक्त रकम सङ्कलन गरेको संस्थाका अध्यक्ष शिवप्रसाद घिमिरेले बताए । यस अभियानले सहयोगको हात फैलाउने माहोल सिर्जना भएको देखिन्छ । संस्कृत क्षेत्रका गुरुकुलहरुमा अध्ययनरत वा कार्यरत जो कोहीलाई यसरी सहयोग जुट्नु कठीन थियो तर धेरैतिरबाट यसपटक सार्थक अभियान चलेको र बिरामीका लागि पैसा उठाइएको छ, यसले बिरामी तथा उनका परिवारजनमा थप हौसला मिलेको छ ।
पौरस्त्य वाङ्मय तथा वैदिक सनातन संस्कार संस्कृतिको संरक्षणमा क्रियाशील स्वर्गद्वारी छात्र परिषद्ले यही संस्कृत क्षेत्रमा अध्ययनरत बिरामीको स्वाभाविक जीवनयापनमा आर्थिक समस्याले अवरोध नगरोस् भन्ने उद्देश्यले सहयोगको कदम चालिएको घिमिरेले बताए ।
रुकम हस्तान्तरण कार्यक्रममा बिरामीको शीघ्रस्वास्थ्यलाभको कामना गर्दै समस्त देश तथा विदेशमा रहेर सहयोग उपलब्ध गराउनुहुने व्यक्तिहरुप्रति धन्यवाद व्यक्त गरिएको थियो ।
सहयोग रकम संस्थाका अध्यक्ष घिमिरेसँगै उपाध्यक्ष कमल गौतम र सहकोषाध्यक्ष वासुदेव गौतमसँगै अन्यपदाधिकारीबाट हस्तान्तरण गरिएको थियो ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: