तनहुँ । तनहुँको सदरमुकाम दमौलीस्थित जिल्ला कारागारमा १५ श्ययाको आइसोलेशन कक्ष निर्माण गरिएको छ । कारागारको पुरानो भवनमा आइसोलेसन कक्ष निर्माण गरिएको कारागार प्रशासनले जनाएको छ ।
कैदीबन्दीमा कोरोना भइहालेमा बाहिर लगेर राख्दा भाग्न सक्ने खतरा रहेकाले कारागारभित्रै आइसोलेसन निर्माण गरिएको कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिए । पुरानो भवनको दुई कोठालाई हालै आइसोलेसन निर्माण गरिएको छ । उनले भने, “आइसोलेसन निर्माणपश्चात सुरक्षाका दृष्टिले पनि सहज भएको छ ।”
पच्चीस जना क्षमताको सो कारागारमा हाल १३२ कैदी र ६४ जना थुनुवा गरी १९६ कैदीबन्दी रहेका छन् । कारागार परिसरमा तीन भवन निर्माणपछि कैदीबन्दीलाई सजिलो भएको छ । ठाउँको अभावमा चिसो भूइँमा सुत्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।
पुरानो भवनमा १०७ जना र अन्यलाई नयाँ भवनमा स्थानान्तरण गरिएपछि कैदीबन्दीलाई अहिले खाना बस्न, सुत्न र शौचालय प्रयोगमा सहज भएको छ । कारागार परिसरमा निर्माण गरिएको कार्यालय भवन, सुरक्षा ब्यारेक र बन्दीगृह गरी तीन वटा भवन भ्याटबाहेक रु छ करोड ४४ लाखको लागतमा नयाँ भवन निर्माण गरिएको हो ।
नयाँ भवन निर्माणपछि ८० जनाभन्दा बढी कैदीबन्दी राख्न सकिने क्षमताको बन्दीगृह रहेको कारागारका सूचना अधिकारीले जानकारी दिए । पछिल्लो समय जिल्ला अदालतबाट फैसला भई विभिन्न मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरी कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेकालाई कारागार पठाउन थालेपछि कैदीबन्दीको सङ्ख्या बढेको हो ।
कारागारमा रहेका कैदीबन्दीमध्ये अधिकांशले मुढा बुनेर मासिक सात हजारदेखि १० हजार रुपैयाँसम्म कमाउने गरेका छन् । बन्दाबन्दीका कारण मुढा बुन्न प्रयोग गरिने सामग्री ढुवानी हुन नसक्दा उनीहरुले मुढा बुन्न पाएका थिएनन् ।
कारागार भवनमा पुस्तकालय, भान्छाघर, डाइनिङ हल, सोलारको उज्यालो, एक गोल घर, चिसो तातो पानीले नुहाउने व्यवस्था, तीन सुरक्षा पोष्टलगायतका व्यवस्था रहेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ भवन गोरखाद्वारा भवन निर्माण गरिएको हो ।
कारागारमा रहेका कैदीबन्दीमध्ये केही दिन अघि पाँच जनामा ज्वरो आउँदा कोभिड–१९ शङ्का लागि परीक्षण गर्दा नेगेटिभ आएलगत्तै त्यसपछि सर्तकता अपनाइएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए ।
जिल्ला कारागार प्रशासनले निर्माण सम्पन्न नयाँ भवनको दुई कोठालाई क्वारेन्टिन निर्माण गरेको छ । दैनिक नयाँ कैदीबन्दी थपिँदै जान थालेपछि सुरक्षालाई विचार गरी क्वारेन्टिन निर्माण भएको हो । नयाँ आएका कैदीबन्दीलाई १४ दिन क्वारेन्टिनमा राखेर मात्रै प्रवेश गराउन थालिएको सूचना अधिकारीले बताए । हाल उक्त क्वारेन्टिनमा आठ जना कैदीबन्दी रहेका छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: