Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

राहुल र प्रियंका गान्धी गिरफ्तार, राहुलको प्रश्न : यो देशमा मोदी बाहेक कोही हिड्न नपाउने हो ?

नोइडा । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका दुई शिर्ष नेता बिहीबार गिरफ्तारीमा परेका छन् । पार्टीका निवर्तमान अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धीलाई प्रहरीले यमुना द्रतमार्ग नजिकैबाट बिहीबार दिउसो गिरफ्तार गरेको हो ।

गत सेप्टेम्बर २९ तारिखका दिन सामुहिक बलात्कारपछि हत्या गरिएकीको घर रहेको हथ्रासतर्फ गइरहेका बेला उनीहरुलाई गिरफ्तार गरिएको समाचारमा जनाइएको छ । उनीहरुलाई उत्तर प्रदेशको प्रहरीले नियन्त्रणमा लिएर गिरफ्तार गरेको अधिकारीहरुले जानकारी दिएका छन् । गान्धीद्धयसँगै अन्य केही नेताहरुलाई पनि गौतम बुद्ध नगरबाट गिरफ्तार गरेको हो ।

काँग्रेस कार्यकर्ताहरुका अनुसार दिल्ली नोइडा राजमार्गमा र्याली गरेर हथ्रासतर्फ गइरहेका बेला उनीहरुलाई प्रहरीले अवरोध गरेको थियो ।प्रहरीले अवरोध गरेर गिरफ्तार गरेपछि उनले आक्रोशित हुदै प्रश्न गरे, “के यो मुलुकमा मोदीजी मात्रै हिड्न पाउने व्यवस्था छ र ?” उनले भारतमा सामान्य मान्छेहरु हिड्न पनि नपाएको भन्दै आक्रोश व्यक्त गरे ।

नेता गान्धीले आफूलाई प्रहरीले जवरजस्ती समातेर लाठी चार्ज गरेको, भुइमा लडाएको र धकेलेको आरोप पनि लगाएका छन् । उनले आफ्ना सवारी साधनहरु रोकिएकाले आफुहरु हिडेको भन्दै प्रहरीलाई आफूलाई हिड्न दिन आग्रह गरेका थिए।

“म एक्लै हथ्रास तर्फ हिडेर जान चाहन्छु, कृपया मलाई हिड्न दिनुस्, मलाई नरोक्नुस्, मलाई तपाईहरुले किन गिरफ्तार गर्दै हुनुहुन्छ ?,” उनले भनेका थिए । उनको त्यो प्रश्नपछि प्रहरीहरुले उत्तर दिदै भनेका थिए, “ सरकारले जारी गरेको आदेश पालना नगरेकाले हामीले तपाईलाई आइपिसीको १८८ अनुसार गिरफ्तार गर्दैछौँ ।”

नोइडाको अतिरिक्त नायव प्रहरी आयुक्त रणविजय सिंहले कोरोनाभाइरसको महामारीका कारण सरकारले महामारी ऐन अनुसारको आदेशहरु जारी गरेको र त्यसलाई उहाँहरुले उलंघन गरेको बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending