Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

धान खेती छाडेर कागती खेतितर्फ आकर्षित किसान

कावासोती । धान खेतीभन्दा राम्रो आम्दानी हुने भएपछि यहाँका किसान व्यावसायिक कागती खेतीतर्फ आकर्षित भएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपुरको मध्यविन्दु नगरपालिकाका किसान अहिले कागती खेतीतर्फ लागेका हुन् । यसमा धानखेतीभन्दा राम्रो आम्दानी हुने र श्रम पनि कम लाग्ने तिनको भनाइ छ ।

गत वर्षसम्मको धानखेतमा अहिले आफूले कागती लगाएको मध्यविन्दु नगरपालिका –१५, भिउरानकी सीता भट्टराईले बताए । ‘धानखेती गर्दा लाग्ने समय र मेहनतभन्दा कागती खेतीमा कम समय र मेहनतमा नै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने भएपछि अहिले १२ कठ्ठा जग्गामा कागती खेती शुरु गरेको छु’ , भट्टराईले भने ।
कागती खेती शुरु गर्दा शुरुमा उनले रु एक लाख ५० हजार लगानी गरे । समयसमयमा गोडमेल र मल हालेपछि कागती खेतीमा खासै मेहनत गर्न नपर्ने र एक पटक लगानी गरेपछि पटकपटक धेरै लगानी गर्न नपर्ने हुँदा आम्दानी धेरै हुने उनले बताए ।
कागती उत्पादनपछि बजारको अहिलेसम्म कुनै समस्या नभएको मध्यविन्दुका दुर्गा पाण्डेले बताए । ‘बजारको पनि अहिलेसम्म कुनै समस्या भएको छैन, व्यापारी बगैंँचामा आएरै लान्छन्’, पाण्डेले भने, ‘स्थानीय बजारमा समेत बिक्री हुन्छ ।’ नवलपुरको कावासोती, नारायणगढ, बुटवल, पोखरा,काठमाडौँ लगायत शहरमा उत्पादन भएका कागती निर्यात हुने गरेको पाण्डेले बताए ।

मध्यविन्दु नगरपालिकासँगै नवलपुरका अन्य स्थानीय तहमा समेत अहिले किसान कागती खेतीतर्फ आकर्षित हुन थालेका छन् । एक पटक लगानी गरेपछि कम मेहनतमा व्यवस्थापन राम्रो गर्ने हो भने २० देखि ३० वर्षसम्म आम्दानी लिन सकिने भएपछि किसान यसतर्फ आकर्षित हुन थालेको प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना कार्यान्वयन एकाइ नवलपुरका प्रमुख विष्णुप्रसाद शर्माले बताए ।

जिल्लामा सुन्तला जात फलफूल जोन कार्यक्रमसमेत सञ्चालनमा छ । सो कार्यक्रमबाट मात्रै यस वर्ष १५ हजार कागतीका बिरुवा ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ । गत वर्ष पनि यही सङ्ख्याका हाराहारीमा कागतीको बिरुवा वितरण गरिएको प्रमुख शर्माले बताए । सो कार्यक्रममार्फत यहाँ बुलिङ्टार, बौदिकाली, गैँडाकोट, हुप्सेकोट र मध्यविन्दुमा जोन कार्यक्रम सञ्चालित छ । यहाँ तल्लो भेगमा सुनकागती १, २ र पहाडमा तेह्रथुम स्थानीय जातको कागती लगाउने गरिएको छ । जिल्लामा करीब दुई सय हेक्टर क्षेत्रफलमा व्यावसायिक कागती खेती हुने गरेको प्रमुख शर्माले बताए । एक बोटबाट मात्रै एक याममा रु पाँच हजारसम्म आम्दानी लिन सकिने जनाइएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending