Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

बागलुङ बजारबाट नाङ्गा र गुजुल्टा तार हट्दै

बागलुङ । बागलुङ बजार अब नाङ्गो ताररहित हुने भएको छ । उच्च अदालत पोखराले दिएको आदेशको दुई वर्षपछि मात्र बागलुङ बजारमा केबुलीकरण भएको हो । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले बजारभित्रका सबै टोलमा नाङ्गो तार हटाउने अभियानलाई पूर्णता दिन लागेको हो । अघिल्लो वर्ष करेन्ट लागेर मृत्यु भएका धेरै घटना बढेपछि प्राधिकरणलाई अदालतले आदेश जारी गरेको थियो । आदेशको पहिलो वर्ष केही स्थानमा केबुलीकरण गरेको प्राधिकरणले यो वर्ष भने बजार क्षेत्रमा पूरै केबुलीकरण गराएको प्राधिकरण बागलुङ बितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले बताए ।

तत्कालीन मुख्य न्यायाधीश शेषराज शिवाकोटी र न्यायाधीश हरिप्रसाद पौडेलको संयुक्त इजलासले प्राधिकरणलाई चार महिनाभित्र नाङ्गो तार हटाउन आदेश दिएको थियो । थोत्रा पोल फेरेर नयाँ पोल गाँड्न र सर्वसाधारणको ज्यानको जोखिम हुने काम नगर्नसमेत जारी भएको परमादेशको पूर्ण पालना हुन दुई वर्ष लागेको हो । अघिल्लो वर्ष चार जना र गत वर्ष पनि दुई जनाको करेन्ट लागेर मृत्यु भएको थियो । पटकपटकको आग्रह बेवास्ता भएको भन्दै बागलुङ नगरपालिका–१ का टेकबहादुर सार्कीले दायर गरेको रिटमा अदालतले आदेश जारी गरेको थियो ।

उक्त निवेदनका पक्षमा अधिवक्ता बद्रीप्रसाद शर्मा र विपक्षी प्राधिकरणको तर्फबाट अधिवक्ता रामप्रसाद कर्माचार्य र कुवेरनाथ पोखरेलले बहस गरेका थिए । प्राधिकरणको बागलुङ वितरण केन्द्रबाट प्रसारण गरिएको ३३ केभीए र ११ केभीए प्रसारण गरिएको हाइटेन्सन लाइनबाट विद्युत् चुहावट भई दुर्घटना बढेको भेटिएपछि सोअनुसार सुधार गर्न आग्रह गरिएको थियो । बागलुङ बजारमा दुई वर्ष लगाएर नेपाल टेलिकमले पनि तार हटाएको छ । दुई हजार ४०० फाइबरमार्फत एडिएसएल लाइन र टेलिफोन लाइन विस्थापित गरेपछि पोलमा गुजुल्टा परेका तार हटाएको हो । प्राधिकरण र टेलिकमले तारमा रहेका गुजुल्टा फाल्ने काम गराइरहेका छन् ।

अब बागलुङ बजारमा निजी संस्थाले टाँगेका तार मात्रै बाँकी छन् । “निजी केबल कम्पनीका तारले अब बजारको कुरुप बनाएको छ, सरकारी तार बाँकी छैनन्”, नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले भने, “सडक नजिकै रहेका पोल पनि अब हट्नेछन् ।” सडक मापदण्ड बढेअनुसार दुवै कार्यालयले खम्बासमेत टाढा पुर्याएका छन् । होचा र नजिकै रहेका खम्बा हटाएर सडक चौडा पार्ने काममा पनि उनीहरुले साथ दिएका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies