Khabar Dabali २८ माघ २०८२ मंगलवार | 10th February, 2026 Tue
Investment bank

सीप सिक्दै आत्मनिर्भर बन्दै युवाहरु

पोखरा । छ महिनाअघि न्युजिल्यान्ड जान ठिक्क परेकी पोखरा महानगरपालिका–११, काँहुकी २२ वर्षीया आस्मी नेपाली यतिबेला पोखरा–५ मालेपाटनस्थित विन्स क्याफेमा कफीमा विभिन्न चित्राकृति सजाउँदै छिन् । कोरोना भाइरसको महामारीका कारण विदेश जाने योजना रोकिएपछि एक महिना वरिष्ता तालीम लिएर सीपयुक्त बनेकी नेपालीको दैनिकी पारखीहरुलाई कफी तयार गर्दै बित्छ । आफूले नसोचेको व्यावसायिक यात्रा अघि बढेपछि उनी दङ्ग छिन् ।

व्यवस्थापनमा स्नातक तेस्रो वर्ष अध्ययरत नेपालीले बन्दाबन्दीको समयमा पोखराको सभागृहस्थित म्याप इन्टरनेसनलमा सिकेको सीपले यो व्यवसायको ढोका खोलिदिएको हो । यही तालीम आफूलाई वरदान साबित भएको बताउने नेपाली भन्छिन्, “व्यवसाय गर्छु भन्ने सोचेको थिइनँ, अझ यो समयमा त झन् के सम्भव देख्नु र ? तालीमपछि मेरो सोच बदलियो, आत्मबल बढ्यो र व्यवसाय थालेँ ।” “विदेश जाने योजना रोकिएपछि तालीम सिकेँ र एक दिन भाइ सबिनसँग व्यवसाय गर्ने सोच सुनाएँ । भाइ सकारात्मक भयो र हामीले ममीसँग कुरा गयौँ । उनको पनि साथ पाएपछि त ऊर्जा मिल्यो ।”

पोखरा महानगरपालिका–५ मा विन्स क्याफे एन्ड फास्ट फुड सञ्चालनमा ल्याएकी नेपालीले सानो ठाउँ भए पनि मासिक रु १८ हजार भाडा तिरेर रु २० लाखको लगानीमा व्यवसाय सञ्चालन गरेको बताइन । “एक महिनामात्र भयो, दुईजना स्टाफ छन्, दैनिक रु ६ हजारदेखि १५ हजारसम्म व्यापार भएको छ । अहिले उनी विदेश जानुभन्दा सीप सिकेर स्वदेशमै केही गर्न सबैलाई सुझाब दिन्छिन् ।

लेकसाइडस्थित होटल स्विस इन्टरनेसनलमा कार्यरत पोखरा–१७ विरौटाका २१ वर्षीय युवा पवन बोगटी पनि प्राविधिक शिक्षाले रोजगारमा जोडिएको अनुभव सुनाउछन् । “मैले २०७२ सालमा एसएलसी दिएपछि प्राविधिक विषय रोजेँ, पोखरा पर्यटकीय शहर भएकाले यस क्षेत्रमा सम्भावना देखेर पोखरा प्राविधिक शिक्षालयबाट तीनवर्षे होटल म्यानेजमेन्ट विषय अध्ययन गरेको हुँ, लगत्तै रोजगार पाइहालेँ सन्तुष्ट छु, मलाई विदेश जाने मोह जागेको छैन ।”

बोगटीले आजका युवाको सोच नै विदेश हुने र स्वदेशमा केही सम्भावना नदेख्ने गर्दा प्रतिभा पलायन भएको बताए । “परिवारबाट छुटिएर लाखौँ रुपैयाँ खर्च गरेर खाडीमा आठ–दश घण्टा घोटिएरभन्दा आफ्नै मुलुकमा परिवारको साथ मीठो मसिनो खाएर श्रम गर्नु धेरै जाती”, बोगटी भन्छन्, “विदेशमा गएर कमाउने जति पैसा स्वदेशमै कमाउन सकिने भएकाले हातमा सीप भए जागिरका लागि भौँतारिनु पर्दैन ।” विदेश जानै पर्ने भए पनि सीप सिकेरमात्र जान उनको सुझाव छ ।

यसैगरी स्वदेशमै आत्मनिर्भर भएका अर्का युवा हुनुहुन्छ, खुशीराम चौधरी । कञ्चनपुर हरपालका २५ वर्षीय चौधरी २०७१ सालमा होटल म्यानेजमेन्ट पढ्न पोखरा आए । पोखरा प्राविधिक शिक्षालयमा तीनवर्षे कोर्ष पूरा गरेसँगै उनी रोजगारमा जोडिए । हाल पोखरा लामागाउँमा रहेको हिमालयन फ्रन्ट रिसोर्टमा काम गर्छन् । प्राविधिक शिक्षाले रोजगार पाइहालेको अनुभवसँगै चौधरी अन्य युवालाई पनि प्राविधिक शिक्षा लिन सुझाब दिन्छन् । कोभिड –१९ को प्रभाव पर्यटन क्षेत्रमा देखिएकामा चिन्तित चौधरी अब आन्तरिक र बाह्य उडान तथा सडक यातायात सञ्चालनपछि पर्यटन गतिविधि बढ्नेमा आशावादी छन् । उनले सरकारले पनि युवा स्वरोजगार कार्यक्रममार्फत विभिन्न तालीमदेखि न्यूनतम शुल्कमा कर्जा लगानी गरिरहेको भन्दै यसमा युवाहरु लाग्नसके समृद्धि हासिल गर्न सकिने तर्क गरे ।

शिक्षालयले प्राविधिक र व्यावसायिक शिक्षा आर्जन गर्न चाहने निम्न आय भएका जेहेन्दार विद्यार्थीका लागि सहुलियत शुल्क, पूर्ण शुल्क र प्रायोजित शुल्क गरेरसमेत आरक्षण कोटा छुट्याएको छ ।

सन् २००५ देखि सिटिइभिटीअन्तर्गत कान्तिपुर होटल टे«निङ इन्ष्टिच्युट सञ्चालन गर्दै आएका विजय पौडेलले करीब २६ हजारले होटल म्यानेजमेन्ट तालीम लिएको बताए । तीमध्ये ३० प्रतिशत विदेशमा र १५ प्रतिशत स्वदेशमा रोजगार छन् भने २० प्रतिशत स्वरोजगारमा । कोभिड–१९ पछि विदेशबाट आएका युवाहरु पनि तालीमप्रति चासो राख्दै बुझेका र केही तालीम लिन आएका उनले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE