Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

स्याङ्जाका सामुदायिक विधालयले टोलटोलमा पुगेर विधार्थी पढाउँदै

स्याङ्जा । स्याङ्जाको वालिङका सामुदायिक विद्यालयले टोलटोलमा पुगेर विद्यार्थीलाई पढाउन शुरु गरेका छन् । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को जोखिमका कारण प्रभावित बनेको अध्यापन कार्यलाई निरन्तरता दिनका लागि विद्यालयले टोलटोलमै शिक्षकलाई खटाएर पढाउन शुरु गरेका हुन् ।

वालिङ नगरपालिकाभित्र रहेका ७३ सामुदायिक विद्यालय र १५ संस्थागत विद्यालयका प्रधानाध्यापकसँग छलफल गरी सिकाइ सहजीकरण गर्न अनुरोध गरिएअनुसार विद्यालयले टोल–टोल विभाजन गरेर सिकाइ क्रियाकलाप अगाडि बढाएका नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले बताए ।

विद्यालयलाई विभिन्न पाँच वटा सिकाइका विधि तथा विकल्प दियौं र सोही विकल्पमध्ये आफ्नाआफ्ना विद्यार्थीलाई अनुकूल हुने विकल्पको प्रयोग गरी शिक्षण सिकाइ क्रियाकलाप अगाडि बढाउन निर्देशन दिइएको शाखा प्रमुख सापकोटाले बताए ।

स्याङ्जा जिल्लाकै नमूनाका रुपमा रहेको वालिङ–१० स्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयले १२ वटा टोलमा १४ सिकाइ केन्द्रमार्फत शिक्षण सिकाइ क्रियाकलाप गराउँदै आएको विद्यालयका प्रधानाध्यापक परशुराम लम्सालले बताए ।

“यस विद्यालयमा अध्ययनका लागि आउने विभिन्न टोलका विद्यार्थीलाई पायकपर्ने गरी टोल विभाजन गरेर पढाउँदै आएका छौंँ”, प्रअ लम्सालले भने “सिकाइ केन्द्रमा सबै विषयसँग सम्बन्धित शिक्षकलाई आलोपालो गर्दै पठाउने गरिएको छ ।” विद्यालयले बाल विकास केन्द्रदेखि कक्षा १२ सम्मका विद्यार्थीलाई सामाजिक दूरी कायम गराएर असोजको पहिलो साताबाट पढाउन शुरु गरेको हो । कोभिड–१९ को जोखिमका कारण विद्यार्थीलाई विद्यालयमा बोलाएर पढाउन सकिने अवस्था नभएकाले प्राप्त निर्देशिका अनुसार अगाडि बढिएको प्रअ लम्सालले बताए ।

वालिङ खहरेस्थित रणवीर जनहित माध्यमिक विद्यालयले पनि टोल टोलमा पढाउन शुरु गरेको छ । विद्यालयले विभिन्न नौ वटा टोल विभाजन गरी विषयगत शिक्षकको तालिका बनाइ शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरेको विद्यालयका प्रअ लक्ष्मीप्रसाद रेग्मीले बताए । अनलाइन शिक्षण सिकाइ क्रियाकलाप भन्दा टोल–टोलमा बनाइएको सिकाइ केन्द्रमा शिक्षक विद्यार्थी उपस्थित भएर गरिएको अध्यापन कार्य बढी प्रभावकारी हुने गरेको प्रअ रेग्मीको अनुभव छ ।

टोलटोलमा पुगेका शिक्षकले कोभिड–१९ ले पारेको सङ्कटका बेला मनोसामाजिक परामर्श दिने, लेखन सीपसम्बन्धी कला, नियमित हात धुने बानीको विकास र आवश्यक सरसफाइसम्बन्धी जानकारी गराउने गरेका छन् । जिल्ला प्रशासन कार्यालयले सामुदायिक तथा संस्थागत विद्यालय सुचारु नगर्न नगराउन निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७’ अनुसार सञ्चालन गर्न निर्देशन दिएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending