बलेवा । आज विश्व पर्यटन दिवस । परिस्थिति सहज हुँदो हो त पर्यटन क्षेत्रका सरोकारवालाको भीडभाड लाग्थ्यो । धेरै औपचारिक कार्यक्रम हुन्थे, योजना सुनाउने र बनाउने काम हुन्थे । कोभिड–१९ को त्रासदी हटेको छैन् । प्रविधिको प्रयोगमार्फत् हुने कार्यक्रमबाहेक बागलुङमा कुनै पनि कार्यक्रम भएनन् ।
पर्यटनका हिसाबले भरपुर सम्भावना बोकेको जिल्ला हो बागलुङ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० बाट आशा राखिएको थियो । महामारीले त्यसो हुन सकेन । विश्व पर्यटन दिवसका अवसरमा यहाँका पर्यटनसँग सम्बन्धित कोही कसैले औपचारिक कार्यक्रम गरेनन् । पत्रकारको साझा संस्था पत्रकार महासङ्घले भने प्रविधिकै प्रयोग गरेर भए पनि संसारलाई जोड्ने प्रयास गर्यो ।
महासङ्घको सभाहल । अग्रपङ्क्तिमा बस्नुभयो प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि र सरकारी कार्यालयका प्रमुख । उनीहरु बाहेक पछिल्लो पङ्क्तिमा केही पत्रकार मात्रै । सामाजिक दूरी कायम गर्दै व्यवस्थापन गरिएको बसाइ । न कुनै औपचारिक भाषण न त आसन ग्रहणको व्यवस्था । पर्यटनमा कोरोना महामारीले पारेको प्रभाव र त्यसबाट उठ्नका लागि आफैले प्रयास गर्नुपर्छ भनेर महासङ्घले एउटै मञ्चमा एउटै व्यक्तिबाट ५० देशका राष्ट्रियगान गुञ्जियो ।
नेपाल चिनाउन विश्व यात्राको अभियान थालेका गायक रामजी नेपालीले ५० देशका राष्ट्रिय गान गाए । त्यहाँ गाइएका सबै गीतको सामाजिक सञ्जाल तथा स्थानीय सञ्चार माध्यममार्फत प्रत्यक्ष प्रसारण भैरहेको थियो । “हामीले नगरे कस्ले गर्छ, पत्रकारले सिर्जनात्मक सन्देश जाने काम पनि गर्नुपर्छ”, महासङ्घका अध्यक्ष दिल शिरीषले भने, “ पर्यटन दिवसमा नयाँ ऊर्जा ल्याउनका लागि गरिएको प्रयास हो ।”
विभिन्न २५ देशका राष्ट्रगान गाउँदै सन् २०१५ देखि विश्व यात्रामा निस्कएका नेपालीले विश्व पर्यटन दिवसका अवसरमा ५० देशका राष्ट्रगान गाए । उनले गाउँदा हर्षित मुद्रामा सबैले प्रशंसा गरे । नेपालीले ‘विश्व बन्धुत्व, सांस्कृतिक पर्यटन र सद्भावना’ को सन्देशसहित थालेको विश्व यात्रामा साथ दिन र पर्यटनमा ऊर्जा सिर्जना गर्न एउटै मञ्चमा ५० देशका राष्ट्रगान गुञ्जाईएको महासङ्घका सचिव राम थापा ‘अविरल’ ले बताए ।“यो अद्भूत क्षमताले हाम्रो पहिचान बनाउँछ, आजको प्रयासले हाम्रो समृद्धिमा सहयोग गर्छ”, बागलुङ नगर प्रमुख जनकराज पौडेलले भने, “प्रयास साना हुन्छन् तर त्यसको प्रभावको हामीले मूल्याङ्कन गर्न सक्नुपर्छ ।” झण्डै छ महिनाको अन्तरमा भएको एउटा उत्साहवद्र्धक औपचारिक कार्यक्रमले जिल्लाको पर्यटन क्षेत्रमा सहयोग गर्ने महासङ्घका पूर्वअध्यक्ष रामबहादुर जिसीले बताए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: