Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

सामुदायिक विद्यालयले टोल–टोलमै पुगेर विद्यार्थी पढाउँदै

दमौली । तनहुँका विभिन्न ठाउँका सामुदायिक विद्यालयले टोल–टोलमै पुगेर विद्यार्थी पढाउन थालेका छन् । कोभिड–१९ का कारण विद्यालय बन्द रहेको अवस्थामा सिकाई सहजीकरण गर्न विद्यालयले टोलमै पुगेर विद्यार्थी पढाउन थालेका हुन् ।

शुक्लागण्डकी नगरपालिका–९ स्थित तालवेशी माध्यमिक विद्यालयले टोल–टोलमा पुगेर विद्यार्थी पढाउन सिकाई केन्द्र स्थापना गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी सिकाई सहजीकरण निर्देशिका अनुसार विद्यार्थीमा पठनपाठनप्रति उत्प्रेरणा जगाउन निर्देशन दिएसँगै विद्यालयले वडाभित्रका विभिन्न टोलमा सिकाई केन्द्र स्थापना गरेको हो ।

वडा शिक्षा समितिका संयोजक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, सम्पूर्ण टोल विकास संस्थाका अध्यक्ष र शिक्षकहरुको असोज ४ गते बसेको संयुक्त बैठकले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई विद्यार्थी सङ्ख्याको आधारमा पायक पर्ने ठाउँमा केन्द्र स्थापना गर्ने निर्णय गरेको विद्यालयका प्रधानाध्यापक धु्रव वाग्ले क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार साँखर, नयाँवस्तीका लागि स्याउलीबजारमा, चवादी र कुर्लिङका लागि चवादीमा, नवप्रगति टोल र राधाकृष्ण टोलका लागि राधाकृष्णमा, लिलाचोक, भाटडाँडा, धामिकुना, सिम्ले, डौका, बन्द्रेका लागि लिलाचोकमा, मजुवा, नयाँबस्ती र शान्तिटोलका लागि मालेबगरमा र ढाण्डर शीतल बस्तीका लागि ढाण्डरमा केन्द्र स्थापना गरिएको छ । ती सिकाई केन्द्रहरुमा कक्षा एक देखि पाँचसम्मका विद्यार्थीलाई पठनपाठन गराइनेछ । स्याउलीबजारमा आइतबारदेखि मङ्गलबार, चवादीमा बुधबारदेखि शुक्रबारसम्म, राधाकृष्णमा आइतबारदेखि मङ्गलबार, लिलाचोकमा बुधबारदेखि शुक्रबार, मालेबगरमा आइतबारदेखि मङ्गलबार र ढाण्डरमा बुधबारदेखि शुक्रबारसम्म पठनपाठन हुनेछ ।

कक्षा ६ देखि ८ सम्मका अङ्ग्रेजी माध्यमका र कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई पनि विद्यालयमा पठनपाठनको व्यवस्था मिलाइएको छ । नेपाली र अङ्ग्रेजी माध्यमका विद्यार्थीलाई पढाउन चार वटा भवन प्रयोग गरिएको छ । प्रधानाध्यापक वाग्लेका अनुसार कक्षा र ११ १२ को कक्षा सञ्चालन भने अनलाइन माध्यमबाट शुरु गरिएको छ । “बुधबारदेखि सिकाई केन्द्रबाट पठनपाठन शुरु भइसकेको र विद्यार्थीको सङ्ख्या पनि उल्लेख्य रहेको छ,” उनले भने ।

उनका अनुसार यस भन्दा पहिला पनि टोल टोलमा नै पुगेर सिकाई सहजीकरण गरिएपनि बीचमा स्थगित गरिएको थियो । शुक्लागण्डकी नगरपालिकाले सिकाई सहजीकरणलाई निरन्तरता दिन आग्रह गरेपछि सिकाई केन्द्र स्थापना गरेर पुनः पठनपाठन शुरु गरिएको छ । उक्त विद्यालयमा पाँच सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

त्यस्तै म्याग्दे गाउँपालिका–३ मा रहेको पसले आधारभूत विद्यालयले टोलमै पुगेर विद्यार्थी पढाउन शुरु गरेको छ । विद्यार्थीलाई सिकाई सहजीकरण गर्ने उद्देश्यले विद्यालयले टोल टोलमै पुगेर विद्यार्थीलाई पढाउन शुरु गरेको हो ।

विद्यार्थीलाई पढाउनका लागि पसलेका तीन वटा ठाउँमा कक्षा सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक विजयराज पोख्रेलले जानकारी दिए । उक्त ठाउँका शिवपञ्चायन मन्दिर, पसले बहुउद्देश्यीय भवन र लाङ्घाली मगर आमा समूहको भवनमा विद्यार्थी पढाउन केन्द्र स्थापना गरिएको छ ।

विद्यालयले शुक्रबारदेखि नै भर्ना अभियान पनि खुल्ला गरेको छ । भर्ना अभियानको पहिलो दिनमै २६ जना नयाँ विद्यार्थी भर्ना भएका छन् । विद्यालयका शिक्षक हरि सिग्देलले विद्यालयमा नयाँ विद्यार्थीको आकर्षण बढ्नु खुशीको कुरा भएको बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies