Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

नेकपा निकट वडाध्यक्षद्वारा गाउँपालिकामा १० दिनदेखि तालाबन्दी

दार्चुला । व्यास गाउँपालिका कार्यालय सुनसेरामा १० दिनदेखि तालाबन्दी हुँदा कामकाज ठप्प भएको छ । गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी निकटका वडाध्यक्ष र नेता तथा कार्यकर्ताले लगाएको ताला खुल्न नसक्दा सेवाग्राही समस्यामा परेका छन् । गत भदौ २६ गतेदेखि लगाइएको ताला खुलाउने प्रयास भएको छैन ।

व्यास–४ का स्थानीयवासी नरेन्द्र भट्टले गाउँपालिकामा लगाइएको तालाका कारण आफूहरुको नागरिकता सिफारिस रोकिएको बताए । “तालाबन्दी हुँदा प्रधानमन्त्री रोजगार कार्यक्रम, कृषि क्षेत्रका कार्यक्रमका फारामहरु भर्न पाइएको छैन”, अर्का स्थानीयवासी नरेन्द्र विष्टले भने, “समयमै फाराम भर्न नपाइए रोजगारी गुम्ने चिन्ता छ । हामी काम गरी खाने मजदूर हो, हामीले कृषि र रोजगार कार्यक्रममा आवेदन दिएका छौँ फाराम भरिएको छ, तर के भइरहेको छ भन्ने जानकारी छैन ।” अर्का स्थानीयवासी जगन्नाथ भट्टले कोरोनाका कारण स्थानीयवासीले रोजगारी गुमाइरहेको गाउँपालिकामा लगाइएको तालाका कारण स्थानीयवासीले सास्ती भोग्नु परेको बताए । उनले भने, “तालाबन्दी समाधान हैन, दुवै पक्षले वार्ताबाट समाधान खोज्नुपर्छ ।”

गत भदौ २६ गते गाउँपालिकामा तालाबन्दी गरिएपछि गाउँपालिकाको दैनिक कामकाज बन्द रहेको छ । गाउँपालिकाले गर्नुपर्ने दैनिक कामकाजहरु प्रभावित भएपछि कर्मचारीको दैनिक हाजिर, दर्ता चलानी, उपभोक्ता समिति गठन तथा सम्झौता काम प्रभावित भएको व्यास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेखरचन्द्र ओझाले जानकारी दिए । अहिले गाउँपालिकामा तालाबन्दी गरेर नेकपा निकटका वडा नं १, ३ र ४ का वडाध्यक्षहरु सदरमुकाम खलङ्गा पुगेका छन् भने गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकी पनि सदरमुकाम खलङ्गामै छन् ।

वडा नं ३ तुसरपानीमा पहिराले घरहरु जोखिममा परेपछि त्यहाँका स्थानीयवासीले धुवाँमुक्त कार्यक्रमअन्तर्गत ल्याइएको जस्तापाता प्रयोग गरेर बसेका थिए । गाउँपालिकाले धुवाँमुक्त कार्यक्रमको जस्तापाता प्रयोग भएको भन्दै वडा नं ३ का पाँचवटा योजना कटौती गरेर रकम रकमान्तर गरेपछि गाउँपालिकामा विवाद बल्झिएको हो । पाँचवटा योजना कटौतीबाट रु साढे चार लाख वडामा नोक्सानी भएको भन्दै शुरु भएको आन्दोलनले राजनीतिकरण भएपछि अहिले गाउँपालिकाको कामकाज ठप्प छ । योजनाको रकमान्तर गर्ने निर्णय फिर्ता लिनुपर्ने, वडासमितिको अधिकार कुण्ठित हुने गरी बनाइएको उपभोक्ता गठनसम्बन्धी कार्यविधि २०७५ खारेज हुनुपर्ने, कोभिडको बेला भएको खर्च पारदर्शी हुनुपर्ने, गाउँपालिकामा कार्यकर्ता भर्ती बन्द गर्नुपर्नेलगायतका माग राखी तालाबन्दी गरिएको वडा नं ३ का अध्यक्ष उपेन्द्रसिंह धामीले बताए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending