तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० मिनामखानीमा तीन वर्ष अघिदेखि भैँसीपालन व्यवसाय शुरु गरेका हरि खड्काले अहिले नामसँगै दाम कमाउँदै आएका छन् ।
करिब १०० वटा मुर्रा जातका भैँसी पालेर अहिले दैनिक २०० लिटर दूध विक्री गर्दा सबै खर्च कटाएर मासिक रु दुई लाख आम्दानी गर्दै आएका छन् । व्यवसायिक भैँसी पालनबाट राम्रो आम्दानी गर्दै आएका खड्कासँग अहिले जिल्लाका अन्य पशुपालन कृषकले समेत सुझाव र सल्लाह लिन आउने गरेका छन् ।
‘धन कमाउन विदेश नै जानुपर्छ’ भन्ने सोच र मानसिकता भएका व्यक्तिलाई खड्काले गतिलो सन्देश दिँदै आएका छन् । सीप, जाँगर र परिश्रम गर्न सके स्वदेशमै बसेर पनि विदेशको भन्दा राम्रो कमाइ गर्न सकिन्छ भन्ने उदाहरणसहित प्रस्तुत भएका छन् ।
दैनिक २०० लिटर दूध प्रति लिटर रु ११० दरले विक्री गर्दा मासिक रु ६ लाख ६० हजार हुने गरेको कृषक खड्काले बताए । उत्पादित दूध स्थानीय खैरेनीटार, दुलेगौँडा बजारमा सजिलै खपत हुने गरेको छ । खड्काको फार्ममा १३ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
खड्काका हजुरबुबालाई भैँसी साहुका नाति भन्थे । त्यही सुन्दासुन्दै आफूले पनि त्यसैबाट प्रभावित भएर भैँसी पालेको खड्काले राससलाई जानकारी दिए । करिब १०० रोपनी क्षेत्रफलमा कृषि, पशुपालन र पर्यटनलाई सँगसँगै लैजाने लक्षका साथ फार्मको नाउँ नै मल्टी एग्रो प्रालिमा दर्ता भएको छ ।
प्राङ्गारिक कृषि उत्पादनसँगै भैँसीका अतिरिक्त लोकल कुखुरा पालन, घरबास ९होमस्टे० सञ्चालन गर्ने गरी लगानी गरेका छन् । खड्काले उक्त क्षेत्रलाई कृषि पर्यटनका रूपमा विकास गर्ने मुख्य उद्देश्यले घुमाउने घरदेखि तालीम, सेमिनार, गोष्ठी सञ्चालन गर्न सकिने सभाहललगायतका संरचना निमार्ण गरेका छन् ।
खड्काले दूध, फलफूल, तरकारी, कृषि पर्यटन र होमस्टेमा गरी पाँचवटै क्षेत्रलाई एकैसाथ नेपालकै नमूना फार्म बनाउन लागेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँका प्रमुख बालकुमार श्रेष्ठले जानकारी दिए ।
खड्काको फार्मका लागि प्राविधिक सहयोग, औजार उपकरण, घाँस काट्ने, दाना पिस्ने, घाँस ढलाउने मेसिन उपलब्ध गराइएको डा श्रेष्ठले जानकारी दिए । उनका अनुसार दूध चिस्यान केन्द्र चिलिङ भ्याटलगायतका उपकरणका लागि रु १० लाख अनुदान प्रदान गरिएको छ । साथै खड्काको भैँसी फार्मका लागि नश्ल सुधार गर्न उन्नत राँगोको व्यवस्था गरिएको पनि उनले जानकारी दिए ।
दूधको माग बढिरहेकाले विक्रीका लागि कुनै समस्या नभएको खड्काले जानकारी दिए । फर्ममा हालसम्म रु सात करोड लगानी भइसकेको उनले बताए । रु तीन करोड लगानी थप गरेर आम्दानी दोब्बर गर्ने लक्ष्य रहेको खड्काले बताए ।
खड्काले शुक्लागण्डकी नगरपालिकाको दुलेगौँडा बजारमा सुपर मार्केट र अस्पतालमा समेत लगानी गरेका छन् । विदेशी समान बेचेरभन्दा स्वदेशमै उत्पादन गरी विक्री गर्दा देशलाई फाइदा हुने सोचेर कृषि क्षेत्रमा लगानी गरेको खड्काले बताए ।
“विदेशी समान बेचेर धनी हुनु भनेको सुन्निएर मोटाए जस्तै हो”, खड्काले भने, “अरू क्षेत्रमा लगानी गरे धेरै कमाउन सकिन्थ्यो, कृषि क्षेत्रमा लगानी गर्दा देशको अर्थतन्त्रमा पनि टेवा पुग्ने हुँदा लगानी गरेको हूँ ।”
खड्काले व्यावसायिकरूपमा भैँसी पालन गरेर राम्रो आम्दानी गर्न थालेपछि त्यसक्षेत्रका अन्य कृषकसमेत आकर्षित हुँदै व्यावसायिक पशुपालनतर्फ लाग्न थालेको बताइएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...



प्रतिकृया लेख्नुहोस्: