Khabar Dabali २८ माघ २०८२ मंगलवार | 10th February, 2026 Tue
Investment bank

११ महिनापछि आकस्मिक शल्यक्रिया सेवा शुरु

गोरखा । ग्रामीण क्षेत्रमा रहेको यहाँको सबैभन्दा पुरानो आँपपिपल अस्पतालमा आकस्मिक शल्यक्रिया सेवा शुरुआत भएको छ । विशेषज्ञ चिकित्सकको अभावमा बन्द भएका सबै प्रकारका आकस्मिक शल्यक्रिया सेवा सोमबारदेखि पुनः शुरु भएको अस्पतालका प्रशासकीय अधिकृत बाबुराम गिरीले जानकारी दिए ।

“गएको करिब ११ महिनादेखि विशेषज्ञ चिकित्सक नहुँदा सामान्य शल्यक्रिया गर्नुपर्ने बिरामीलाई समेत अस्पतालबाट बाहिर रिफर गर्नुपर्ने बाध्यता रहँदै आएको थियो”, उनले भने, “अब बिरामीले यहीँ नै सेवा पाउनु हुने भएको छ ।” उनले आकस्मिकरुपमा आइपर्ने एपेन्डिसाइटिसका शल्यक्रिया, सिएस लगायतका अन्य शल्यक्रिया सेवा अस्पतालबाट नियमितरुपमा उपलब्ध हुने बताए । अस्पतालमा विशेषज्ञ चिकित्सक आएसँगै यस्ता खालका सेवा दिन शुरु गरिएको प्रशासकीय अधिकृत गिरीको भनाइ छ ।

गत असोजमा अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सक शितिजचन्द्र पौडेलले छोड्नुभएपछि नै अस्पतालमा सबै खालका आकस्मिक शल्यक्रिया सेवा रोकिएको थियो । “ चिकित्सक पौडेल नहुँदा कहिलेकाहीँ बाहिरबाट विशेषज्ञ चिकित्सक ल्याएर शल्यक्रियाका सेवा नदिएको त होइन तर अब भने नियमित हुने भयो ।” उनले भने । सेवा शुरु भएपछि कोभिड–१९ को सङ्क्रमणबाट सामान्य शल्यक्रियाका लागि पुगेका बिरामीले रिफर गर्नुपर्ने बाध्यता हटेको उनले बताए । “पुरानो अस्पताल भए पनि यसको बृद्धि विकास स्थानीय निकायले त्यति ध्यान पु¥याउन नसक्दा अस्पतालले भने जस्तो सेवा दिन समस्या हुँदै आएको छ”, प्रशासकीय अधिकृत गिरीले भने, “अझै पनि धेरै समस्या छ ।”

अस्पतालले आफैँले एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको भए पनि बर्खामा परेको निरन्तरको वर्षाले अस्पतालसम्म पुग्ने कच्ची सडक भत्काउँदा अहिले एम्बुलेन्स पुग्ने अवस्था नरहेको उहाँले जानकारी दिए । “हरेक वर्ष हामीले यस्तै समस्या भोग्दै आउनुपरेको छ”, उनले भने, “अस्पताल पुग्ने ठाउँ नजिकै पहिराले अवरुद्ध भएको डेढ महिनाभन्दा बढी हुँदा पनि मर्मतका लागि कसैले ध्यान दिएको छैन ।”

सडक मर्मत नहुँदा स्टेचर बोकेर बाटोसम्म बिरामीले लिन जानुपर्ने र ल्याएर उपचार गर्नुपर्ने बाध्यता अस्पताललाई रहेको उनले बताए । “दिनको समयमा जसोतसो ल्याइन्छ, रातको समयमा झैन अप्ठ्यारो पर्छ”, प्रमुख प्रशासकीय अधिकृत गिरीले भने, “पहिरोले स्टेचरमा बिरामी राखेर चार जनाले बोक्ने सक्ने बाटो पनि छैन ।” उनले पहिरोले अवरुद्ध सडक तत्काल मर्मतका गर्न वडाध्यक्ष र स्थानीय सरकारलाई आग्रह गर्र्र्दै आएको जानकारी दिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE