Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

बाढीले बगाएर बेपत्ता खोज्दै कालीगण्डकीको बाँधसम्म

बलेवा । बाढीपहिरोले बगाएर कालीगण्डकीसम्म पुर्याएको हुनसक्ने आशङ्कामा बागलुङको ढोरपाटन नगरपालिका–९ मा भदौ १७ गतेदेखि बेपत्ता भएकाको खोजी कालीगण्डकी जलविद्युत् आयोजनाको स्याङ्जाको मिर्मिस्थित ड्यामसम्म प्रहरीले खोजी थालेको छ ।

बाढीपहिरो गएको छ दिन बिते पनि बेपत्ता भएका सबैजना भेटिएका छैनन् । खोजीकार्य जारी छ । प्रहरी, सशस्त्र र सेनाले व्यापक खोजी गरिरहे पनि अहिलेसम्म भेट्न नसकिएको हो । इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको नेतृत्वको टोलीले गुल्मीको रिडी र स्याङ्जाको मिर्मिस्थित कालीगण्डकीको ड्यामसम्म बेपत्ताको खोजीमा निस्केका छन् । शव भेटिन्छ की भनेर खोजीमा हिँड्दा केही पत्ता लगाउन नसकिएको उनले बताए । दिनभर खोजी उद्धार गर्दा मरेको भैँसी मात्र भेटिएको समेत उनले भने । ठूलो पहिरो, खोलामा धेरै ढुङ्गागिट्टीको थुप्रो र बगेको पानी बडिगाड हुँदै कालीगण्डकीमा पुग्ने भएकाले खोजी उद्धार कठिनाइ भएको हो ।

वर्षात्मा नदीको बहाव पनि ठूलो छ । बगेर कालीगण्डकीको ड्याममा पुगेको अवस्थामा मात्रै सफाइको क्रममा शव भेटिन सक्छ । बिचबिचमा अड्केको अवस्था भएमा खोजी भए पनि भेट्टाउन कठिन हुने भण्डारील बताए । खोजी गरिएको खण्ड झण्डै १०० किमीभन्दा लामो स्थान पर्छ । सानो जनशक्तिले धेरै स्थानमा खोजी गर्न कठिन छ । पानीको बहाव कम भएपछि भने बगरमा भेटिन सक्ने उनले बताए । पुरिएर शव गल्ने अवस्था भयो भने पत्ता लाग्न पनि कठिन हुने खोजी टोलीको भनाइ छ ।

घटनास्थलमै पनि ठूला ढुङ्गा भएकाले खोजी उत्तिकै समस्या छ । ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीका अनुसार यहाँका ८० घर पूर्णरुपमा बगाएको छ । एकाउन्न घरमा आंशिक क्षति भएको छ । पहिरोमा परेर १७ जनाको मृत्यु भएको हो भने २१ बेपत्ता छन् । ती घरमा बाँचेका झण्डै ३५० विस्थापितमा परेका छन् । विस्थापित गाउँमा रित्तिएका घर, आफन्त र छिमेकीको आश्रयमा बसेका छन् । केहीले बारीमा पाल टाँगेर बस्न बाध्य छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending