डोटी । जिल्लामा पछिल्लो समय कोरोना कोभिड–१९को सङ्ख्या दिन प्रतिदिन बढ्न थालेपछि यहाँको स्थानीय प्रशासनले गरेको निषेधाज्ञाको समय एक हप्ताका लागि पुनः थप गरेको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले यही भदौ २८ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जनाएको छ ।
यही भदौ १४ गते राति १२ बजेदेखि २१ गते भदौ १२ बजेसम्म लागू भएको निषेधाज्ञा गएराति १२ बजे सकिएपछि निषेधाज्ञाका समय पुनः एक हप्ताका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिए। अनिवार्यरूपमा मास्क, सेनिटाइजर, सामाजिक दूरी कायम गरेर बिहान ६ बजेदेखि १० बजे सम्म खाद्यान्न तथा तरकारी पसल खोल्न तथा अन्य सबै प्रकारका पसल पूर्णरुपमा बन्द गर्ने निर्णय भएअनुसार निषेधाज्ञाको समय थप गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय डोटीमा आज जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बसेको बैैठकले निषेधाज्ञाको समयमा मानिसको आवतजावत रोकिने तथा रोगको सङ्क्रमण पनि अरु व्यक्तिमा नसर्ने भएकाले एक हप्ताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेअनुसार सात दिनका लागि निषेधाज्ञाको समय पुनःथप गरिएको हो । निषेधाज्ञाको समय थप भएपछि यहाँका प्रमुख व्यापारी केन्द्र दिपायल, पिपल्ला, सिलगढी, राजपुर बजार सुनसान छन भने बजारमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।
निषेधाज्ञा लागू भएसँगै बिना काम बजार आजतजावत गर्नमा समेत कडाइ गरिएको जिल्ला प्रहरी कार्याल डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इद्रबहादुर मल्लले बताए । जिल्लामा यही भदौ १४ गते पहिलो पटक निषेधाज्ञा लागू भएसँगै अत्यावश्यक सवारी साधनबाहेक अन्य सबै सवारीसाधन पूर्णरुपमा बन्द भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढेर कम्तीमा पनि ९५५ जना पुगेको छ । जिल्लामा दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि एक हप्ताका लागि पुनः निषेधाज्ञा थप गरिएको र त्यसको सबैले पूर्ण पालना गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए।
उनले भने,“कोरोना रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञाको समय थपिएको छ, सङ्क्रमणबाट जोगिन सबैले नियमको पालना गर्न जरुरी छ, अटेर गरे सङ्क्रमण रोग ऐन २०२० अनुसार कारवाही हुने छ ।” निषेधाज्ञाका क्रममा अत्यावश्यक पर्ने सेवा बाहेकका अन्य सेवा पूर्ण रुपमा बन्द गरिएको छ । जिल्लामा पछिल्लो समय नेपाली सेना, नेपाल प्रहरी, सरकारी कर्मचरीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । निषेधाज्ञाका कारण जिल्लामा दैनिक ज्याला मजदूरी गरी खाने वर्गलाई भने निकै समस्या उत्पन्न भएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: