भरतपुर । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा नमुनाको चाप बढेपछि चितवन मेडिकल कलेजमा परीक्षणका लागि पठाउन थालिएको छ । अस्पतालले ७ सय ७८ वटा नमुना मेडिकल कलेज पठाएको छ ।
कलेजले आवश्यक कीट उपलव्ध गराएमा १० हजार नमुना निः शुल्क परीक्षण गर्ने जनाएको थियो । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले भरतपुर प्रयो्गशालामा चाप बढ्दै गएर नतिजा आउन ढिलाइ भएपछि मेडिकल कलेज पठाएको जानकारी दिए ।
कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले आवश्यक रिएजेन्ट उपलव्ध गराएमा आफुहरुले १० हजार नमुना परीक्षणमा अन्य शुल्क नलिने बताए । अहिले अस्पतालले रिएजेण्ट उपलव्ध नगराइ पत्र पठाएर परीक्षण गर्न अनुरोध गरे पछि काम थालेको जनाइएको छ ।
मेडिकल कलेजको प्रयोगशाला स्वचालित रहेको छ भने भरतपुर कोभिड प्रयोगशाला म्यानुअयल हो । भरतपुर कोभिड प्रयोगशालाले ६ घण्टामा ९६ वटा नमुना परीक्षण गर्न सक्छ भने मेडिकल कलेजको प्रयोगशालाले त्यति नै समयमा ४ सय वटा नमुना परीक्षण गर्न सक्छ । भरतपुर कोभिड १९ प्रयोगशाला प्रमुख डा। नीतु अधिकारीले यस अघि प्रयोगशालामा चाप हुँदा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र त्यस मार्फतका सरकारी प्रयोगशालामा पठाइएकोमा अहिले मेडिकल कलेज पठाईएको जानकारी दिए । पछिल्लो समय जिल्लामा सङ्क्रमणको दर वढे संगै कन्ट्रयाक्ट ट्रेसिङ्का परीक्षण गर्नुपर्ने वढेको छ ।
भरतपुर कोभिड १९ प्रयोशालाले कोरोना परीक्षणको नतिजा मोवाइलबाटै पठाउने भएको छ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा तिवाारीका अनुसार प्रयोगशालामा सफ्टवेयर जडान गरी परीक्षणको काम भइसकेकाले सम्भवतः आजदेखि मोवाइलमानै नतिजा पठाइने छ ।
उनले भने “सम्भवत आजदेखि हामी कोरोना परीक्षणको नमुना दिएर नतिजा पर्खिरहेकाहरुलाई म्यासेजमा नतिजा पठाउँने छौ ।” नमुना दिएकाहरुले म्यासेज खोल्दा नेगेटिभ र पोजेटिभ देखिने छ भने पासओड राखेर डाउनलोड गरेपछि बिस्तृत विबरण हेर्न र प्रिन्टगर्न सकिने जनाइएको छ । हाल अस्पतालले नेगेटिभ आएकको नाम फेसबुक मार्फत सार्वजनिक गर्ने गरेको छ भने पोजेटिभ आएकालाई टेलिफोन गरी जानकारी दिने गरेको छ ।
प्रयोगशाला प्रमुख डा अधिकारीले नमुना दिने सम्बन्धित व्यक्तिले नमुना दिँदा आफ्नो यथार्थ विवरण, नाम, ठेगना, उमेर र मोवाइल नम्बर दिन अनुरोध गरे । नम्बर प्रष्ट नभएमा नतिजा अन्यत्र जाने भएकाले सबैलाई ध्यान दिन उनले आग्रह गरे । यस प्रयोगशाला गत चैत्र २१ गतेबाट संञ्चालनमा आएको हो । प्रयोगशालामा स्वचालित प्रणालीबाट संञ्चालन गर्न सकिने उपकरण जडानको तयारी भईरहेको छ । प्रयोगशालामा हाल सम्म २१ हजार भन्दा बढी नमुना परीक्षण गरी सकिएको छ । ती मध्ये १६ हजार चितवनको मात्र रहेका छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: