भक्तपुर । सूर्यविनायक नगरपालिकामा कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिनबाट रोक्न नगरपालिकाले टोलटोलमा कन्ट्याक्ट ट्रेसिङ गर्दै स्वाब सङ्कलन अभियान शुरु गरेको छ । नगरपालिका क्षेत्रमा जोखिमयुक्त वडा र टोलको पहिचान गरी नगरपालिकाले आफ्ना स्वास्थ्यकर्मीको टोलीलाई परिचालन गरी टोलटोलमा स्वाब सङ्कलन शुरु गरेको हो ।
नगरपालिकाले सोमबार सूर्यविनायक चोक ९ट्रली बसपार्क० मा वडा नं ६ र ८ का कन्ट्याक्ट ट्रेसिङमा रहेका प्रहरीसहित ५५ जनाको स्वाब सङ्कलन गरी पिसीआर परीक्षणका लागि पठाएको छ । नगरप्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत, प्रशासकीय अधिकृत कमल ज्ञवाली, वडा नं १, ६ र ८ का वडाध्यक्ष क्रमशः सानुकाजी कायस्थ, राजेश्वर भुजु र किरण थापा, वडा नं २ र ३ का वडासदस्य सुवास कार्की, प्रभुराम श्रेष्ठसहितको जनप्रतिनिधिको टोली सहभागी भएर स्थानीयवासीको स्वाब सङ्कलन गरिएको थियो ।
नगरप्रमुख थापाले नगरपालिका क्षेत्रमा पछिल्लो समयमा अधिक सङ्ख्यामा कोरोना भाइरस सङ्क्रमण भएका जोखिमयुक्त क्षेत्रको पहिचान गर्दै पिसीआर परीक्षणको दायरा फराकिलो पार्दै लगेको बताए। उनले नगरपालिकाले आवश्यकताका आधारमा जोखिमयुक्त टोलमै पुगेर स्वाब सङ्कलन गर्ने, उनीहरुलाई होम क्वारेन्टिनमा राख्ने, सङ्क्रमण पुष्टि भएका तर लक्षण नदेखिएकालाई होम आइसोलेसनमा राख्ने, सक्रिय सङ्क्रमितलाई अस्पताल लैजानेलगायतका कामलाई व्यवस्थितरूपमा सञ्चालन गरेको बताए। नगरपालिकामा कन्ट्याक्ट ट्रेसिङ सकिएपछि थप सङ्क्रमित बढ्न नदिन विशेष अभियान थालेको जानकारी दिए।
कोरोना भाइरस सङ्क्रमण भएका व्यक्तिसँग सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरी सोमबार दुई वडाको स्वाब सङ्कलन गरेको नगरपालिकाका उपप्रमुख बस्नेतले बताए । उनले सम्भावित जोखिम क्षेत्रमा जनचेतना अभिवृद्धिका कार्यक्रम पनि सञ्चालन गरिरहेको जानकारी दिए ।
प्रशासकीय अधिकृत ज्ञवालीले स्वाब सङ्कलन गर्न टोलटोलमा जानका लागि नगरपालिकाले नेपाली सेनाको वीरदल गण सूर्यविनायकको समन्वयमा स्वाब सङ्कलन गर्ने विशेष भ्यान नै तयार गरेको बताउँदै यो भ्यानले आगामी दिनमा टोलटोलमा गएर स्वाब सङ्कलन गर्न सहज हुने बताए ।
सूर्यविनायक नगरपालिकामा अहिलेसम्म ७५ पुरुष र ५४ महिला गरी १२९ सङ्क्रमितमध्ये ५२ पुरुष र ३९ महिला गरी ९१ सक्रिय सङ्क्रमित रहेको बताए । तीमध्ये ६५ होम आइसोलेसनमा रहेको, २६ अस्पतालमा उपचाररत रहेको, २१ पुरुष र १४ महिला गरी ३५ जना निको भएर घर फर्किएको तथा दुई महिला र एक पुरुष गरी तीन जनाको ज्यान गएको ज्ञवालीले जानकारी दिए। अहिलेसम्म २०५ को कन्ट्याक्ट ट्रेसिङ गरिएकामा ४५ जना अर्थात् २२ प्रतिशतमा पिसीआर पोजेटिभ आएको उनले जानकारी दिए। सोमबार ५५ सहित २६० जनाको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब सङ्कलन गरिएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: