Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

बेँसीशहर–चामे सडकलाई ‘राष्ट्रकवि मार्ग’ नामकरण गर्न माग

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत लमजुङ–मनाङ जिल्ला जोड्ने ६५ किलोमिटरको बेँसीशहर–चामे सडकको नाम ‘राष्ट्रकवि मार्ग’ राख्न एक कार्यक्रमका सहभागीले माग गरेका छन् । मस्र्याङ्दी गाउँपालिका–६ पुस्तुनमा पुस्तुन बाहुनडाँडा घिमिरे समाजद्वारा आज राष्ट्रकवि माधवप्रसाद घिमिरेको १३ औंँ दिनका पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा सो माग गरिएको हो ।

पुस्तुनमा जन्मी राष्ट्रिय–अन्तरराष्ट्रिय क्षेत्रमा चर्चित घिमिरेका नामबाट बेँसीशहर–चामे सडकको नाम राख्न सकेमा उनको योगदान र जन्मथलोप्रति सम्मान जनाइएको छ ।

पुस्तुन बाहुँनडाँडा–घिमिरे समाजका अध्यक्ष प्रेमनाथ घिमिरे, सोही गाउँपािलका वडा नम्बर ६ का वडाध्यक्ष लीलाप्रसाद घले, घिमिरे समाजका संस्थापक अध्यक्ष भक्तबहादुर घिमिरे, राष्ट्रकवि माधवप्रसाद घिमिरे उद्यान निर्माण समितिका अध्यक्ष चन्द्रकान्त घिमिरे, बाघेता युनाइटेड क्लबका अध्यक्ष विष्णु गुरुङलगायत समाजसेवी, जनप्रतिनिधि, स्थानीयवासीलगायतले सो माग गरेका हुन् ।

मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले मनाङ तथा लमजुङका जनप्रतिनिधि र सरोकार निकायसँंग सल्लाह र समन्वय गरी सोका लागि पहल गरिने बताए ।

कार्यक्रममा राष्ट्रकविको तस्वीरमा सहभागीले फूल, अबीर र माला अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गरेका थिए । विक्रम संवत् १९७६ असोज ७ गते हालको मस्र्याङ्दी गाउँपालिका बाहुनडाँडास्थित पुस्तुनमा जन्मिएका उनको यही भदौ २ गते काठमाडौँ लैनचौरस्थित आफ्नै निवासमा १०१ वर्षका उमेरमा निधन भएको थियो ।

उनका नवमञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले,(गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक, साझा पुरस्कार २०५४), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नरकिन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध, साझा पुरस्कार २०५८), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायत कृति प्रकाशित छन् । घिमिरेले २०६७ सालमा पद्मश्री साधना सम्मानसमेत प्राप्त गरेका थिए । घिमिरेलाई विसं २०६० मा ८५ वर्षका उमेरमा राष्ट्रकविको उपाधि दिइएको थियो । उनलाई २०७४ सालमा नेपाली सेनाको मानार्थ सहायक रथीको पदवीसमेत प्रदान गरिएको थियो ।

उनका ‘गाउँछ गीत नेपाली..’, ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे..’ साथै तारादेवीले गाएको’ मनको बाँध’ चलचित्रको’ फूलको थुँगा बगेर गयो’ तथा नारायणगोपालले गाएको ‘आजै र राति के देखेँ सपना’जस्ता गीत चर्चित छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending