Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

३ महिनादेखि अस्पतालको एक्सरे मेसिन बिग्रिदा क्लिनिकमा सेवा लिनुपर्ने बाध्यता

तनहुँ । तनहुँको बन्दीपुर अस्पतालको एक्सरे मेसिन तीन महिनादेखि बिग्रिदा सर्वसाधारण मर्कामा परेका छन् । अस्पतालको एक्सरे मेसिन बिग्रिदा सर्वसाधारणले निजी अस्पताल तथा क्लिनिकमा सेवा लिनुपर्ने बाध्यता छ ।

सरकारी अस्पतालको एक्सरे मेसिन बिग्रिएपछि सर्वसाधारणलाई समस्या भएको स्थानीयवासी बसन्त पौडेलले जानकारी दिए । “सरकारी अस्पतालमा कर्म खर्चमा सेवा लिन पाइनेमा तीन महिनादेखि मेसिन बिग्रिदा सर्वसाधारण डुम्रे पुगेर महङ्गो शुल्क तिरेर सेवा लिन बाध्य छन्,” पौडेलले भने ।

बन्दीपुर अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा। कुलदीप खत्रीले कोभिड–१९ का कारण भएको लकडाउनले गर्दा मेसिन बनाउन नसकिएको जानकारी दिए । “मेसिन बनाउन भरतपुर लगिएको थियो, सामान पाइएको छैन, लकडाउनका कारण समस्या भयो,” उनले भने । उनका अनुसार यस अगाडि दैनिक तीन चार जना सर्वसाधारण एक्सरे सेवाका लागि आउने गरेका थिए । बन्दीपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराईले मेसिन बनाउनका लागि गाउँपालिकाले पनि पहल गरे पनि सम्भव नभएको जानकारी दिए ।

अस्पतालमा औषधि समेत अभाव हुन थालेको छ । औषधि अभावकै कारण अस्पतालले बिरामीलाई म्याद सकिन लागेको औषधि वितरण गरेको भेटिएको छ । अस्पतालमा परीक्षणपछि फार्मेसीबाट औषधि खरिद गरेकी स्थानीय एक महिलालाई फार्मेसीबाट १५ दिनको मात्रै म्याद भएको औषधि दिएको हो । दुई वर्ष पहिला उत्पादन भएको उक्त औषधिको म्याद यही अगष्ट महिनामा सकिंदैछ ।

अस्पतालका प्रमुख खत्रीले औषधि खरिद गर्नका लागि नयाँ खरीद प्रकृया अगाडि नबढेकाले अस्पतालमा केही औषधिहरु अभाव हुन थालेको बताए । “अस्पतालमा औषधि अभाव रहेकाले उनीसँग सल्लाह गरेर नै १९ दिन बाँकी म्याद रहेको औषधि दिइएको हो, उनलाई उक्त औषधि १५ दिन प्रयोग गर्न भनिएको थियो,” उनले भने ।

उनका अनुसार नयाँ आर्थिक शुरु भएपछि औषधि खरिद प्रक्रिया शुरु गर्नुपर्ने भएपनि भदौ लागिसक्दा समेत गाउँपालिकाको तर्फबाट खरिद प्रक्रिया शुरु हुन सकेको छैन । “बीमाको औषधि पनि अभाव छ, खरीद प्रक्रिया अगाडि बढ्न लागेको छ भन्ने जानकारी पाएको छु,” उनले भने ।

बन्दीपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराईले भने गाउँपालिकाले छिट्टै नै औषधि खरिद प्रकृया शुरु गर्न लागेको जानकारी दिए । साउन महिनामा नै खरिद प्रकृया शुरु गर्नुपर्ने भएपनि कोभिड–१९ का कारण सो काम गर्न नसकिएको उनले बताए । बन्दीपुर अस्पतालमा २८ जनाको दरबन्दी भएपछि स्थायी दरवन्दीमा १५ जना मात्रै कार्यरत छन् । बाँकी कर्मचारी अस्पताल व्यवस्थापन समिति मार्फत् करारमा राखिएको छ ।

कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी पोखराका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक राजेन्द्र बस्नेत, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेल लगायतको सहभागिता थियो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending