Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

'नेपाल आइडल’का किरण भुजेल, यस्तो छ खाली पेटदेखि ‘टप थ्री’ सम्मको संघर्षको कथा

फुलु भुजेल,काठमाडौं । कोरोना महामारीका बीच ‘नेपाल आइडल’को तेश्रो संस्करणको फाइनल चरण यही साता पूरा हुने भएको छ । एपी वान एचडीबाट प्रसारण हुँदै आएको नेपाल आइडलको पहिलो र दोश्रो संस्करण सफल भइसकेका छन् भने यही साता तेश्रो संस्करणले पनि विजेता पाउनेछ ।

फाइनल प्रतिष्पर्धाकालागि अब किरणकुमार भुजेल, सज्जा चौंलागाई र प्रविण बेड्वाल प्रतिष्पर्धामा छन् । आगामी शुक्रबार आइडलको विजेता घोषणा हुदैछ । अब को बन्ला त तेश्रो संस्करणको नेपाल आइडल रु यतिवेला यो विषयले सामाजिक सञ्जालमा निकै चर्चा पाएको मात्रै छैन, संगीतप्रेमीहरुबीच भोटिङको प्रतिष्पर्धा पनि भइरहेको छ ।

आइडलको अघिल्लो राउण्डमा सर्वाधिक भोट पाएका थिए महोत्तरीका किरण कुमार भुजेलले । गाउँबाट गायक बन्ने सपना लिएर दशकअघि काठमाडौं छिरेका उनको संघर्षको कथा हामीले खोतल्ने प्रयास गरेका छौं ।

०६५ सालमा विद्यालय तहको पढाई पूरा गरेपछि काठमाडौं छिरेका थिए ऊनी । धेरै सपनामध्ये मुल सपना थियो गायक बन्ने । तर, सपना पूरा गर्ने आधार केही थिएनँ । सामान्य परिवारमा जन्मिएका उनी अभावसँग जुध्दै हुर्किए, राजधानी काठमाडौंको यात्रापनि उसैगरि सुरु भयो । उनी भन्छन्, ‘सुरुमा काठमाडौं आउँदा तीन हजार रुपैयाँ बोकेर आएको थिएँ, ललितकला क्याम्पसमा संगीत विषय लिएर पढाई सुरु गरेँ, अनि सुरु भयो संघर्ष ।’

उनको संघर्षका अनेक पाटा छन्, कहिले गाडी भाडा तिर्ने पैसा हुन्थेनँ, त कहिले कोठा भाडा । अभावसँग जुधेर बाँच्ने बानी बसेपछि कति समय त उनी खाली पेट पनि गायक बन्ने सपनाको पछि दौडिएका छन् । उनको सौभाग्य भनौँ, उनले सुरु देखि नै शास्त्रीय संगीत सिक्ने मौका भने पाए । पढाईसँगै उनले संगीतकार शिवराज पौडेलसँग शास्त्रीय संगीत सिक्थे ।

‘काठमाडौंमा विधार्थी जीवन, एक सामान्य परिवारको अभाव र आफ्नो सपनाको सार्थकताको बीचमा उभिँदा कति सम्म संघर्ष र त्याग गर्नुपर्छ भन्ने कुरा बुझेको छु, भोगेको छु,’ उनी भन्छन् । जिल्लामा हुँदा गीत गाएरै जिल्लाभरि चर्चा कमाएका किरण काठमाडौंमा पनि उसैगरि फैलिए । संगीत सिक्दै पढ्दै उनले गजलबार र रेष्टुरेण्टमा मात्रै गाएनन्, अरु दर्जनौँ कार्यक्रमहरुमा पुगे । निजी स्कुलहरुमा संगीत सिकाउन थाले ।

‘आइडलमा आउनु अघि पनि निक्कै गीत गाएको छु । तर ती गीतहरुले ठूलो सफलता मिलेको छैन,’ उनी भन्छन्, ‘आफुलाई प्रमाणित गर्न संगीतकारकोमा धाएँ, खोजी प्रतिभाको नामक टिभी शो, नेपाल आइडलको पहिलो सिजनमा प्रतिष्पर्धा, भारतीय गायन प्रतियोगिताको सारेगमपा नामक शो मा नेपालबाट छनौट भएर भारतसम्म गएँ ।’

उनलाई यो संघर्षको यात्रामा थुप्रै बाधाहरु आए । तर, त्यसमध्ये मुख्य थियो आर्थिक अभाव र अभावको जीन्दगी । भन्छन्, ‘घरि घरि त यो सबै छाडेर विदेश जाऊँ र पैसा कमाऊ जस्तो पनि लाग्छ, फेरि केही साथीहरुको मायाले रोक्ने गर्छ ।’ उनले साथीहरु प्रेम घिमिरे र दिनेश न्यौपानेको नाम लिए ।

जीवनको वास्तविक दुःख र संघर्ष बुझेका किरण अहिले ‘नेपाल आइडल’ को विजेता बन्ने बाटोमा छन् । र उपाधि नजिक पनि छन् । र आग्रह गरिरहेका छन् आफ्नो सांगीगिक जीवनको एउटा खुड्किलो बनिदिनकालागि ।

आइडलको अन्तिम प्रतिष्पर्धामा दर्शकको भोट सबैभन्दा महत्वपूणर् छ । उनले आफुलाई भोट गरेर नेपाल आइडल बनाउन सबै दर्शकलाई आग्रह गरेका छन् ।

नेपाल आइडलमा पनि टप सेभेनबाट कम भोट प्राप्त हुँदा बाहिरिएका उनी वाइल कार्ड इन्ट्रीबाट पुनः प्रवेश भएका हुन् । अभाव, संघर्ष र दृढ संकल्प सहितको सपनाको बिचबाट आफुलाई सम्हाल्दै , मिहिनत र प्रयासपछि अहिले किरण नेपाल आइडल सिजन(३ को फाइनल चरणमा छन् । उनको प्रस्तुतीहरु दर्शकमाझ लोकप्रिय बनेका छन् । नेपाल आइडल सिजन ३ ले आफ्नो सांगीतिक यात्रामा सुनौलो प्लेटफर्म दिएको उनी ठान्छन् ।

फाइनल बिजेताको लागि शुक्रबार साँझ ५ बजेसम्म भोटिङ खुलिसकेकोले आफुलाई मन पराएर भोट गर्ने महानुभावहरुप्रति धन्यबाद तथा आभारी हुँदै पुनः अघिल्लो चरणमा जस्तै अत्याधिक भोट गर्नका लागि पनि उनले अनुरोध गरेका छन् ।
पहिलो नेपाल आइडलको विजेता पोखराका बुद्ध लामा भएका थिए भने दोस्रो नेपाल आइडल रवि ओड भएका थिए । बुद्ध पहिलो नेपाल आइडल बन्दा निशान भट्टराई र प्रताप दास दोश्रो र तेश्रो बन्न सफल भएका थिए ।

नेपाल आइडलमा प्रथम, दोश्रो र तेश्रो स्थान प्रप्त गर्न सफलले देश विदेशका विभिन्न मञ्चमा प्रस्तुति दिँदै ख्याति कमाएका छन्

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies