Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

११ विद्यालयमा एकैसाथ प्रविधि मैत्री शिक्षा

गलकोट । बढ्दो प्रविधिको विकाससँगै बागलुङका ११ विद्यालयमा एकै साथ कम्प्युटर शिक्षा प्रदान गरिने भएको छ । नेपाल दूरसञ्चार संस्थानले यहाँका ती विद्यालयमा एकै साथ कम्प्युटर शिक्षा अध्यापनका लागि ठूलो मात्रमा प्राविधक सहयोग गरेको छ । संस्थानले प्रत्येक विद्यालयमा विद्यार्थी सङ्ख्या र आवश्यकताको आधारमा प्रविधिबाटै अध्ययन अध्यापन गराउनका लागि कम्प्युटर, प्रोजेक्टर, साउण्ड सिस्टम तथा इन्टरनेट लगायतका आवश्यक उपकरण प्रदान गरेको छ ।

ती विद्यालयमा विद्यार्थी सङ्ख्याका आधारमा १० देखि ३० थान कम्प्युटर तथा अन्य प्रविधिमैत्री सामग्री प्रदान गरेको संस्थानले जनाएको छ । बागलुङ नगरपालिकास्थित रुद्रेपिपल मावि र पृथ्वी हिरण्य मावि अमलाचौर, काठेखोला गाउँपालिकाको जनकल्याण मावि भीमापोखरा र भिमसेन मावि बिहुँ, ताराखोला गाउँपालिकाको नेपाल मावि तारा र गलकोटको रत्नराज्य लक्ष्मी मावि रिघामा कम्प्युटर सहित अन्य प्राविधिक सामाग्री जडान गरिएको छ ।

बडिगाड गाउँपालिकाको त्रिभुवन मावि खरबाङ, ढोरपाटन नगरपालिकाको उत्तरगंगा मावि बुर्तिबाङ र ज्ञानोदय मावि, तमानखोला गाउँपालिकाकोे सरस्वती आधारभूत विद्यालय र निसीखोला गाउँपालिकाको ज्ञानेन्द्र माविलाई प्रविधिमैत्री विद्यालय छनोट गरी पूर्ण प्रविधिमैत्री शिक्षाका लागि कम्प्युटर प्रयोगशाला जडान गरिएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाइ सिकाइलाई प्रभावकारी बनाउन संस्थानले भिमसेन मावि सहित जिल्लाका १० माध्यामिक र एक आधारभूत विद्यालयमा कम्प्युटर प्रयोगशाला स्थापना गर्नका लागि कम्प्युटर, साउण्ड, प्रोजेक्टर सहितका प्राविधिक सामग्री सहयोग गरेको भिमसेन माविका शिक्षक तथा प्रविधिमैत्री शिक्षक समाजका अध्यक्ष डिल्लीराज उपाध्यायले जानकारी दिए ।

“अहिले प्राविधिक रुपमै शिक्षा दिने प्रचलन बढ्दो छ, त्यसैले देशभरका विद्यालयलाई सहयोग गर्ने अभियान अन्र्तगत दूर सञ्चार संस्थानले जिल्लाका ११ विद्यालयमा कम्प्युटर प्रयोगशाला सहित प्राविधिक सामग्री सहयोग गरेको हो” उनले भने, “उक्त सामग्रीले विद्यालयमा कम्युटर शिक्षा तथा प्रविधिको माध्यमबाट इन्टरनेट तथा मल्टिमिडिया प्रणालीबाट अध्ययन अध्यापन गराउन सकिनेछ ।” प्रयोगशाला स्थापना भएपछि विद्यार्थीलाई अध्यापन गराउन सहज हुने रुद्रेपिपल माविका प्रधानाध्यापक राजेश श्रेष्ठले जानकारी दिए । संस्थानले आर्थिक वर्ष २०७६÷०७७ मा विनियोजन गरेको वजेट कोरोनाका कारण २०७७ साउनमा मात्रै कार्यान्वयनमा ल्याइएको संस्थानका अच्युतानन्द मिश्रले जानकारी दिए । देशैभरबाट छनौट गरिएका विद्यालयमा कम्प्युटर शिक्षा प्रदान गर्नका लागि ओबिसिआई÷म्याक्स÷नेपा जेभीले टेण्डर मार्फत् विद्यालयमा कम्प्युटर लगायतका उपकरण जडान गरेको कम्पनीका प्रतिनिधि वतेश न्यौपानेले जानकारी दिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending