Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

२०० बिघामा पोखरी निर्माण हुँदै

सर्लाही । जिल्लाको वाग्मती नगरपालिकाले नगरको दिगो विकास र समृद्धिको मेरुदण्डका रूपमा विकासको कामलाई तीव्रगतिमा अगाडि बढाएको छ । नगरपालिकाले गौरवको आयोजनाको रूपमा पोखरीको निमार्ण शुरु गरी दुई चरणको काम सम्पन्न गरेकोे हो ।

पहिलो चरणअन्तर्गत पोखरीको सम्पूर्ण डिजाइन तयार गरेर पर्खाल लगाउने र सफा गर्ने कार्य सम्पन्न भएको नगर प्रमुख भरतकुमार थापाले बताए । अब दोस्रो र तेस्रो चरणअन्तर्गतको सौन्दर्य अभिवृद्धिको काम शुरु भएको नगर प्रमुख थापाले बताए । दीर्घकालीन रूपमा नगरको आयस्तर बढाउनुका साथै नगरमै रोजगारीको सिर्जना गर्न भन्दै करिब २०० बिघा क्षेत्रफलमा मानव निर्मित पोखरी निर्माण शुरु गरिएको हो ।

नगरपालिकाअन्तर्गत वडा नम्बर ४ र ५ स्थित वाग्मती किनारमा पोखरी निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेलले बताए । उनका अनुसार दीर्घकालीन नगरको विकासका रूपमा नगरले पोखरी निर्माण शुरु गरेको हो । पोखरी देशकै नमूना बन्नेमा आफू ढुक्क भएको नगर प्रमुख थापाले बताए । करिब २०० बिघा क्षेत्रफलको मानव निर्मित यो पोखरी देशमै विशाल मानव निर्मित पोखरी बन्ने नगर प्रमुख थापाले बताए ।

पोखरीमा माछा पालनसँगै मुख्यरूपमा पर्यटन विकास यसको लक्ष्य र योजना रहेको नगरपालिकाले जनाएको छ । निकट भविष्यमै नगरले गर्ने आम्दानी तथा नगरबासीलाई रोजगारीको राम्रो सम्भावना लिएर मानव निर्मित पोखरी निमाण शुरु गरेको नगर उपप्रमुख लीला मोक्तानले बताए । पोखरीमा बोटिङ, स्विमिङसँगै पर्यटकका लागि आकर्षक होटल र खाजा घरको समेत निर्माण हुनेछ ।

पूर्वपश्चिम लोकमार्गबाट मात्र तीन किलोमिटरको दूरीमा रहेको पोखरी अन्य गन्तव्यमा हिँडेका पर्यटकका लागि समेत विश्राम स्थलको रूपमा विकास गर्न सकिने नगरको योजना रहेको छ । पोखरी निर्माणको अर्को महत्वपूर्ण योजना स्थानीयस्तरमा रोजगारीको वातावरण पनि रहेकोले नगरका धेरै जनशक्तिले रोजगारी समेत पाउने भएका छन । नगरले हरेक योजनामा आफ्नै जनशक्ति परिचालन गर्दै आएकोले पोखरी निमार्णका क्रममा पनि नगरबासीले गतिलो रोजगारी पाउने नगरपालिकाले जनाएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies